E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने !
गोविन्द वानिया/कोरिया अपडेट:E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने ! अब यो भिसा आवेदन गर्न, पछिल्लो १० बर्ष भित्रमा e9 E-10 वा H2 भिसामा ४ बर्ष भन्दा बढी बसेको अनुभव हुनुपर्ने छ !
त्यस्तै पछिल्लो २ बर्षमा हरेक बर्षको बार्षिक आम्दानी २६०० मान वन अर्थात २ करोड ६० लाख वन वा सो भन्दा माथि अनिवार्य हुनुपर्नेछ ।
पछिल्लो २ बर्षको औसत आम्दानी २ करोड ५० लाख भन्दा माथि हुनुपर्ने छ भने अब E-74 आवेदन गर्न KIIP वा टपिकमध्य कुनैमा २ लेभल भन्दा माथी पास गरेको वा लेभल टेस्टमा ४१ अंक भन्दा बढी प्राप्त गरेको हुनुपर्ने छ । यसअघि कोरियन भाषाको दक्षता नभएपनि आवेदन गर्न सकिन्थ्यो ।
यसका अतिरिक्त केन्द्र वा स्थानिय सरकारबाट प्राप्त हुने छुछन्स, एउटै कम्पनीमा ३ बर्ष बढी काम गरेको र जनसंख्या कम भएको क्षत्रमा ३ बर्ष बढी काम गरेको, कोरियाको सवारी चालक अनुमति पत्र भएकाहरुलाइ थप अंक प्रदान गरिनेछ ।
Follow on tiktok

@koreaupdate.np E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ ,अब TOPIK वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने भएकाे छ । #EPSNEPAL #epskorea #Koreanews #e74visa #Nepaliinkorea #Koreaupdate #Nepalnews











