Advertisement
Advertisement

अनेसास कोरियाद्वारा बृहत् साहित्य मेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

अनेसास कोरियाद्वारा बृहत् साहित्य मेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

 विशाल आवाज:मेसिनको शहर दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तार गर्ने उदेश्यका साथ अनवरत रुपमा सकृय नेपाली साहित्यप्रेमीहरुको समुह अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन महान चाड छुसकको अवसरमा बृहत् साहित्यमेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ।  

छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गरिएको उक्त कार्यक्रममा नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुका उत्कृष्ट रचनाहरु वाचन हुनुका साथै कोरियामा रहेर नेपाली कवितामा कलम चलाइरहनु भएका नेपाली कविहरुका कविता संग्रहित संयुक्त कविता संग्रह ‘कोरियामा नेपाली कवि र कविता’ को लोकार्पण पनि गरिएको थियो। लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि नेपाली दूतावास सौलका द्वितीय सचिव सूर्य बहादुर थापाले कोरियामा रहेर नेपाली साहित्यको विकासमा खटिएको सँस्था अनेसास कोरियाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। साथै नेपाली भाषासाहित्यको विकासमा दूतावासको तर्फबाट संस्थालाई गर्नुपर्ने हर सहयोग गर्न तत्पर रहेको वाचा गर्नुभयो।

 कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाल मुक्तक प्रतिष्ठान कोरिया अध्यक्ष तथा लोकार्पित कृतिका सम्पादक आर एन अधिकारीले कविहरु अजित उत्सव, सुनिल दिप्त राई र शकुन आँसु साथै गजलकारहरु ईश्वर दाहाल, निर्दोष शिव र स्पन्दन दिपक र मुक्तककार त्रय आर पि सि संगम, रुशन सुवेदी र रामचन्द्र शर्माका दमदार रचनाहरुले कोरियाको राजधानी शहर तातेको दाबी गर्नुभयो। साथै कोरियामा रहेका साहित्यिक संस्था मध्य अनेसास कोरिया उत्कृष्ट रहेको जानकारी दिनुभयो। 

 संस्थाका महासचिव लोकराज न्यौपानेले सञ्चालन र सदस्य सुमन तिमल्सिनाले अतिथिहरु तथा उपस्थित सम्पुणलाई स्वागत गर्नुभएको उक्त कार्यक्रममा बोल्दै अतिथि तथा आदिवासी जनजाति साहित्यकार / लेखक महासंघ कोरियाका सचिव विष्णु सन्यासले कविहरुले कोरिया र नेपाली संस्कार तथा परिवेशको मझदारबाट कविता लेख्नु पर्ने कुरा औंल्याउनु भएको थियो। साथै कार्यक्रममा बोल्दै अतिथि द्वय नेपाली सम्पर्क समिति कोरिया उपाध्यक्ष हेम पाठक र पाँच स कोरियाका संरक्षक तथा एन आए एन ए कोरिया सचिव कमल भण्डारीले अनेसास कोरियासँग सँस्थागत र व्यक्तिगत रुपमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

करिब ३० जना उपस्थित साहितप्रेमीहरुका पनि रचना सुनिएको उक्त कार्यक्रमका सभापति संस्थाका अध्यक्ष ह्यारी बोण्डले उपस्थित अतिथि, स्रस्टाका साथै पुस्तक प्रकासनमा सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दै कोरियामा रहेका सम्पुर्ण साहित्यिक संस्थाहरु एकजुट भएर नेपाली साहित्यको विकासमा लाग्नुपर्ने बताउनु भएको थियो। साथै कविता संग्रह कोरियामा नेपाली कवि र कविता नेपाली कविताको विकासमा कोशेढुँगा बन्ने दाबी गर्नुभयो। 

     विभिन्न काव्य गोष्ठी, प्रतियोगिता, पुस्तक प्रकाशन गर्दै आएको अनेसास कोरियाको यो चौथो प्रकाशन हो भने रचना वाचनको शृङ्खला काव्य सुधाको १६१ औँ शृङ्खला पुरा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den Shop

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den ShopMein Name ist Lukas Müller, und ich möchte Ihnen heute das ICE Ca...

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?Jsem Jan Novák, odborník na online hazardní hry a hrá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×