Advertisement
Advertisement

प्रकाश दाहालको छैटौँ स्मृतिमा दक्षिण कोरियामा स्मृति, परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम

Advertisement
Advertisement

प्रकाश दाहालको छैटौँ स्मृतिमा दक्षिण कोरियामा स्मृति, परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम


सउल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुत्र प्रकाश दाहाल(साकार)को निधन भएको छ वर्ष पुगेको दिन आज नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले प्रकाश दाहाल छैटौँ स्मृति दिवस मनाएको छ ।

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले १९ नोभेम्बर २०२३ आइतबार स्वर्गीय प्रकाश दाहाल(साकार)को छैटौँ स्मृति दिवस मनाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिचयात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम कोरियाको राजधानी सउलमा सम्पन्न गरेको हो ।

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको अध्यक्ष इश्वर कठायतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विना मगर, विशिष्ट अतिथि एनआरएनए ग्लोबल अध्यक्ष तथा सङ्गठनको संरक्षक विनोद कुँवर, अतिथिहरू क्रमश सङ्गठनको सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाको पूर्व अध्यक्ष दीपक पुन, सल्लाहकार तथा एनसिसि पूर्व अध्यक्ष श्री प्रसाद श्रेष्ठ, सल्लाहकार कमरेड हर्क सिंह केसी, सल्लाहकार कमरेड प्रशान्तराज वानियाँ, सल्लाहकार कमरेड डा. प्रदीप अधिकारी, एनसिसि अध्यक्ष हरी खनाल, गण्डकी प्रदेश अध्यक्ष प्रवीण गिरी, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सचिव कमला केसी, कविता योञ्जनलगायत रहेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन सङ्गठनको सचिव हिमाल खनालले गरेका थिए भने स्वागत मन्तव्यसहित सङ्गठनको विषयवस्तु वरिष्ठ उपाध्यक्ष जीवन खतिवडाले राखे ।

कार्यक्रममा उपस्थित अतिथिलगायतले सबैले स्वर्गीय प्रकाश दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रकाश दाहाले पार्टी आन्दोलन, युवा पंतिमा प्रकाशको प्रभाव र प्रधानमन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई पुर्याएको साथ र सहयोगको चर्चा गरे।

सो क्रममा वक्ताहरूले पार्टी, सङ्गठन र देशप्रति जिम्मेवार आफ्ना महत्वपूर्ण धारणाहरू सम्प्रेषण गरेका थिए। कार्यक्रममा प्रमुख आतिथि विना मगरले पार्टी,सङ्गठन, समग्र देशको राजनीतिक अवस्था एवम् कोरियास्थित नेपाली समुदायको समस्या समाधानको विषय जस्ता यावत कुराहरूलाई समेटेर प्रशिक्षणात्मक मन्तव्य राखेकी थिइन् ।

नेकपा( एकिकृत समाजवादी) निकट प्रवासी नेपाली मञ्च कोरिया शाखाका उपाध्यक्ष दशरथ कुँवरलगायतका युवाहरू माओवादी केन्द्र प्रवेश गरे । नवप्रवेशीलाई माओवादी केन्द्रकी नेतृ विना मगरले पार्टीमा स्वागत गरिन् ।

पार्टी प्रवेश गराउँदै नेतृ मगरले सङ्गठनलाई मजवुत र सशक्त बनाउँदै एक ढिक्का भएर वैचारिक, साङ्गठनिक र राजनीतिक रूपमा अगाडि बढ्न नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियालाई आग्रह गरिन् ।

नेपाल र नेपाली समुदायको हकहितमा निरन्तर क्रियाशील रहने प्रतिवद्धतासहित सङ्गठनको अध्यक्ष कमरेड इश्वर कठायतले कार्यक्रमको समापन गरे ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×