कोरियामा आश्रित भिसा (Dependent) प्रक्रिया थप कडा, E-7-4 भिसाधारकलाई भाषा योग्यता अनिवार्य
दक्षिण कोरियामा E-7-4 भिसामा रहेका विदेशी कामदारले आफ्नो परिवारलाई आश्रित भिसामा कोरिया बोलाउने प्रक्रिया थप कडा हुने भएको छ। सन् २०२७ जनवरी १ देखि F-3-74 आश्रित भिसाका लागि आवेदन दिँदा कोरियामा रहेका E-7-4 भिसाधारकले कोरियन भाषा सम्बन्धी योग्यता प्रमाणित गर्ने कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने नयाँ व्यवस्था लागू हुने भएको हो।
काठमाडौंस्थित कोरिया भिसा आवेदन केन्द्र (KVAC) ले नोभेम्बर २७ मा जारी गरेको सूचनाअनुसार E-7-4 भिसाधारकलाई आमन्त्रित व्यक्ति (Inviter) बनाएर F-3-74 आश्रित भिसाका लागि आवेदन दिने आवेदकहरूले अब भाषा योग्यताको प्रमाणसमेत पेस गर्नुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार कोरियामा रहेका E-7-4 भिसाधारकले निम्न तीनमध्ये कम्तीमा एउटा प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
१. TOPIK: कोरियन भाषा प्रवीणता परीक्षा लेभल २ वा सोभन्दा माथिको प्रमाणपत्र।
२. KIIP: कोरियन अध्यागमन तथा एक...









