रविलाई व्यक्तिगत रूपमा चिन्दिनँ भनेपछि गायिका एलिना चौहानलाई गालीको वर्षा
काठमाडाैँ- सामाजिक सञ्जाल दिनहुँ कुनै न कुनै विषयले तातिरहेको हुन्छ। सामान्य कुरालाई पनि ठूलै फन्डाको रूपमा बाहिर ल्याउनका लागि माध्यम बनेको छ- सामाजिक सञ्जाल।
पछिल्लो समय सामाजिक सञ्जालमा यस्तै भाइरल भएकी पात्र हुन्- गायिका एलिना चौहान। सानै उमेरबाट गीत गएर चर्चामा आएकी चौहान यतिबेला पूर्वउपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा विवादित बनेकी हुन्।
आइतबार प्रकाश सुवेदीको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अन्तर्वार्ताको क्रममा बोलेकाे कुराले उनलाई यतिबेला सामाजिक सञ्जालमा गालीकाे वर्षा भएकाे हाे। पत्रकार सुवेदीकाे कार्यक्रमको ‘कसरी चिन्नुहुन्छ?’ भन्ने सेग्मेन्टमा प्रकाशले रवि लामिछानेको फोटो देखाउँदै गायिका चौहानलाई प्रश्न गर्छन्, ‘कसरी चिन्नुहुन्छ उहाँलाई?’ यसको जवाफमा उनले, ‘मैले प्रसनल्ली (व्यक्तिगत)रूपमा चिन्द...









