प्रकाश दाहालको छैटौँ स्मृतिमा दक्षिण कोरियामा स्मृति, परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम
प्रकाश दाहालको छैटौँ स्मृतिमा दक्षिण कोरियामा स्मृति, परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम
सउल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुत्र प्रकाश दाहाल(साकार)को निधन भएको छ वर्ष पुगेको दिन आज नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले प्रकाश दाहाल छैटौँ स्मृति दिवस मनाएको छ ।
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले १९ नोभेम्बर २०२३ आइतबार स्वर्गीय प्रकाश दाहाल(साकार)को छैटौँ स्मृति दिवस मनाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिचयात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम कोरियाको राजधानी सउलमा सम्पन्न गरेको हो ।
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको अध्यक्ष इश्वर कठायतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विना मगर, विशिष्ट अतिथि एनआरएनए ग्लोबल अध्यक्ष तथा सङ्गठनको संरक्षक विनोद कुँवर, अति...









