दक्षिण कोरियामा विदेशी श्रमिकको माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकहरूले रोजगारदाताको अनुमति बिना नै कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै अभियान सुरु गरेका छन्। हालको व्यवस्थाअनुसार निश्चित प्रकारका रोजगार भिसामा रहेका विदेशी श्रमिकले सम्झौता अवधि सकिनुअघि अर्को कार्यस्थलमा जान चाहेमा पुरानो रोजगारदाताबाट ‘लेटर अफ रिलिज’ (Letter of Release–LOR) लिनुपर्ने व्यवस्था छ।
द कोरिया टाइम्सका अनुसार कोरियन जनरल लेबर युनियन (KGLU) अन्तर्गतको नेटिभ ल्याङ्ग्वेज टिचर्स युनियनको सउल शाखाले नोभेम्बर २८ तारिखदेखि उक्त व्यवस्था हटाउन माग गर्दै सरकारसमक्ष हस्ताक्षर अभियान सुरु गरेको हो। अभियानमार्फत E-1 देखि E-8 भिसाअन्तर्गत रहेका विदेशी श्रमिकलाई रोजगारदाताको सहमतिबिना कार्यस्थल परिवर्तन गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ।
हालको व्यवस्थाले रोजगारदातालाई विदेशी श्रमिकको रोजगारी परिवर्तनमा अत्यधिक नियन्त्रण गर्ने अधिकार दिएक...









