ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला
ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला
गोबिन्द बानियाँ/कोरिया अपडेट:कोरियाको सबैभन्दा प्रतिष्ठित छात्रवृत्ती ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुला भएको छ । कोरियन सरकार र अन्तराष्ट्रिय शिक्षाका लागी राष्ट्रिय संस्थान NIIED ले संयुक्त रुपमा यो कार्यक्रम संचालन गर्छन् । यस छात्रवृत्तिको मुख्य उद्धेश्य अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाइ कोरियामा निशुल्क रुपमा उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्नु हो । यसका साथै कोरिया र छात्रवृत्ती प्राप्त गर्ने NIIED सम्मिलित मुलुकको आपसी सम्बन्ध बलियो बनाउनु पनि हो ।
५-७ बर्ष सम्मको स्नातक डीग्री र ३-४ बर्ष सम्मको एसोसियट डिग्री गरी दुइ किसिमका विद्यार्थीले यो छात्रवृत्ती पाउँछन् । भने दुवै डिग्रीका लागी १ बर्ष अनिवार्य कोरियन भाषा पढ्नुपर्द्छ । जसका लागी पनि छात्रवृत्ती प्राप्त हुने गर...









