Advertisement
Advertisement

Breaking News

ह्वात्तै बढ्यो दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर

ह्वात्तै बढ्यो दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर

Breaking News, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै
विशाल आवाज/गोबिन्द बानियाँ, कोरिया अपडेट:अन्तराष्ट्रिय मुद्रा बजारमा अमेरीकी डलरको भाउ निरन्तर बढेसंगै दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर पनि ह्वात्तै बढेको छ । गत हप्तासम्म १ लाख नेपाली रुपैयाँका लागी कोरियन ९ लाख ९० हजार वन आसपास रहेको दर अहिले भने १० लाख २० हजारदेखी १० लाख ३० हजारको आसपास पुगेको छ । जुन केही समय यताको उच्च दर हो । कोरियामा अहिले १५ भन्दा बढी रेमीट कम्पनीहरुले सेवा दिइरहेका छन् । सबैजसो रेमिटहरुमा मिल्दो जुल्दो दर कायम हुने गर्दछ । गत जुलाइदेखी बढीरहेको डलरको निरन्तर बढ्दो अवस्थाका कारण रेमिटको दरपनी अझै बढ्न सक्न अनुमान गरिएको छ । चाडबाडको मुखैमा रेमिटको रेट बढेपछी घरखर्ची पठाउनुपर्ने नेपालीहरुमा चिन्ता थपिएको छ कोरियाबाट अत्यावश्यक रुपमा पैसा पठाउनु नपर्ने श्रमीकहरुले भने रेट घटेको मौका छोपेर पठाउने गर्दछन् । कोरियामा अहिले इपिएस मार्फत ४३ हज...
बुसान फेस्टिभलको रेडकार्पेटमा प्रस्तुत भए नवीन सुब्बासहितका फिल्मकर्मी (तस्वीर)

बुसान फेस्टिभलको रेडकार्पेटमा प्रस्तुत भए नवीन सुब्बासहितका फिल्मकर्मी (तस्वीर)

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
दक्षिण कोरिया : एसियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल-२०२३ बुधबारदेखि दक्षिण कोरियामा सुरु भएको छ । फिल्म ‘बिकज आई हेट कोरिया’ ओपनिङसँगै फेस्टिभल सुरु भएको हो । नौ दिनसम्म चल्ने फेस्टिभलमा चर्चित एसियाली फिल्म स्क्रिनिङ हुँदैछन् । यस वर्षको संस्करणमा दुई नेपाली फिचर फिल्म ‘गाउँ आएको बाटो’ र ‘गुराँस’को एसिया प्रिमियर हुँदैछ । नीरञ्जन भेट्वाल निर्देशित छोटो फिल्म ‘साक्षी रुख’ पनि प्रिमियर हुँदैछ । फेस्टिभलको औपचारिक सुरुवात हुनुअघि रेडकार्पेटमा फिल्ममेकर र सेलिब्रिटी सहभागी रहे । नेपालबाट बुसान पुगेको फिल्म ‘गाउँ आएको बाटो’का निर्माता, निर्देशक र कलाकारले पनि रेडकार्पेट नापे । निर्देशक नवीन सुब्बा, निर्माता आमोद राई, अभिनेत्री पशुपति राई, कार्यकारी निर्माता मिन्सो लिम्बू रेडकार्पेटमा प्रस्तुत भए । प्रिमियरमा सहभागी हुन ‘गुराँस’का निर्माता रामकृष्ण पोखरेल र निर्देशक...
काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियो

काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियो

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
८ असोज, काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो । विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो । जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो । स्रोतका अनुसार उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ । टिकास के हो ? जहाजहरुको ककपिटमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम– टीसीएएस’ (टिकास) हुन्छ । टिकासबाट पाइलटले आकाशमा उडिरहेका अरु जहाजहरु कति दुरीमा छन् र कति उचाइमा छन् भन्ने...
“इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न

“इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाको कोरियन पर्व छुसकको अवसरमा सेप्टेम्बर ३० तारिख जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजित "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न भएको छ ।  नेपाली राजादुतवास, एनाअरएनए, एनसिसि,  विभिन्न राजनीतिक दलका भातृ संगठन का अध्यक्ष, जातिय, क्षेत्रीय संस्था का पदाधिकारीहरु,पत्रकार महासंघ,फोनिज कोरिया, लगायत कोरियामा रहेका बिभिन्न संघसस्था का अध्यक्ष तथा प्रतिनिधिहरुको र केहि दर्शकको उपस्थितिमा २ बजे वाट पुर्वान्चल सरोकार का महासचिब केदार निरौलाले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए। स्थानिय कलकारहरुको सुरुवाती प्रस्तुती बाट सुरु भएको कार्यक्रम एकदेव लिम्बुको अन्तिम प्रस्तुति संगै कलाकार सम्मान गरेर कार्यक्रम बेलुकी ९:३० बजे सम्म चलेको थियो । लग...
कोरियाको सार्वजनिक यातायातको भाडादर वृद्धी

कोरियाको सार्वजनिक यातायातको भाडादर वृद्धी

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर
सउल, ख्यङ्गीदो र इन्छनको रेलको भाडादर १५० वनले वृद्धी हुनेछ भने बसको भाडा गतमहिना नै ३०० वनले वृद्धी भैसकेको छ । उता बुसान क्षत्रको बस र रेल दुबैको भाडादर वृद्धी हुनेछ ।  शहरी क्षत्रमा चल्ने सिटी बसको भाडा ३५० वनले बढ्नेछ भने रेलको १५० वन वृद्धी हुनेछ । अहिले सउल, इन्छन् र ख्यङ्गीदोमा कार्डबाट तिर्दा न्युनतम भाडा १२५० वन छ भने नगद तिर्दा १३५० वन रहेको छ । अब यसमा वृद्धी भएर १४०० र १५०० हुनेछ ।  राजधानी क्षत्रममा किशोर किशोरी र बालबालिकाको भाडा पनि सन् २००७ पछि पहिलो पटक बढ्नेछ । किशोरकिशोरीका लागि भाडा ७२० वोनबाट बढेर ८०० वोन हुनेछ, भने बालबालिकाको भाडा ४५० वोनबाट बढेर ५०० वोन हुनेछ। बुसानमा भने बस वा सबवेका लागि किशोरकिशोरीहरूको भाडा वृद्धि नहुने बुसान महानगरपालीकाले जनाएको छ । यो न्युनतम भाडा १० किलोमिटर मित्रको यात्रामा लिइने रकम हो । १० किलोमिटर भन्दा ज्यादा यात्रा गर्दा प्रति...
अनेसास कोरियाद्वारा बृहत् साहित्य मेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

अनेसास कोरियाद्वारा बृहत् साहित्य मेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, समाचार, साहित्य
अनेसास कोरियाद्वारा बृहत् साहित्य मेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न  विशाल आवाज:मेसिनको शहर दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तार गर्ने उदेश्यका साथ अनवरत रुपमा सकृय नेपाली साहित्यप्रेमीहरुको समुह अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन महान चाड छुसकको अवसरमा बृहत् साहित्यमेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ।   छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गरिएको उक्त कार्यक्रममा नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुका उत्कृष्ट रचनाहरु वाचन हुनुका साथै कोरियामा रहेर नेपाली कवितामा कलम चलाइरहनु भएका नेपाली कविहरुका कविता संग्रहित संयुक्त कविता संग्रह 'कोरियामा नेपाली कवि र कविता' को लोकार्पण पन...
छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन छन्त्याल परिवार दक्षिण कोरियाको अाइतबार अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको छ । कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवारमा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए। नवनिर्वाचित अध्यक्षमा अध्यक्ष तिलक छन्त्यालले आफूमा छन्त्याल परिवारलाइ अझ मजवुद ढंगले अगाडी बढाउनलाई चुनौति र अवसर सँगै रहेको बताए कोरियामा रहेका सबै छन्त्यालका साथ ...
कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन

कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी
कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको कोरियामा स्थापित सेप्टेम्बर २८ तारिख दोङ्देमुन स्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा हुन लागिरहेको कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ। दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध कास्केली तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको कास्की परिवारको सातौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको आयोजकले जानकारी दिएको छ। डा. प्रदिप अधिकारीको संयोजकत्वमा प्रविण गिरी र खोम प्रसाद गुरुङ सदस्य रहे...
२०२४ मा खन्गाङ फोहमको रकम वृद्धी नहुने

२०२४ मा खन्गाङ फोहमको रकम वृद्धी नहुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी
२०२४ मा खन्गाङ फोहमको रकम वृद्धी नहुने आगामी बर्ष अर्थात सन् २०२४ का लागी कोरियाको स्वास्थ्यबिमाको रकम बृद्धी नहुने भएको छ । कोरियन नागरिक तथा ६ महिनाभन्दा बढी समय कोरियामा बस्ने विदेशीले समेत अनिवार्य दर्ता गर्नुपर्ने खन्गाङफोहम अर्थात स्वास्थ्य बिमाको रकम यसअघि लगातार ७ बर्षसम्म बढीरहेको थियो ।  कोरियाको स्वास्थ्य मन्त्रालयमा आज बसेको स्वास्थ्य विमा नितीको समिक्षा बैठकले बिमा रकम यथावत राख्ने निर्णय गरेको हो । आर्थिक अवस्था, मुद्रास्फिर्तीको अवस्था, बढ्दो ब्याजदर लगायत अन्य पक्षलाइ ध्यानमा राखेर बिमा रकम यथावत राख्ने निर्णय गरेको जनाइएको छ ।  हाल न्युनतम मासिक ज्यालाको ७.०९ प्रतिशत अर्थात १ लाख ४६ हजार ७१२ वन औसत मासिक प्रिमियम तिर्नुपर्दछ ।  कोरियाको राष्ट्रिय स्वास्थ्य परिषदले सामान्यतया जुन र अगस्चको बिचमा आगामी बर्षको स्वास्थ्यबिमाको प्रिमियम दर निर्धारण गर्दछ । तर यस...
अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले छुसकमा स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले छुसकमा स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले छुसकमा स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने विशाल आवाज:अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले नमस्ते रेस्टुरेन्ट , दोङम्योआफमा सेप्टेम्बर ३० तारिख ११ बजे आउदै गरेको कोरियन पर्व छुसकलाई लक्षित गर्दै नवआगन्तुक स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।  "प्रवासी भूमिमा एकता, सबै जिल्लावासी हरुको प्रतिवद्धता" भन्ने मुल नारा लिएर  विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँची बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर सन् २०१० मा यो सस्था स्थापना भएको हो।संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रको...