विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया
दक्षिण कोरियाली सरकारले देशको बढ्दो श्रमिक अभावलाई सम्बोधन गर्न उत्पादन, कृषि र सेवा जस्ता प्रमुख उद्योगहरूमा विदेशी कामदारहरूको संख्या दोब्बर बनाउने योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत यस वर्षको रोजगार अनुमति प्रणाली (E-9) को चौथो त्रैमासिकको लागि नयाँ कोटा थप १०,००० ले बढ्नेछ भने अर्को वर्ष अर्थात सन् २०२४ कोटा हालसम्मकै उच्च संख्यामा १२०,००० वा सोभन्दा बढी हुनेछ ।
कम जन्मदर र स्थानीय जनसङ्ख्या घटेका कारण कोरियाका विभिन्न कार्यस्थलहरुमा करिब २ लाख १३ हजार श्रमिकको माग रहेपनि यतिनै संख्यामा कामदार अभाव छ ।
यसअघि गैर-व्यावसायिक कार्य भिसा (E-9) लिएर दक्षिण कोरिया प्रवेश गरेका विदेशी कामदारहरूले चार वर्ष १० महिनासम्म काम गरेपछि पुनः स्वदेश फर्किएर पुन प्रवेशको प्रक्रिया गर्नुपर्थ्यो । अबको नयाँ प्रणालीले सिधै १० वर्षको अव...
८ भाद्र २०८०, शुक्रबार ०९:५७८ भाद्र २०८०, शुक्रबार ०९:५७८ भाद्र २०८०, शुक्रबार ०९:५७ by विशाल श्रेष्ठNo Comments
कोरियामा सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म लगातार ६ दिन विदा दिने तयारी
कोरियन सरकारले आगामी अकटोबर २ तारिक मा सार्वजनिक विदा दिने तयारी गरिरहेको छ । सेप्टेम्बर २८ देखि अक्टोबर १ सम्म छुसकको विदा तथा अक्टोबर ३ मा कोरियाको राष्ट्रिय स्थापना दिवस अर्थात् खेछनजलकोबिदा रहेकाले बिचमा बाँकी १ दिनलाइ पनि बिशेष विदा निर्धारण गरि लगातार ६ दिने विदा दिनुपर्ने प्रस्ताव पेश भएको छ ।
कोरियाको सत्तारुढ पिपुल्स पावर पार्टीले गरेको यो प्रस्तावमा विपक्षी दलसंगको छलफलपछी बिदाको टुंगो लाग्नेछ । त्यसपछी राष्ट्रपतीले मन्त्रिपरिषद बैठकमा प्रस्ताव गरेपछी मात्रै पारित हुने छ ।
गोविन्द वानिया/कोरिया अपडेट/ कोरियन निउज एजेन्सी योन्हापवाट
https://www.tiktok.com/@koreaupdate.np/video/7271191943047105794...
७ भाद्र २०८०, बिहीबार १२:४५७ भाद्र २०८०, बिहीबार १२:४५७ भाद्र २०८०, बिहीबार १२:४५ by विशाल श्रेष्ठNo Comments
पर्वत समाज दक्षिण कोरियाको अधिवेशन सेप्टेम्बर १० मा
कमला केसि/विशाल आवाज:सन् २००८ मा स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले यहि २०२३ सेप्टेम्बर १० तारिक आइतवारका दिन सउल स्थित नेपाल थाइ रेष्टुरेण्टमा चौथो वार्षिक साधारण सभा आयोजना गरिएको छ । सभामा समाजले आफ्नो आगामी वार्षिक कार्ययोजनाको बिषयमा छलफल तथा वितेका एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छ ।
विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै २००८ मा स्थापना भएर लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै पर्वते र समग्र नेपालीहरुको हितमा केन्द्रित यस संस्थाले धेरै सामाजिक तथा परोपकारी कार्यहरुमा सक्रियता देखाउदै आईरहेको छ । कोरिया भित्र होस वा नेपालमा परेका विभिन्न खालका समस्या हरुमा जुद्नको लागी सदैव हातेमालो गर्दै आएको छ।
सम्पुर्ण जानकारी अब बिशाल आवाजमा
समाज यस अवस्...
७ भाद्र २०८०, बिहीबार ०९:३३७ भाद्र २०८०, बिहीबार ०९:३३७ भाद्र २०८०, बिहीबार ०९:३३ by विशाल श्रेष्ठNo Comments
E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने !
गोविन्द वानिया/कोरिया अपडेट:E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने ! अब यो भिसा आवेदन गर्न, पछिल्लो १० बर्ष भित्रमा e9 E-10 वा H2 भिसामा ४ बर्ष भन्दा बढी बसेको अनुभव हुनुपर्ने छ !
त्यस्तै पछिल्लो २ बर्षमा हरेक बर्षको बार्षिक आम्दानी २६०० मान वन अर्थात २ करोड ६० लाख वन वा सो भन्दा माथि अनिवार्य हुनुपर्नेछ ।
पछिल्लो २ बर्षको औसत आम्दानी २ करोड ५० लाख भन्दा माथि हुनुपर्ने छ भने अब E-74 आवेदन गर्न KIIP वा टपिकमध्य कुनैमा २ लेभल भन्दा माथी पास गरेको वा लेभल टेस्टमा ४१ अंक भन्दा बढी प्राप्त गरेको हुनुपर्ने छ । यसअघि कोरियन भाषाको दक्षता नभएपनि आवेदन गर्न सकिन्थ्यो ।
यसका अतिरिक्त केन्द्र वा स्थानिय सरकारबाट प्राप्त हुने छुछन्स, एउटै कम्...
७ भाद्र २०८०, बिहीबार ०५:५२७ भाद्र २०८०, बिहीबार ०५:५२७ भाद्र २०८०, बिहीबार ०५:५२ by विशाल श्रेष्ठNo Comments
सेप्टेम्बर १७ मा सिन्धुपाल्चोक समाज युएइ ले "संगीतमय तीज धमाका २०२३" आयोजना गर्ने
विशाल श्रेष्ठ: "हाम्रो सिन्धुपाल्चोक हाम्रो शान सुन्दर समाज निर्माणमा सामुहिक अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा युएइ स्थित सिन्धुपाल्चोक बासि हरु एक भइ स्थापित सिन्धुपाल्चोक समाज युएइ ले आउँदो सेप्टेम्बर १७ तारिक HABRA BLUE PALACE RESTAURANT ,BURDUBAI (1ST FLOOR) मा दिउसो १ बजे देखि "संगीतमय तीज धमाका २०२३" आयोजना गर्ने भएको छ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, युएइ मा रहेका सिन्धुपाल्चोक बासि तथा सम्पुर्ण नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिपक राउतले जानकारी दिनुभयो।
विभिन्न कार्यक्रम हरुको प्रचारप्रस...
६ भाद्र २०८०, बुधबार १४:०३६ भाद्र २०८०, बुधबार १४:०३६ भाद्र २०८०, बुधबार १४:०३ by विशाल श्रेष्ठNo Comments
सेप्टेम्बर १० मा कास्की परिवारले तीज कार्यक्रम २०२३ को आयोजना गर्ने
बोम्जन गुरुङ/ २३ अगष्ट २०२३, कोरिया:कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था कास्की परिवारले आउँदो सेप्टेम्बर १० तारिक "तीज कार्यक्रम २०२३" आयोजना गर्ने भएको छ । सउल दोङदेमुन स्थित होटल अन्नपूर्ण सानको हलमा तीजको अवसरमा दर खाने कार्यक्रम सहित बिहान १० बजेदेखि शुरु हुने गरी तीज मनाइने भएको हो ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियामा रहेका कस्केली तथा नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष किशन क्षेत्रीले जानकारी दिए ।
"संगठित समूह नै परदेशको सहारा हो" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २००८ मा कोरियामा स्थापित कास्की...
६ भाद्र २०८०, बुधबार १२:१३६ भाद्र २०८०, बुधबार १२:१३६ भाद्र २०८०, बुधबार १२:१३ by विशाल श्रेष्ठNo Comments
कोरियामा नेपालको नाम राख्दै "नेपाल राइनो"कोरियन A डिभिजन क्रिकेट लिगको फाइनलमा
विशाल आवाज:कोरिया क्रिकेट एसोसिएसन द्वारा आयोजित 2023 KOREA CUP T20 LEAGUE (2023 코리아컵 T20 리그)मा नेपालको एकमात्र क्रिकेट टिम NEPAL RHINO 'A' डिभिजन अन्तर्गतको फाइनलमा पुगेर फाइनल खेल खेल्ने भएको छ।
NEPAL RHINO बिगत ८ वर्ष देखि केारियामा केारिया क्रिकेट एसेासियसन (KCA) ले आयोजना गर्ने बिभिन्न प्रतियेागितामा सहभागी भईरहेको एकमात्र नेपाली क्रिकेट टिम हो । सुरुको ६ वर्ष B डिभिजनमा रहेर गत वर्ष B डिभिजनको उपबिजेता भए संगै A डिभिजनमा बढुवा भएको थियो NEPAL RHINO ।
नेपालका बिभिन्न जिल्लाका क्रिकेट प्रेमी खेलाडीहरुको टिम Nepal Rhino का अधिकांश खेलाडी पेशाले श्रमिक नै हुन । आफ्नो काम गरेर बाकिं रहेकाे छुट्टिका दिनहरुमा अभ्यास गर्दै एउटा बलियो नेपाली क्रिकेट टिम तयार बनाउन सफल भएको टिम मेनेजर राज श्रेष्ठ बताउंछन । ...
५ भाद्र २०८०, मंगलवार ०७:०८५ भाद्र २०८०, मंगलवार ०७:०८५ भाद्र २०८०, मंगलवार ०७:०८ by विशाल श्रेष्ठNo Comments
अगस्ट २७ मा "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक कार्यक्रम
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम यहि आउदो अगस्ट २७ तारिख आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) बिहान १० बजे हुने भएको छ।
यहि आउदो कोरियन पर्व छुसक को अवसरमा सुर्खेत समाज दक्षिण कोरियाको आयोजना तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको कार्यक्रममा लागि नेपाल सम...
४ भाद्र २०८०, सोमबार ११:१०४ भाद्र २०८०, सोमबार ११:१०४ भाद्र २०८०, सोमबार ११:१० by विशाल श्रेष्ठNo Comments
राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन अगष्ट २७ मा हुने
बोम्जन गुरुङ २१ अगष्ट २०२३, कोरिया:"हामी जहाँ भएपनि एउटै विशेषता, विशुद्ध सामाजिक कामको लागी राप्ती समाजको एकता" भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको गौरवमय संस्था राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन यही अगष्ट २७ मा सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा हुने भएको छ ।
दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध राप्तीबासी तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको राप्ती समाजको पाँचौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष ओमलाल ओलीले जानकारी दिए ।
कोरियामा रहँदा भैपरी आउने विभिन्न समस्याहरुको समाधान गर्न तत्पर र कोरियाली भूम...
३ भाद्र २०८०, आईतवार १२:२०३ भाद्र २०८०, आईतवार १२:२०३ भाद्र २०८०, आईतवार १२:२० by विशाल श्रेष्ठNo Comments
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न
बोम्जन गुरुङ२० अगष्ट २०२३, कोरिया/कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष प्रविण गिरीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय अध्यक्ष विनोद कुँवर, विशेष अतिथिहरुमा NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रदेशको आफ्नो मातहतमा रहेका जिल्लाका अध्यक्षहरु, विभिन्न क्षेत्रीय, जातीय, राजनैतिक र शैक्षिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र अन्य शुभचिन्तकहरु अतिथिको रुपमा उपस्थित थिए ।
...