समाजमा आउने जो सुकै हुन अवसर एक पटक दिने हो , दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ- कुँवर
एनआरएनए कोरियाको साख गिर्नुमा, टिका टिप्पणी हुनुमा, लक्षित वर्ग संग पुग्न नसक्नु कसको कमजोरी हो खोजौ र चिनौ ।
बिशाल श्रेष्ठ/दक्षिण कोरिया:यहि जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै कोरियामा रहेका नेपाली जनसमुदायमाझ चिरपरिचित एक अनुहार गिरिबहादुर कुँवरले उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक हुने देखिएको छ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग सबै सग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता कुँवर संग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, जनसम्पर्क समिति दक्षिण कोरिया, नेपाली संपर्क समिति, चितवन संपर्क समिति, लगायत बिभिन्न सामाजिक संघ सस्थाहरुको नेतृत्व ...









