ह्वात्तै बढ्यो दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर
विशाल आवाज/गोबिन्द बानियाँ, कोरिया अपडेट:अन्तराष्ट्रिय मुद्रा बजारमा अमेरीकी डलरको भाउ निरन्तर बढेसंगै दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर पनि ह्वात्तै बढेको छ ।
गत हप्तासम्म १ लाख नेपाली रुपैयाँका लागी कोरियन ९ लाख ९० हजार वन आसपास रहेको दर अहिले भने १० लाख २० हजारदेखी १० लाख ३० हजारको आसपास पुगेको छ । जुन केही समय यताको उच्च दर हो । कोरियामा अहिले १५ भन्दा बढी रेमीट कम्पनीहरुले सेवा दिइरहेका छन् । सबैजसो रेमिटहरुमा मिल्दो जुल्दो दर कायम हुने गर्दछ ।
गत जुलाइदेखी बढीरहेको डलरको निरन्तर बढ्दो अवस्थाका कारण रेमिटको दरपनी अझै बढ्न सक्न अनुमान गरिएको छ ।
चाडबाडको मुखैमा रेमिटको रेट बढेपछी घरखर्ची पठाउनुपर्ने नेपालीहरुमा चिन्ता थपिएको छ कोरियाबाट अत्यावश्यक रुपमा पैसा पठाउनु नपर्ने श्रमीकहरुले भने रेट घटेको मौका छोपेर पठाउने गर्दछन् । कोरियामा अहिले इपिएस मार्फत ४३ हज...









