१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए ।...
११ फाल्गुन २०७९, बिहीबार ०९:४२११ फाल्गुन २०७९, बिहीबार ०९:४२११ फाल्गुन २०७९, बिहीबार ०९:४२ by विशाल श्रेष्ठNo Comments
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ।
बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।”
...
८ फाल्गुन २०७९, सोमबार १४:१५८ फाल्गुन २०७९, सोमबार १४:१५८ फाल्गुन २०७९, सोमबार १४:१५ by विशाल श्रेष्ठNo Comments
"भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको चौथो अधिवेशन आउने मार्च १२ तारिक हुने भएको छ।
शाखाको गत फेब्रुअरी १२ तारिकमा भएको भर्चुअल अनलाईन बैठक बाट आउदो मार्च १२ तारिक आईतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा चौथो अधिवेशन हुने निर्णय गरिएको आयोजकले जनाएको छ।खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले विगत चार वर्ष अगाडि देखि विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। हाल सम्म पाँच सय भन्दा बढि दिदि बहिनि हरुले "नाना आङा धिम" बाट सेवा सुविधा लिईसक्नुभएको संस्थाका अध्यक्ष धनराज तामाङ ज्यूले जानकारी गराउनु भयो।
तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको अध्यक्...
८ फाल्गुन २०७९, सोमबार १०:५१८ फाल्गुन २०७९, सोमबार १०:५१८ फाल्गुन २०७९, सोमबार १०:५१ by विशाल श्रेष्ठNo Comments
८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ ।
माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता चलिरहेको हो ।
उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।...
७ फाल्गुन २०७९, आईतवार ११:४३७ फाल्गुन २०७९, आईतवार ११:४३७ फाल्गुन २०७९, आईतवार ११:४३ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापित "न्यु भिजन ग्रुप दक्षिण कोरिया" इलाममा रहेको विद्यालय मा शैक्षिक सामाग्री वितरण गरेको छ ।
ग्रुपले गत छुसकमा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप पहिलो चरणको सहयोग कार्यक्रम इलाम जिल्ला सुनपा १ सानोवांगिन स्थित भगवति आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो । फाल्गुन ७ गते आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर एक विशेष कार्यक्रम द्वारा उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला,जमेट्री बक्स, पेन्सिल सेट, कापी, रंगपेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुनपा १ का वडा सदस्य रोशन बुढाथोकी रहनुभएको थियो भने संस्थाको तर्फब...
७ फाल्गुन २०७९, आईतवार ११:१७७ फाल्गुन २०७९, आईतवार ११:१७७ फाल्गुन २०७९, आईतवार ११:१७ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । उनले एक मिडिया सग कुरा गर्दै आफू एमालेबाट अलग भएको बताए ।
प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएका हुन् ।
प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।
एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । अहिले उनी पूर्वराजासँग नजिकिएका छन्
...
७ फाल्गुन २०७९, आईतवार ०५:१६७ फाल्गुन २०७९, आईतवार ०५:१६७ फाल्गुन २०७९, आईतवार ०५:१६ by विशाल श्रेष्ठNo Comments
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री
७ फागुन, काठमाडौं। प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ।
आइतबार बिहान टुंडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। सम्वोधनमा प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताउनुभयो।
प्रधानमन्त्रीले गर्नुभएको सम्वोधनको पूर्णपाठ:-
फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो। आजभन्दा ठीक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहाँनियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक ...
७ फाल्गुन २०७९, आईतवार ०४:५३७ फाल्गुन २०७९, आईतवार ०४:५३७ फाल्गुन २०७९, आईतवार ०४:५३ by विशाल श्रेष्ठNo Comments
७ फागुन, पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने बताएका छन् ।
राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नु पर्ने बताए ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले शक्तिकेन्द्र खेलिरहेको अवस्था छ । राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौं भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ ।’
जुनसुकै दलले प्रस्ताव गरे पनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने आफूहरुको अडान रहेको उनले बताए ।
उनले माओवादीले कुनै पात्र नभई अहिले वैचारिक र नीतिगत कुरा उठाएको ...
७ फाल्गुन २०७९, आईतवार ०२:३५७ फाल्गुन २०७९, आईतवार ०२:३५७ फाल्गुन २०७९, आईतवार ०२:३५ by विशाल श्रेष्ठNo Comments
फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् ।
प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’
पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उनको निष्कर्ष छ ।
राज्य सत्ताको बागडोर ज-जसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उनको भनाइ छ ।
ब...
७ फाल्गुन २०७९, आईतवार ००:५७७ फाल्गुन २०७९, आईतवार ००:५७७ फाल्गुन २०७९, आईतवार ००:५७ by विशाल श्रेष्ठNo Comments
हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापन्जा ४ प्रदर्शन गर्ने भएको छ ।
दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आवद्व राप्तीबासी तथा नेपालीहरू बिच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृध्दि गर्दै कोरियामा नेपालीहरू बीच भैपरी आउने समस्याहरू छिटोछरितो र सरल तरिकाले समाधान गर्ने मुख्य उद्देश्यका साथ राप्ती_अक्षयकोष_निर्माणका लागि यहि आउँदो मार्च १२ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ प्रदर्शन दोङदेमुन नजिक जोङ्गाक स्टेशनमा रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।
पहिलो शो को लागि अग्रिम टिकेट मार्च ०५ तारिख राति ९:०० बजे ...