Advertisement
Advertisement

कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने

Advertisement
Advertisement

बाला थुलुङ राइ:कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) यहि अक्टोबर २०, २१ र २२ तारिख हुने भएको छ।

ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन् । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती पस्कने छन् । यो पटक माम्फका लागि नेपालबाट युवा गायक छेवाङ लामा आउने भएका छन्।

शुक्रबारदेखि आइतबार तीनदिनसम्म छाङ्वनको यङ्जी पार्कमा हुने उक्त फेस्टिबलमा हरेक मुलुकको विभिन्न प्रस्तुतीसहित बहुसांस्कृतिक विविधता परेड, एशियाली संगीत कन्सर्ट, ग्लोबल माइग्रेन्ट डान्सका साथै विभिन्न मुलुकलाई चिनाउने कला कला प्रदर्शनी र विविध सामग्रीसहितको स्टलहरु राखिने आयोजकले जनाएको छ।

 ५० हजारभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहनुका साथैख्यङ्नाम MBC टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फमा नेपालले पनि अन्य मुलुकहरु सँगै उत्साहजनक र उपलब्धिमूलक सहभागिता जनाउदै आएको छ । “विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हामी प्रवासी नेपालीहरु एकवद्ध भएर हाम्रो देश नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति, भेषभूषा, संस्कार र परम्परालाई चिनाउने प्रयास गरिरहेका छौं”, ख्याङनाम नेपाली समाजका अध्यक्ष धनबहादुर मगर भन्छन्।

त्यसैगरी समाजका महासचिव रमेश अधिकारी विशेषगरी ख्यङ्साङ्नाम्दो क्षेत्रमा छरिएर रहेका सम्पूर्ण नेपालीहरु एकवद्ध भएर माम्फ कार्यक्रमलाई सफल पार्न आग्रह गर्दै अगाडि भन्छन्, “माम्फको अन्तिम दिन आइतबार हुने मुख्य कार्यक्रम ‘धामुन्ह्वा परेड’मा आफ्नो देशको कला र संस्कृति झल्कने र्याली, झाँकी, नृत्य जस्ता विभिन्न कलाको माध्यम मार्फत् नेपाललाई प्रस्तुत गरिने भएको हुँदा आफ्नो राष्ट्रको प्रचार प्रसार र प्रवद्र्धनका लागि हामी सबै एकजुट भएर लागौं।

प्रवासीहरुका लागि गरिने कोरियाकै सबैभन्दा ठुलो महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतसहित उच्च निकायका व्यक्तित्वहरुको समेत उपस्थिति रहने माम्फको मुख्य आकर्षण ‘धामुन्ह्वा परेड’मा यो वर्ष ‘कलश जात्रा’का साथै शक्तिको प्रतिक नवदुर्गा भवानी, नेपालको सान र पहिचान सगरमाथा र भगवान गौतम बुद्धका प्रतिमासँगै नेपाली परम्परागत विवाहमा अनिवार्य बजाइने मौलिक बाजा ‘पञ्चेबाजा’को धुनसँगै धामुन्ह्वा परेडलाई आकर्षक रुपमा प्रस्तुत गरिने आयोजक नेपाली समूहका योगिता गौतम बताउँछिन्। उनका अनुसार आइतबार दिनको ११ बजेदेखि ३ बजेसम्म ख्याङनाम नेपाली समाजले नेपालीहरुको महान चाड दशैं पर्वको आयोजना गर्ने भएको छ। “यो पटक दशैं मनाउनुको कारण माम्फको दुई दिन पछि दशैं पर्ने रहेछ । त्यसैले प्रवासमा रहेका हामी नेपालीहरुबिच एकता, सदभाव र प्रेम दर्शाउदै दशैं मनाउन लागिएको हो।“ दशैं कार्यक्रमसँगै विभिन्न गीतसंगीत, नृत्य, कविता वाचन तथा हाँस्यव्यंग्य, क्यारीकेचर जस्ता मनोरञ्जनात्मक कार्यक्रम गरिने ख्याङनाम नेपाली समाजले जनाएको छ ।

लेखक बाला थुलुङ राइ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ दक्षिण कोरियाको सल्लाहकार तथा फोनिज कोरियाको प्रधान सम्पादक हुनुहुन्छ  पत्रकारितामा स्नातक गर्नुभएकि राई सग नेपालमा हुँदा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा एक दशक पत्रकारिता गरेको अनुभव छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×