Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाको चुनाव र दशकपछि मेरो चासो-रघु त्रिपाठी,पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया

Advertisement
Advertisement

कोरियामा इपिएस कामदार देखि विद्यार्थी हुँदै व्यवसायी सम्मको यात्रा तय गरेका उपाध्यक्ष पदका उम्मेदवार सरोज कुमार खड्का सो पदका लागि एकदमै उपयुक्त र अब्बल उम्मेदवार हुन ।

रघु त्रिपाठी,पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया।।

जब कुनै पनि सामाजिक क्षेत्रमा नेतृत्व गर्न आउने व्यक्तिमा त्यागको भावना हुँदैन र व्यक्तिवादी चिन्तन र स्वार्थमात्र छ भने त्यस्ता व्यक्तिले समाजका हरेक व्यक्तिलाई धोका दिन सक्दछन् । समाजमा नै विचलन ल्याईदिन सक्दछन् । खराब भावनाबाट ग्रसित व्यक्तिहरूको नेतृत्व हानिकारक हुनसक्तछ । आज फेरि एनआरएन कोरियाको नेतृत्वले नयाँ काँचुली फेर्न खोजेको छ ।

स्वार्थरहित, सहयोगी, त्यागी र अब्बल नेतृत्वको बहस यतिखेर चुलिएको छ। असल र कुशल व्यक्तिलाई मात्र ठम्याउन सक्ने हो भने दक्षिण कोरियामा नेपाली समाजको नयाँ आधार तयार हुन सक्दछ । अन्यथा पुरानै नियति भोग्न वाध्य हुनेछौँ र उही निराशाको भारी । समाजमा केही गर्नुपर्छ भनेर निस्किने उदयीमान युवाहरूलाई अवसर दिएनौ भने एनआरएन कोरियाको नेतृत्वमा सधै प्रश्न उठिरहन्छ। हामी सँधै एनआरएन कोरियाले केही पनि गरेन भन्ने अनि भोट गर्ने बेलामा पुरानै प्रवृत्तिले निरन्तरता पाउने कुरालाई महत्व दिनाले नयाँ नेतृत्वको उदय हुन सम्भव छैन । 

जात–जाति, धर्म, र लिङ्गका आधारमा, अनि वर्ण र पेसाका आधारमा गरिने भेदभावले समाजमा एक असल नेतृत्वको ठाउँमा आफ्नो अनुकूलता मात्र हेर्ने अनि आफ्नो स्वार्थका निमित्त अर्कोलाई भर्याङ बनाएर माथि चढ्ने र अरूलाई पछारेर भए पनि पुनः आफ्नो स्वार्थमा मात्र केन्द्रित रहने व्यक्तिहरुले डेरा जमाइरहनेछन्। म आफ्नो कर्मथलो दक्षिण कोरियाबाट स्वदेश फर्किएको एक दशक बढी भइसक्यो। तर कोरिया बसाइको क्रममा श्रमका साथसाथै पत्रकारिता र सामाजिक क्षेत्रमा समेत सक्रिय थिएँ। “हेलो नेपाल कोरिया डटकम” को सँस्थापक प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ कोरियाको अध्यक्ष समेत रहेर विभिन्न कोणबाट नेपाली समाजमा सक्रिय थिएँ। सन् २०११ मा इपिएसमार्फत म कार्यरत कम्पनीमा रोजगारीको सिलसिलामा सरोज कुमार खड्का आइपुगे।

हामी केहीवर्ष सँगै काम गर्यौं। कोरियामा व्यस्तताका बाबजुद पनि आफ्नो बचेको समय सामाजिक कार्य र पत्रकारितामा खर्चिन थाले। हामीले सामाजिक र पत्रकारिता क्षेत्रमा धेरै कामहरू सँगै गर्यौं। तिनै व्यक्ति सरोज खड्का आज एनआरएन कोरियाको उपाध्यक्ष पदका उम्मेदवार हुन्। मिहिनेती र मिजासिला उम्मेदवार सरोजले इपिएसमार्फत दैनिक १२ देखि १६ घण्टा काम गर्दै र पत्रकारितामा पनि सक्रियता देखाउँदै “हेल्लोनेपालकोरियाडटकम ” मा सम्पादक सम्मको भुमिका निभाइसकेका छन्। 

उनी E9 भिषामा करिब ४ वर्ष काम गरेर नेपाल फर्किएपछि पुनः अध्ययनका लागि कोरिया पुगेका थिए । उनले कोरियाको प्रतिष्ठित विश्वविद्यालयबाट कोरिया एण्ड एसिया बिजनेस स्टडिजमा एमबिए अध्ययन पुरा गरे भने एमबिए अध्ययन पश्चात उनी करिब ५ वर्ष रेमिट्यान्स कम्पनीमा नेपाल प्रमुखको भुमिकामा थिए । हाल उनी नेपालबाट स्थानीय कृषकहरुले उत्पादन गरेको छुर्पी लगायतका विभिन्न सामग्री कोरियामा निर्यात गर्दै जेबी बैंकमा लोन कन्सल्टेन्टको काम पनि गरिरहेका छन् । कोरियामा इपिएस कामदार देखि विद्यार्थी हुँदै व्यवसायी सम्मको यात्रा तय गरेका उपाध्यक्ष पदका उम्मेदवार सरोज कुमार खड्का सो पदका लागि एकदमै उपयुक्त र अब्बल उम्मेदवार हुन । उनलाई विजयी गराइदिनुहुन दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×