दक्षिण कोरियामा ८ ,जापानमा १५ सहित १ हजार बढि नेपाली बिदेशी जेलमा, ४१ जना मृत्युदण्ड कुर्दै
प्रमोद गिरी हिरोसिमा। बिदेशमा रोजगार, अध्ययन, व्यवसाय वा अन्य कारणले नेपालीहरु लाखौंको संख्यामा बर्षेनी जाने गरेका छन् । यसरी जाने नेपालीबाट दैनिक करोडौं रेमिट्यान्स देश भित्रने मात्र होइन हरेक महिना सयौं नेपालीको शव पनि स्वदेश फर्कन्छ । त्यो भन्दा बढि संख्यामा देश नर्फकाइएका नेपालीको शव विदेशमै सदगद हुने गर्दछ ।
यो बाहेक अर्को दुःखद र अँधेरो पाटो हो बिदेशी जेलमा रहने नेपालीहरु । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा नागरिकमध्ये एक हजार ३० जना हाल विदेशी जेलमा छन् ।
मानव अधिकार आयोगले सार्वजनिक गरेको आप्रवासी नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९' मा सो संख्याका नेपाली विदेशी जेलमा रहेको तथ्यांक उल्लेख छ । आयोगले आर्थिक वर्ष ०७६२७७, ०७७२७८र ०७८२७९ को तथ्यांक संकलन गरेको थियो । आयोगको गत आवसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स ९युएई० मा द...









