बाला थुलुङ राइ:कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम 'माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) यहि अक्टोबर २०, २१ र २२ तारिख हुने भएको छ।
ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन् । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती पस्कने छन् । यो पटक माम्फका लागि नेपालबाट युवा गायक छेवाङ लामा आउने भएका छन्।
शुक्रबारदेखि आइतबार तीनदिनसम्म छाङ्वनको यङ्जी पार्कमा हुने उक्त फेस्टिबलमा हरेक मुलुकको विभिन्न प्रस्तुतीसहित बहुसांस्...
१८ आश्विन २०८०, बिहीबार १५:१५१८ आश्विन २०८०, बिहीबार १५:१५१८ आश्विन २०८०, बिहीबार १५:१५ by विशाल श्रेष्ठNo Comments
अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने
नेपाल र कोरियाको कूटनीतिक सम्बन्धको ५०औं बर्षगांठको अबसरमा आगामी नेपाल र कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव (Cultural exchange event) यही अक्टोबर २८ सौल को Geumcheong-gu Office मा GEUMCHEON CULTURE), कोरिया स्थित नेपाली राजदुतावास, 지구촌다문화연맹 Global Multicultural फेदेरतिओन तथा Jongno Cultural Center Gugak Team, नेपाली विद्यार्थी समाज (SONSIK), र Yeongji Hanbok को सयुक्त आयोजना मा हुने भएको छ ।
सन १९७४ मे १५ देखि शुरुवात भएको नेपाल र दक्षिण कोरिया बीचको कूटनीतिक सम्बन्धले लगभग आधा शताब्दि अवसरमा कोरियाका र नेपालका स्थानीय कलाकारहरुले आ-आफ्नो देशको प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउनका लागि उक्त कार्यक्रमले ठुलो भूमिका खेल्नुका साथै आगा...
१८ आश्विन २०८०, बिहीबार ०५:४६१८ आश्विन २०८०, बिहीबार ०५:४६१८ आश्विन २०८०, बिहीबार ०५:४६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया : एसियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल-२०२३ बुधबारदेखि दक्षिण कोरियामा सुरु भएको छ । फिल्म ‘बिकज आई हेट कोरिया’ ओपनिङसँगै फेस्टिभल सुरु भएको हो ।
नौ दिनसम्म चल्ने फेस्टिभलमा चर्चित एसियाली फिल्म स्क्रिनिङ हुँदैछन् । यस वर्षको संस्करणमा दुई नेपाली फिचर फिल्म ‘गाउँ आएको बाटो’ र ‘गुराँस’को एसिया प्रिमियर हुँदैछ । नीरञ्जन भेट्वाल निर्देशित छोटो फिल्म ‘साक्षी रुख’ पनि प्रिमियर हुँदैछ ।
फेस्टिभलको औपचारिक सुरुवात हुनुअघि रेडकार्पेटमा फिल्ममेकर र सेलिब्रिटी सहभागी रहे । नेपालबाट बुसान पुगेको फिल्म ‘गाउँ आएको बाटो’का निर्माता, निर्देशक र कलाकारले पनि रेडकार्पेट नापे । निर्देशक नवीन सुब्बा, निर्माता आमोद राई, अभिनेत्री पशुपति राई, कार्यकारी निर्माता मिन्सो लिम्बू रेडकार्पेटमा प्रस्तुत भए ।
प्रिमियरमा सहभागी हुन ‘गुराँस’का निर्माता रामकृष्ण पोखरेल र निर्देशक...
१७ आश्विन २०८०, बुधबार १४:३६१७ आश्विन २०८०, बुधबार १४:३६१७ आश्विन २०८०, बुधबार १४:३६ by विशाल श्रेष्ठNo Comments
"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाको कोरियन पर्व छुसकको अवसरमा सेप्टेम्बर ३० तारिख जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजित "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न भएको छ ।
नेपाली राजादुतवास, एनाअरएनए, एनसिसि, विभिन्न राजनीतिक दलका भातृ संगठन का अध्यक्ष, जातिय, क्षेत्रीय संस्था का पदाधिकारीहरु,पत्रकार महासंघ,फोनिज कोरिया, लगायत कोरियामा रहेका बिभिन्न संघसस्था का अध्यक्ष तथा प्रतिनिधिहरुको र केहि दर्शकको उपस्थितिमा २ बजे वाट पुर्वान्चल सरोकार का महासचिब केदार निरौलाले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए। स्थानिय कलकारहरुको सुरुवाती प्रस्तुती बाट सुरु भएको कार्यक्रम एकदेव लिम्बुको अन्तिम प्रस्तुति संगै कलाकार सम्मान गरेर कार्यक्रम बेलुकी ९:३० बजे सम्म चलेको थियो । लग...
१७ आश्विन २०८०, बुधबार ११:४४१७ आश्विन २०८०, बुधबार ११:४४१७ आश्विन २०८०, बुधबार ११:४४ by विशाल श्रेष्ठNo Comments
सउल, ख्यङ्गीदो र इन्छनको रेलको भाडादर १५० वनले वृद्धी हुनेछ भने बसको भाडा गतमहिना नै ३०० वनले वृद्धी भैसकेको छ । उता बुसान क्षत्रको बस र रेल दुबैको भाडादर वृद्धी हुनेछ ।
शहरी क्षत्रमा चल्ने सिटी बसको भाडा ३५० वनले बढ्नेछ भने रेलको १५० वन वृद्धी हुनेछ । अहिले सउल, इन्छन् र ख्यङ्गीदोमा कार्डबाट तिर्दा न्युनतम भाडा १२५० वन छ भने नगद तिर्दा १३५० वन रहेको छ । अब यसमा वृद्धी भएर १४०० र १५०० हुनेछ ।
राजधानी क्षत्रममा किशोर किशोरी र बालबालिकाको भाडा पनि सन् २००७ पछि पहिलो पटक बढ्नेछ । किशोरकिशोरीका लागि भाडा ७२० वोनबाट बढेर ८०० वोन हुनेछ, भने बालबालिकाको भाडा ४५० वोनबाट बढेर ५०० वोन हुनेछ।
बुसानमा भने बस वा सबवेका लागि किशोरकिशोरीहरूको भाडा वृद्धि नहुने बुसान महानगरपालीकाले जनाएको छ । यो न्युनतम भाडा १० किलोमिटर मित्रको यात्रामा लिइने रकम हो । १० किलोमिटर भन्दा ज्यादा यात्रा गर्दा प्रति...
१७ आश्विन २०८०, बुधबार ११:३११७ आश्विन २०८०, बुधबार ११:३११७ आश्विन २०८०, बुधबार ११:३१ by विशाल श्रेष्ठNo Comments
अनेसास कोरियाद्वारा बृहत् साहित्य मेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न
विशाल आवाज:मेसिनको शहर दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तार गर्ने उदेश्यका साथ अनवरत रुपमा सकृय नेपाली साहित्यप्रेमीहरुको समुह अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन महान चाड छुसकको अवसरमा बृहत् साहित्यमेला तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ।
छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गरिएको उक्त कार्यक्रममा नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुका उत्कृष्ट रचनाहरु वाचन हुनुका साथै कोरियामा रहेर नेपाली कवितामा कलम चलाइरहनु भएका नेपाली कविहरुका कविता संग्रहित संयुक्त कविता संग्रह 'कोरियामा नेपाली कवि र कविता' को लोकार्पण पन...
१५ आश्विन २०८०, सोमबार १३:२२१५ आश्विन २०८०, सोमबार १३:२२१५ आश्विन २०८०, सोमबार १३:२२ by विशाल श्रेष्ठNo Comments
छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन
छन्त्याल परिवार दक्षिण कोरियाको अाइतबार अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको छ ।
कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवारमा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्षमा अध्यक्ष तिलक छन्त्यालले आफूमा छन्त्याल परिवारलाइ अझ मजवुद ढंगले अगाडी बढाउनलाई चुनौति र अवसर सँगै रहेको बताए कोरियामा रहेका सबै छन्त्यालका साथ ...
९ आश्विन २०८०, मंगलवार १५:०५९ आश्विन २०८०, मंगलवार १५:०५९ आश्विन २०८०, मंगलवार १५:०५ by विशाल श्रेष्ठNo Comments
कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन
संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको कोरियामा स्थापित सेप्टेम्बर २८ तारिख दोङ्देमुन स्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा हुन लागिरहेको कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ।
दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध कास्केली तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको कास्की परिवारको सातौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको आयोजकले जानकारी दिएको छ। डा. प्रदिप अधिकारीको संयोजकत्वमा प्रविण गिरी र खोम प्रसाद गुरुङ सदस्य रहे...
९ आश्विन २०८०, मंगलवार ११:१९९ आश्विन २०८०, मंगलवार ११:१९९ आश्विन २०८०, मंगलवार ११:१९ by विशाल श्रेष्ठNo Comments
२०२४ मा खन्गाङ फोहमको रकम वृद्धी नहुने
आगामी बर्ष अर्थात सन् २०२४ का लागी कोरियाको स्वास्थ्यबिमाको रकम बृद्धी नहुने भएको छ । कोरियन नागरिक तथा ६ महिनाभन्दा बढी समय कोरियामा बस्ने विदेशीले समेत अनिवार्य दर्ता गर्नुपर्ने खन्गाङफोहम अर्थात स्वास्थ्य बिमाको रकम यसअघि लगातार ७ बर्षसम्म बढीरहेको थियो ।
कोरियाको स्वास्थ्य मन्त्रालयमा आज बसेको स्वास्थ्य विमा नितीको समिक्षा बैठकले बिमा रकम यथावत राख्ने निर्णय गरेको हो । आर्थिक अवस्था, मुद्रास्फिर्तीको अवस्था, बढ्दो ब्याजदर लगायत अन्य पक्षलाइ ध्यानमा राखेर बिमा रकम यथावत राख्ने निर्णय गरेको जनाइएको छ ।
हाल न्युनतम मासिक ज्यालाको ७.०९ प्रतिशत अर्थात १ लाख ४६ हजार ७१२ वन औसत मासिक प्रिमियम तिर्नुपर्दछ ।
कोरियाको राष्ट्रिय स्वास्थ्य परिषदले सामान्यतया जुन र अगस्चको बिचमा आगामी बर्षको स्वास्थ्यबिमाको प्रिमियम दर निर्धारण गर्दछ । तर यस...
८ आश्विन २०८०, सोमबार १४:३५८ आश्विन २०८०, सोमबार १४:३५८ आश्विन २०८०, सोमबार १४:३५ by विशाल श्रेष्ठNo Comments
अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले छुसकमा स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने
विशाल आवाज:अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले नमस्ते रेस्टुरेन्ट , दोङम्योआफमा सेप्टेम्बर ३० तारिख ११ बजे आउदै गरेको कोरियन पर्व छुसकलाई लक्षित गर्दै नवआगन्तुक स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।
"प्रवासी भूमिमा एकता, सबै जिल्लावासी हरुको प्रतिवद्धता" भन्ने मुल नारा लिएर विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँची बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर सन् २०१० मा यो सस्था स्थापना भएको हो।संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रको...