केशव मान लामा/विशाल आवाज:नेपाल तामाङ घेदुङ दक्षिण कोरिया द्वारा सञ्चालित कार्यक्रम "गोतोजी छोर्तोजी" अर्थात् "बुझौँ र जागौँ" को तेश्रो शृङ्खलामा भाषाविद तथा भाषा आयोगको माननीय सदस्य अमृत योञ्जन तामाङ आउने भएको छ। अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको कार्यक्रम यस पटक नोभेम्बर २५ तारिखको दिन परेको छ। अनलाईन माध्यमबाट सञ्चालन गर्दै आएको यस कार्यक्रमलाई विश्वभर छरिएर रहेका तामाङ तथा अन्य समुदायको दर्शक श्रोताहरू बाट सकारात्मक प्रतिक्रियाहरू आइरहको छ।
तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ तथा अन्य समुदायको व्यक्ति हरूलाई बुझ्न र बुझाउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रममा यस पटक भाषा सम्बन्धी अन्तरक्रिया हुने भएको हो। तामाङहरुले बोल्दै आएको भाषा विभिन्न क्षेत्र अनुसार फरक फरक रहदै आएको छ। बागमती प्रदेशको संसदले तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाउ...
१ मंसिर २०८०, शुक्रबार १२:०४१ मंसिर २०८०, शुक्रबार १२:०४१ मंसिर २०८०, शुक्रबार १२:०४ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको नया बर्ष( सलनाल) को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने नेपाली सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने मिती तय गरेको छ।
सन् 1993 मा स्थापना भई गौरबमय ईतिहास बोकेको नेपाली सम्पर्क समिती(NCC) लाई कोरिया स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा मानिदै आएको छ। बिगतमा निकै राम्रो काम गरेको NCC ले सबै संघसंस्था को सहकार्य मा भगवान गौतम बुद्धको प्रतिमा समेत कोरिया स्थापना गरेको छ ।कोभिड तथा बिबिध कारणबस अलि सुस्ताएको NCC अहिले फेरि १८ औ कार्यसमिति निकै सकृयताका साथ लागि पर्नुका साथै अन्योलमा परेका संघसंस्था हरुले पनि NCC प्रति पुन आशा पलाएको बताउने गरेका छन ।
पहिले भन्दा फरक ढङ्गले विभिन्न बिभाग हरु गठन गरि संस्थालाई सेवामुलक संस्थाको रुपमा परिचित गराउदै ,भाषा समस्या ,स्वास्थ्य समस्या ,सास्कृतिक बिभाग लगायत...
१ मंसिर २०८०, शुक्रबार ११:३७१ मंसिर २०८०, शुक्रबार ११:३७१ मंसिर २०८०, शुक्रबार ११:३७ by विशाल श्रेष्ठNo Comments
कमला केसी /बिशाल आवाज :गण्डकी प्रदेश समाज दक्षिण कोरियाले, पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका संघीय संसद साथै नेकपा एमालेका प्रमुख सचेतक माननीय पदम गिरी, नेपाली काग्रेशको केन्द्रिय सदस्य संघीय सासंद प्रदिप पौडेल र नेकपा माओवादीका केन्द्रिय सदस्य एबं पुर्व खानेपानी आपूर्ति मन्त्री तथा पूर्व संघीय संसद बिना मगरको प्रत्यक्ष उपस्थितिमा नोभेम्बर १८ तारिक शनिबार बेलुकी ८ बजे नेपाली थाई रेष्टुरेन्टको सभाकक्षमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
नेपाल-कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा "नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि दक्षिण कोरिया आएका मौका पारेर कार्यक्रम गर्न लागिएको हो । यही अवसरमा
"उद्यमशीलता , आत्मनिर्भरता र प्राबिधिक सिप आजको आवश्यकता !नीतिनिर्माण र कार्यान्वयनमा युवा नेतृत्वको भुमिका!! " बिषयमा कोरिया स्थि...
१ मंसिर २०८०, शुक्रबार १०:०५१ मंसिर २०८०, शुक्रबार १०:०५१ मंसिर २०८०, शुक्रबार १०:०५ by विशाल श्रेष्ठNo Comments
रासस जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।
कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।
त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्या...
३० कार्तिक २०८०, बिहीबार ०५:३७३० कार्तिक २०८०, बिहीबार ०५:३७३० कार्तिक २०८०, बिहीबार ०५:३७ by विशाल श्रेष्ठNo Comments
प्रवेश परिक्षाको लागि हवाई उडान नै बन्द गर्दै कोरिया।
आज कोरियामा देशभर राष्ट्रिय विश्वविध्यालहरूमा प्रवेशको लागी Entrance Exam हुदैॅ छ।
परिक्षामा देशभरका ५ लाख बन्दा बढी बिध्यार्थीहरू सामेल हुॅदैछन्।यो परिक्षाबाट आफ्नो रूचि अनुसार देशको टप युनिभर्सिटीहरूमा उच्च शिक्षा हासिल गर्न सकिने र आफ्नो करिअरको समेत एक महत्वपुर्ण परिक्षा भएकोले देशब्यापी रूपमा निकै महत्वका साथ हेर्ने गरिन्छ।
प्रवेश परिक्षाको लागि देशको सरकारी संयन्त्र समेत निकै संवेदशिल भएको देखिन्छ।
जसको लागी परिक्षामा कुनै डिस्टब नहोस् भनेर सबै हवाई उडान,अवतरण बन्द गरिएको छ।आकस्मिक उडान समेत ३ कि.मि भन्दा माथिको Altitude मा हुनुपर्ने भनेको छ।
पब्लिक ट्रेन,बसहरू नियमित भन्दा १ घन्टा अघिदेखि नै सुचारू गरिएको छ।
सरकारी कार्यालयहरू शुरू हुने समय १ घन्टा पछाडी सारिएको छ।
कोभिड १९ संक्रमित वा लक्षण देखिएकाहरूको छु...
२८ कार्तिक २०८०, मंगलवार १३:११२८ कार्तिक २०८०, मंगलवार १३:११२८ कार्तिक २०८०, मंगलवार १३:११ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: मंन्जुश्री संवत् २८६० मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार सलनालको पहिलो दिनमा विविध सास्कृतिक तथा सांगितिक कार्यक्रम गर्ने भएको छ।
तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई गरेर डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो ।
“तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ऎति...
२६ कार्तिक २०८०, आईतवार १०:५५२६ कार्तिक २०८०, आईतवार १०:५५२६ कार्तिक २०८०, आईतवार १०:५५ by विशाल श्रेष्ठNo Comments
कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न
कास्की परिवार दक्षिण कोरियाले नेपाली कला संस्कृति रीतरिवाज तथा मनोरञ्जन गर्ने उद्देश्यका साथ आयोजना गरेको देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सु-संपन्न गरेको छ ।
उक्त कार्यक्रम दोङदेमुन् स्थित छाहरि रेस्टुरेन्टमा संस्थाका अध्यक्ष श्री सन्तोष पौडेल ज्यूको अध्यक्षता औपचारिक कार्यक्रमको रूपमा सुरु गरिएको थियो भने प्रमुख अतिथिको रुपमा संस्थाका संरक्षक सदस्य तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष श्री प्रविण गिरी ज्यू हुनुहु्थ्यो। त्यसैगरी विशेष अतिथिको रूपमा यसै संस्थाका संरक्षक प्रमुख श्री खोम प्रसाद गुरुङ ज्यू, nrna दक्षिण कोरियाका अध्यक्ष एंवम यसै संस्थाका संरक्षक सदस्य श्री बुद्धि गुरुङ ज्यू, Ncc का अध्यक्ष श्री हरि खनाल ज्यू,कास्की परिवार दक्षिण कोरियाकी प्रथम महिला अध्यक्ष एंवम वरिष्ठ सल्लाहकार श्र...
२४ कार्तिक २०८०, शुक्रबार १३:२२२४ कार्तिक २०८०, शुक्रबार १३:२२२४ कार्तिक २०८०, शुक्रबार १३:२२ by विशाल श्रेष्ठNo Comments
तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्यो कोरियामा एक जनाको हत्या
दक्षिण कोरियामा रोबोटले एक जना व्यक्तिको हत्या गरेको छ । खाने कुराका बाकस सम्बन्धी काम गर्ने रोबोटले ती व्यक्तिलाई छुट्याउन नसकेर हिर्काउँदा मृत्यु हुन पुगेको रिपोर्टमा उल्लेख छ ।
एक रोबोटिक कम्पनीका ४० वर्षीय कर्मचारीले रोबोट परीक्षण गर्ने क्रममा उक्त घटना घट्न पुगेको हो । रोबोटिक अङ्गले झुक्किएर ती व्यक्तिलाई तरकारीका बाकस ठानेपछि समातेर कन्भेयर बेल्टमाथि धकेलेको र उनको अनुहार र छाती ठोक्किन पुगेको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ ।
घटना लगत्तै अस्पताल लगिए पनि केही बेरपछि उनको मृत्यु भएको थियो । योन्ह्यापका अनुसार उक्त रोबोट खुर्सानीका बाकसहरूलाई उठाउने र प्यालेटमाथि राख्ने काममा लगाइएको थियो ।
ती व्यक्ति ८ नोभेम्बरका दिन कोरियाको ग्योङ्गसाङ्ग प्रान्त स्थित खुर्सानी केलाउने प्लान्टमा रोबोट...
२४ कार्तिक २०८०, शुक्रबार १२:४९२४ कार्तिक २०८०, शुक्रबार १२:४९२४ कार्तिक २०८०, शुक्रबार १२:४९ by विशाल श्रेष्ठNo Comments
अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा
विशाल आवाज:"शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद" मुल नारा लिएर कोरिया स्थित तमू धीं को आयोजनामा नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा हुन गइरहेको “Billiards Snooker Tournament” को अन्तिम तयारी पुरा भएको छ।
नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको प्रतियोगिता पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सर्वाधिक स्कोर गर्ने एक खेलाडीलाई २ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण प...
२४ कार्तिक २०८०, शुक्रबार ११:५८२४ कार्तिक २०८०, शुक्रबार ११:५८२४ कार्तिक २०८०, शुक्रबार ११:५८ by विशाल श्रेष्ठNo Comments
चर्चित कोरियन पप गायिकाको निधन
दक्षिण कोरिया। कोरियन पपकी चर्चित गायिका र गीतकार नहिको मृत्यु भएको छ । २४ वर्षको उमेरमा ८ नोभेम्बरमा उनको निधन भएको हो । नहिको अन्तिम संस्कार आज ग्यांगगी प्रान्तको प्यांगटेकमा गरिँदैछ । उनको मृत्युको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।
नहिको एजेन्सी र परिवार कसैले पनि मृत्युको कारणबारे केही पनि बताएको छैन । नहिले इन्ष्टाग्राममा गरेको अन्तिम पोष्टमा अहिले कमेन्टको बाढी आएको छ । उनलाई श्रद्धाञ्जली दिनेको ओइरो लागिरहेको छ । मृत्यु हुनु भन्दा एक दिन अघि शेयर गरिएको यो पोष्ट अहिले भाइरल भएको छ । अन्तिम पोष्टमा गायिकाले आफ्नो मनमोहक सेल्फीसहित कयौं फोटो शेयर गरेकी थिइन् ।
पोष्टमा नहिको घरपालुवा कुकुरको पनि कयौं फोटा थिए । नहिले सन् २०१९ मा ब्लु सिटीको साथमा इन्डी गायिका, गीतकारको रुपमा आफ्नो करियर शुरु गरेकी थिइन् । उनको ब्लु नाइट र ग्लुमी डेज गित निकै चर...