Advertisement
Advertisement

समाजमा आउने जो सुकै हुन अवसर एक पटक दिने हो , दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ- कुँवर

Advertisement
Advertisement

एनआरएनए कोरियाको साख गिर्नुमा, टिका टिप्पणी हुनुमा, लक्षित वर्ग संग पुग्न नसक्नु कसको कमजोरी हो खोजौ र चिनौ । 

बिशाल श्रेष्ठ/दक्षिण कोरिया:यहि जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै कोरियामा रहेका नेपाली जनसमुदायमाझ चिरपरिचित एक अनुहार गिरिबहादुर कुँवरले उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक हुने देखिएको छ।

 गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग सबै सग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता कुँवर संग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, जनसम्पर्क समिति दक्षिण कोरिया, नेपाली संपर्क समिति, चितवन संपर्क समिति, लगायत बिभिन्न सामाजिक संघ सस्थाहरुको नेतृत्व तहमा रही काम गरी सकेकाे अनुभव छ।

पछिल्लो समय वरिष्ठ पत्रकार विजय कुमारले गर्ने गरेको आलोचनात्मक चेतको विषय हाल एनआरएन कोरियाको उपाध्यक्ष पदको उम्मेदवार गिरीबहादुर कुँवरमा पनि लागु हुन्छ । आफ्नो मनमा लागेको कुरा बोल्ने । कोही रिसाउँछ वा खुशी हुन्छ भन्ने कुराको लेखाजोखा नगर्ने । सत्य के हो भन्ने कुराबाट निर्देशित हुने । सत्कर्म गरिरहने र जतिसुकै नजिकको साथी भएपनि सत्य कुरामा मत विभाजन हुँदा सही कुरालाई छान्ने । यस्तै विशेषताहरुले गर्दा उहाँले साथीहरु जति कमाउनु भयो विरोधीहरुको कित्ता पनि त्यतिकै बनाउनुभयो । 

समाजमा आउने जो सुकै हुन अवसर एक पटक दिने हो , दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ

सन् २००४ मा कोरिया प्रवेश गर्नुभएको कुँवर बिगत ७ वर्षदेखि रेष्टुरेण्ठ व्यवसायमा हुनुहुन्छ । एनआरएनको बिगतका अधिवेशनहरुमा उहाँको उम्मेदवारीको चर्चा चल्दै सेलाउँदै नगरेका पनि होइनन् । तर यसपटक भने उहाँको उम्मेदवारी उपाध्यक्ष पदमा कायम रहेको छ । कोरियामा आएर मजदुरी गर्ने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई साहु बनाउने सपना देख्नुहुने कुँवरले उम्मेदवारी घोषणा गर्दै गर्दा आफूलाई यस्ता कुराहरु गर्दा केही मानिसहरुले आलोचना गरेको पनि सम्झिनुहुन्छ । आलोचना गर्नेहरुलाई उहाँको एउटै भनाइ छ, हरेक दृष्टिकोणमा आलोचनात्मक चेत राख्न पाइन्छ । आफ्नो भनाइलाई एनआरएनए मार्फत कोरियामा बसुन्जेल मेहनत गरि कमाएको रकमलाई सदुपयोग गरि नेपाल फर्केर पुन कोरिया नआए पनि हुने किसिमले नेपालमै स्वरोजगारको बातावरण सृजना गर्ने कुरासँग जोड्न चाहेको बताउनुहुन्छ । 

कोरिया प्रवेश गरेपछिका दिनहरुमा धेरै भन्दा धेरै मजदुर साथी भाइहरुको सँगत गरेको र ती साथी भाइहरुकोसँगको संगत नै आफ्नो जीन्दगीको ठूलो उपलब्धि ठान्ने उहाँले मजदुरको समस्यालाई समाधान गर्नको लागि इच्छाशक्तिको मात्र आवश्यकता रहेको बताउनुहुन्छ ।

बिगतका नेतृत्वले के कसरी काम गरेको भन्ने विषयमा टिप्पणी गर्नु भन्दा अब नयाँ नेतृत्व निर्वाचनको सँघारमा आफूसँग त्यो इच्छाशक्ति र योजना सहित टिम मार्फत काम गर्नको लागि उम्मेदवारी दिएको बताउनुहुन्छ ।  

गिरीबहादुर कुँवर एनआरएनको नेतृत्वमा आउनैपर्ने सक्षम व्यक्ति हो भनेर उहाँलाई आफूले चिन्दै नचिनेको साथीहरुले भनेको सुन्दा मात्र पनि आफू कोरियाको बिगत करिब २० वर्ष देखिको बसाइ सार्थक भएको सम्झनुहुन्छ । 

आफू सक्षम र योग्य व्यक्ति हो भन्ने प्रमाणित गरेर उपाध्यक्ष पदमा निर्वाचित गरिदिनको लागि सम्पूर्ण शुभचिन्तकहरुलाई अनुरोध गर्नुभएको छ ।

हेरौ कुँवरको भनाइ जस्ताको त्यस्तै 

गैर आवासीय नेपाली संघ, द. कोरियाको ९औ महाधिवेशन, सफल पारौ । “महाधिवेशन “ एक उत्सव हो , यो समाज वनाउनका लागी त्यसैले आफ्नो मत यही समयमा राम्रो मान्छेलाई गरौ ।

एनआरएनए कोरियाको साख गिर्नुमा, टिका टिप्पणी हुनुमा, लक्षित वर्ग संग पुग्न नसक्नु कसको कमजोरी हो खोजौ र चिनौ । 

 हिजो देखि २/४ कार्यकाल काम गरीसकेका साथीहरू जसले समाज बनाउन केही भुमिका खेलेन, एजेण्डालाई वोलीमा सिमित गर्यो, मत लिने तर गुमनाम वस्यो , समाजिक बनेन केवल आफुलाई पदले चिनायो कामले चिनाउन सकेन्,नेतृत्वलाई खबरदारी गर्न सकेन् केवल गलत र सहीको भागेदारी टाउको झुकाएर वनायो र पनि आफुलाई यस पटक पनि मत दिनुस् भन्दै आएका छन् भने चिन्नुस अनि मत कहॉं दिने निर्णय गर्नुस । 

समाजमा आउने जो सुकै हुन अवसर एक पटक दिने हो , दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ यो कुरा मलाई भन्दा तपाईहरूलाई राम्रो संग थाहा छ ।यस पाली म लगाएत हामी गैर आवासीय नेपाली संघ द कोरियाको ९औ महाधिवेशन २३~२५ का लागी आएका छौ , तपाईहरूको अमुल्य मतको अपेक्षा गरेका छौ । मत दिएर काम गर्ने अवसर दिनहुन हार्दिक अनुरोध गर्दछु।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?Witam! Nazywam się Michał Kowalski i jako ekspert w dzie...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×