Advertisement
Advertisement

आँधीखोला सांगीतिक सौगात-६” मा पौने चार करोड कोरियन वोन बचत

Advertisement
Advertisement

“आँधीखोला सांगीतिक सौगात-६” मा पौने चार करोड कोरियन वोन वचत


बोम्जन  गुरुङ/बिशाल आवाज :कोरियन चाड २०२३ छुसकको अवसर पारेर आयोजना गरिएको “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरिएको छ । नोभेम्बर १९ तारिक सउलस्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा कार्यक्रमको समीक्षा बैठक सहित आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले उक्त कार्यक्रम करिब पौने चार करोड वोन अर्थात् ३ करोड ७३ लाख ४६ हजार ६ सय ४९ कोरियन वोन वचत भएको जानकारी दिँदै आयव्यय सार्वजनिक गरेको हो ।

संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुशील गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष भक्त थापाको सभाध्यक्ष, प्रमुख अतिथिका रुपमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरी प्रसाद खनाल, विशेष अतिथिहरुमा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी र सोही समाजका सल्लाहकार तथा कास्की परिवार दक्षिण कोरियाका संरक्षक खोम प्रसाद गुरुङ, गण्डकी प्रदेश समाजका महासचिव विदुर शर्मा, बागलुङ समाजका अध्यक्ष भूमिराज भुसाल, नेपाली सम्पर्क समितिका महासचिव दीपक थापा, पर्वत समाजका महासचिव कमला केसी, स्याङ्जा परिवारका पूर्वाध्यक्ष तथा केन्द्रीय वरिष्ठ सल्लाहकार युवराज गुरुङ, वरिष्ठ सल्लाहकार कुमार थापा, गण्डकी प्रदेश समाजका उपाध्यक्ष कुमार गुरुङ, स्याङ्जा भीरकोट आठथर तमू समाजका अध्यक्ष मनोज गुरुङ लगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए ।

कोरियास्थित क्षेत्रीय छाता संस्था नेपाली सम्पर्क समिति (NCC) ले अनुमति दिएको र गण्डकी प्रदेश समाजले विशेष सहयोग गरेको उक्त “आँधीखोला सांगीतिक सौगात-६” को सम्पूर्ण आय व्यय सार्वजनिक गर्दै केन्द्रीय कोषाध्यक्ष अर्जुन अर्यालले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए । सो कार्यक्रमको अवसर पारेर बागलुङ समाज दक्षिण कोरियाले आउँदो कोरियन नयाँ वर्ष सलनालमा (फेब्रुअरी १०) “धौलागिरी सांगीतिक सौगात ४” कार्यक्रम आयोजना गर्ने घोषणा कार्यक्रम र कोरिया बसाई बिट मार्दै संस्थाका निवर्तमान केन्द्रीय उपाध्यक्ष राम प्रसाद न्यौपाने नेपाल जानुहुने भएकोले उहाँको सम्मान तथा विदाई कार्यक्रम जोडिएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रीय सचिव टोजिन्द्र गुरुङले गरेका थिए ।

आपतकालीन राहत कोष स्थापना सहयोगार्थ गत सेप्टेम्बर २९ तारिक सउलको छुङ्ग्रो ओगा नजिकै स्याङ्जा परिवार दक्षिण कोरियाले सो कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको करिव डेढ महिना भित्र सार्वजनिक भएको यस कार्यक्रममा विभिन्न शिर्षकमा भएको कूल आम्दानी ७ करोड ९४ लाख २९ हजार ५ सय ५९ वोन र खर्च ४ करोड २० लाख ८२ हजार ९ सय १० वोन घटाएर वोन ३ करोड ७३ लाख ४६ हजार ६ सय ४९ कोरियन वोन वचत भएको हो ।

“आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्ण संघ-संस्था, सहयोगीलाई स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आँधीखोला सांगीतिक सौगात-६ को आयव्यय विवरण

# आम्दानि /आय विवरण तर्फ
१- सहयोग रकम फ्रेम अनुसार :- ४६६४२४५८ वोन
२- संस्थागत सहयोग :- १८८७१०१ वोन
३- टिकट बाट प्राप्त रकम :- १०३०*३०,०००= ३०९०००००/-

# जम्मा आम्दानि :- ७,९४,२९,५५९/-
# नउठेको रकम :- (-७०५०००/-)
==
# खर्च / व्यय विवरण तर्फ
१- हल बुकिङ :- ४५०००००/-
२- भिसा स्पोन्सर :- ५३०००००/-
३- Ncc कार्यक्रम स्विकृतिशुल्क :- ३०००००/-
४- हल साउण्ड सिस्टम :- २५०००००/-
५- मोक्सानिम ( भिसा स्पोन्सर ) भेटघाट :- ६३६०००/-
६- कलाकार भिसा को लागि नेपाल पठाएको रकम :- १३४५९०८/-
७- कलाकार एपोईटमेन्ट (Appointment )को लागि नेपाल पठाएको रकम :- ३०६९११/-
८- कलाकार प्लेन टिकट :- ६१५५०००/-
९- कलाकार पारिश्रमिक खर्च :- ९७१८०००/-
१०- कलाकार मोटेल खर्च :- २४९००००/-
११- कलाकार खाना खर्च :- २४९७९००/-
१२- पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम :- २८१०००/-
१३- कार्यक्रम अडियो भिडियो प्रोमो :- १००३७८/-
१४- गायिका तारा श्रीस मगर टिकट रिफण्ड /आयोजकलाई दिएको रकम :- ६५४७१३/-
१५- कार्यक्रमको लागि दाईसोबाट लिएको समान :- ११४७००/-
१६- थेग्फे खर्च :- १६०००/-
१७- कलाकार युनिफर्म शृंगार खर्च :- ४००००/-
१८- कार्यक्रममा स्ट्याम्प बनाउदा को खर्च :- ६००००/-
१९- ब्यानर ब्याज पोस्टर निमन्त्रणा कार्ड मायाको चिनो सम्मान पत्र खर्च :- ११४००००/-
२०- लाईभ म्युजिक (लोक दोहोरि प्रतिस्ठान ):- ६३६०००/-
२१- कार्यक्रमको दिन कार्यक्रम हलमा भएको खर्च :- १७८०००/-
२२- कार्यक्रम हलसम्म जान आउनको लागि बस खर्च :- ८०००००/-
२३- कार्यक्रम हल सरसफाई खर्च:- ३९००००/-
२४- एअरपोर्ट जादा आउदाको खर्च :- १४९०४००/-
२५- कार्यक्रम हल गेट पास कटिङ तथा प्रीन्टिङ खर्च :- १७२०००/-
२६- कलाकार भेटघाट तथा चियापान स्वदेश पठाएको रकम :- ७००००/-
२७- बिबिध खर्च :- १९००००/-
# जम्मा खर्च :- ४२०८२९१०/-

जम्मा आम्दानी :- ७९४२९५५९/-
जम्मा खर्च :- – ४२०८२९१०/-
जम्मा बचत :- ३,७३,४६,६४९/-

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×