दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको प्रमुख खुद्रा व्यापारिक कम्पनी होमप्लसले आर्थिक संकट चुलिएपछि देशभर रहेका आफ्ना ६७ वटै हाइपरमार्केटको सञ्चालन आज (नोभेम्बर २७, शुक्रबार) देखि अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले सामान खरिद गर्न आवश्यक रकम अभाव भएको जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै हाइपरमार्केट बन्द गर्ने निर्णय गरेको हो।
कम्पनीले नोभेम्बर २५ मा कर्मचारीहरूलाई आन्तरिक सूचना जारी गर्दै लामो समयदेखि सामान आपूर्तिमा देखिएको समस्याका कारण बिक्री घट्दै गएको र दैनिक सञ्चालनका लागि आवश्यक वस्तु खरिद गर्नसमेत रकम अभाव भएको जनाएको थियो। कम्पनीका अनुसार मर्जर तथा एक्विजिसन (M&A) प्रक्रिया पूरा नभएसम्म सुपरमार्केटको सञ्चालन स्थगित रहनेछ।
यसअघि नै सामान आपूर्तिमा समस्या देखिएपछि कम्पनीले नोभेम्बर २६ बिहीबारदेखि अनलाइन डेलिभरी सेवा पनि बन्द गरिसकेको छ। डेलिभरी हुन बाँकी रहेका अर्डरहरू स्वतः रद्द गरी ग्र...









