Advertisement
Advertisement

Breaking News

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता, विश्वभरका सिन्धुपाल्चोकलाई एकत्रित गरिने सिन्धुपाल्चोक चौतारा: ‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल  नाराका साथ  सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको छ ।बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा समाज दर्ता भएको हो।  सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनका सन्दर्भमा सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै वार्ड सम्म पुगेर विशुद्ध सामाजिक कार्य गर्ने उद्देश्यका साथ हामी एकत्रित भएका भनेर जानकारी दिनुभएको थियो। उहाको अनुसार ‘सिन्...
सम्झनामा ठूली आमा:राम बहादुर तामाङ दक्षिण कोरिया

सम्झनामा ठूली आमा:राम बहादुर तामाङ दक्षिण कोरिया

Breaking News, अन्तराष्ट्रिय, जानकारी, विदेश, स्वास्थ्य
• सम्झनामा ठूली आमा:भो नसंझाउ,मुटु भक्कानिन्छ,आशुको कथा म लेख्न सक्दिन •मृत्यु लाई जित्न सकिन्न, मार्च २४ अर्थात् चैत्र १० गते । कोरियामा साँझ परेको थियो भने नेपालमा दिउसो । कोरियन समय ४ः३० बजे तिर कामबाट आएर रुममा फ्रेस भएर खाजा खाने तयारीमै थिए । मेरो मोबाईलमा म्यासेजको टोन लामै बज्यो । हेर्दा श्रीमती जमुनाले म्यासेन्जरमा दुखद खबर म्यासेज गरेको रहेछ । एकाएक आङ सिरिंग भयो । कताकता घोचेजस्तो, पोलेजस्तो, रिँगटा लागेर ढलौँजस्तो । सपना हो कि विपना । सपना हो कि भनेर चिमोटेँ आफूले आफैँलाई । तर, म त सुतेकै थिइनँ, उभिइरहेको थिएँ ।  ड्युटीबाट आएको मान्छे हातखुट्टा गलेर पाइला अघि सर्नै मानेन । मेरो बाध्यता थियो जसरी पनि फेरि सुतेर उठेर ड्युटी जानुपर्ने । सेकेन्ड–सेकेन्ड समयको महत्व छ यहाँ । भुवाजस्तो शरीरलाई गह्रौँ बनाएर सुत्ने कोसिस गरे तर निदान सकेन । मन लागी–नलागी सुते झै गरेँ । यो घटन...
कोरियामा “आठौं रेसुङ्गा भलिबल कप २०२३” अप्रिल ३० मा हुने 

कोरियामा “आठौं रेसुङ्गा भलिबल कप २०२३” अप्रिल ३० मा हुने 

Breaking News, अन्तराष्ट्रिय, खेलकुद, जानकारी, समाचार
कोरियामा "आठौं रेसुङ्गा भलिबल कप २०२३" अप्रिल ३० मा हुने  बोम्जन गुरुङ ३० मार्च २०२३, कोरिया  कोरिया स्थित गुल्मी सम्पर्क समितिले आउँदो अप्रिल ३० मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आठौं रेसुङ्गा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ । संस्थाले यो सिजनकै पहिलो प्रतियोगिताको शुरुवात गर्दै सो प्रतियोगिता आयोजना गर्न लागेको हो । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान (성북 국민 체육관 서울 성북구 화랑로 13 길 144) मा आयोजना गरिएको संस्थाका अध्यक्ष गणेश पौडेलले बताए ।  प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्र...
जब मण्डपमै पुगेर विवाह रोकियो…

जब मण्डपमै पुगेर विवाह रोकियो…

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ
 मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती आफ्नो दैनिकीको शिलशिलामा घरमै थिए । कार्यालयको समय नभएकोले उनी आफ्नो घरायसी काममा व्यस्त थिए ।   बालबालिकाको क्षेत्रमा क्रियाशील राजेन्द्र मोक्तान, अस्मिता कार्की र रेजिना ढकाल उनैको घरमा आइपुगे । तीनै जना हतास र आत्तिएको जस्ता देखिन्थे ।   गाउँपालिका अध्यक्ष कालाखेतीले कारण सोधे, उनीहरूले एकै स्वरमा भने, 'बाल विवाह रोक्नु पर्‍यो दाइ, हाम्रो बुताले भ्याएन ।' २० वर्षमुनिको विवाहलाई नेपालको कानुनले पनि गैरकानूनी भनेको छ । यहाँ विवाह हुँदै थियो १६ वर्षीया बालिका र १८ वर्षीय बालकको ।   मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ९ कि बालिका र मकवानपुर जिल्लाकै राक्सिराङ गाउँपालिका सरिखेतका बालकबीच विवाह हुँदै गरेको थाहा पाएपछि सिविन बाल हेल्प लाइन मकवानपुरका सामाजिक परिचालनक मोक्तान मनहरी गाउँपालिका बाल अधिकार समिति सद...
दक्षिण कोरियाले अप्रिल १ देखी विदेशी परिचयपत्र मा हेरफेर गर्दै !

दक्षिण कोरियाले अप्रिल १ देखी विदेशी परिचयपत्र मा हेरफेर गर्दै !

Breaking News, अन्तराष्ट्रिय, जानकारी, समाचार
दक्षिण कोरियाले अप्रिल १ देखी विदेशी परिचयपत्र मा हेरफेर गर्दै गुरुदत्त न्यौपाने/सिओल दक्षिण कोरियाको न्याय मन्त्रालय अन्तर्गत को अध्यागमन विभागले दक्षिण कोरियामा कानुनी रुपमा बसोबास गर्ने विदेशी नागरिकहरुको लागी हाल प्रयोगमा ल्याउदै आईरहेको विदेशी परिचय पत्र मा व्यापक परिवर्तन गर्ने भएको छ। अप्रिल १ तारिख देखी दक्षिण कोरियामा रहेका विदेशी नागरिकहरुले अध्यागमन मार्फत विदेशी परिचय पत्र आवेदन दिनेहरुको परिचयपत्र साविकको भन्दा फरक हुनेछ। परिवर्तन हुनेमा विगतमा श्यामस्वेत तस्विर मात्र प्रयोग गर्नुपर्ने बाध्यता लाई हटाई रंगीन तस्विर प्रयोग गर्न पाईने भएको छ।साथै विगतको भन्दा ठुलो साईजको फोटो राख्न पाईने साथै विगतमा फोटो कार्डको बायाँतर्फ राख्ने गर्थ्यो भने अवदेखी फोटो दायाँतर्फ हुनेगरी परिवर्तन गरिने भएको छ। साथसाथै परिवर्तन भएको अर्को महत्वपुर्ण कुरा भनेको नयाँ कार्डमा क्युआ...
कोरियामा रहेका युवा हरु द्वारा U-19 राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी सम्मानित 

कोरियामा रहेका युवा हरु द्वारा U-19 राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी सम्मानित 

Breaking News, खेल, जानकारी, समाचार
काठे खोला गाउँपालिका वाट कोरियामा आएका युवा हरु द्वारा U-19 राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी सम्मानित    बाग्लुङ: गत महिना यूएईमा भएको U-19 वर्ल्ड कप क्वालिफाइमा युएइ लाई पराजित गर्दै नेपाल श्रीलङ्कामा आयोजना हुने U-19 विश्वकप २०२४ मा छनोट हुन सफल भएको नेपाली राष्ट्रिय टिममा पर्न सफल काठे खोला गाउँपालिकाको राष्ट्रिय खेलाडि सुबास भण्डारी लाइ उक्त गाउँपालिका वाट कोरियामा आएका युवा हरु द्वारा सम्मान गरिएको छ। बाग्लुङ जिल्लाको काठेखोला गाउॅपालिकाबासीको लागि अझै गौरव र खुसीको कुरा स्वरुप काठेखोला गाउपालिका वडा नं १ का खेलाडी सुवास भण्डारी राष्ट्रिय टोलीमा पर्न सफल भएको अवसरमा गाउॅपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा दक्षिण कोरियामा बसोबास गर्ने 21 जना खेल प्रेमी हरु वाट सम्मान स्वरुप २१,३०१ रुपैयाँ मिलन थापा द्वारा हस्तान्तरण गरिएको थियो।     काठेखोला ग...
कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

Breaking News, भर्खरै, मनोरञ्जन, समाचार
काठमाडौं । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् । दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको उनले जानकारी दिए । ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ डीएसपी जीसीले पत्रकार लाइ भने । अनलाईन खबर वाट साभार...
काठमाण्डाैमा मेयर वालेन शाहविरुद्ध प्रदर्शन

काठमाण्डाैमा मेयर वालेन शाहविरुद्ध प्रदर्शन

Breaking News, जानकारी, देश, समाचार
काठमाण्डाैमा मेयर शाहविरुद्ध प्रदर्शन काठमाण्डाै – संयुक्त राष्ट्रिय सुकुम्वासी माेर्चा नेपालले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरेकाे छ । संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै उनीहरूले आज साेमवार मेयर साहविरुद्ध काठमाण्डाैकाे नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरेका हुन् । आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेकाे भन्दै त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताउनुभयो । उहाँले भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान, कानुन विपरीत उठिबास लगाउने प्रयास नगर्न चेतावनीसमेत दिनुभयो । विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःसर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको ...
कोरियामा कार्यरत चेली गंगा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा (भिडियो सहित )

कोरियामा कार्यरत चेली गंगा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा (भिडियो सहित )

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, मनोरञ्जन, समाचार, साहित्य
कोरियामा कार्यरत चेली गंगा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा (भिडियो सहित ) दक्षिण कोरियालाई कर्म थलो बनाउदै आएकी नेपाली लोक तथा दोहोरि गायिका गङ्गा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा आएको छ l लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका प्रवासी गायक सुर्य खड्का र लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर स्वरमा रहेको उक्त गीतको चर्चित सर्जक रमेश परियारको लय र शब्द रहेको छ ।सुर्य खड्का नेपाल आएकै मौकामा यो गीत बजारमा ल्याइएको छ।कोरियामा बस्दै आएकी गायिका गङ्गाले यस अगाडी खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाएकी थिईन।गीतमा प्रेम कहानीलाइ बिशेष जोड दिईएको छ।एक प्रेमी र प्रेमिकाको कथालाई प्रमुख भूमिकामा राख्दै बजारमा ल्याइएको गीतमा निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन्। चर्चित मोडल लोमस शर्मा,राजु आर डी,नारायणी खत्री र संचिता बोलाखेको दमद...
२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट

२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राष्ट्रिय खबर, समाचार
२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट काठमाण्डौ – राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । १५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको छ ।  यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो । अक्सर विदेशमा बसोबास गर्ने सङ्ख्यामा देशभरका नगरपालिकाबाट ६७.०४ प्रतिशत रहेका छन् भने गाउँपालिका क्षेत्रबाट विदे...