ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला
गोबिन्द बानियाँ/कोरिया अपडेट:कोरियाको सबैभन्दा प्रतिष्ठित छात्रवृत्ती ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुला भएको छ । कोरियन सरकार र अन्तराष्ट्रिय शिक्षाका लागी राष्ट्रिय संस्थान NIIED ले संयुक्त रुपमा यो कार्यक्रम संचालन गर्छन् । यस छात्रवृत्तिको मुख्य उद्धेश्य अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाइ कोरियामा निशुल्क रुपमा उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्नु हो । यसका साथै कोरिया र छात्रवृत्ती प्राप्त गर्ने NIIED सम्मिलित मुलुकको आपसी सम्बन्ध बलियो बनाउनु पनि हो ।
५-७ बर्ष सम्मको स्नातक डीग्री र ३-४ बर्ष सम्मको एसोसियट डिग्री गरी दुइ किसिमका विद्यार्थीले यो छात्रवृत्ती पाउँछन् । भने दुवै डिग्रीका लागी १ बर्ष अनिवार्य कोरियन भाषा पढ्नुपर्द्छ । जसका लागी पनि छात्रवृत्ती प्राप्त हुने गर्दछ ।
यो छात्रवृत्तिमा छनोट हुने विद्यार्थीले कोरिया आउने हवाइ भाडा, ट्युसन शुल्क, स्वास्थ्य विमा लगायतका सुविधा निशुल्क प्राप्त गर्छन् भने प्रतिमहिना करिब ९० हजार नेपाली रुपैयाँ प्राप्त गर्छन् । विश्वभरीका २६२ जनाका लागी आवेदन खुला गरिएको यो छात्रवृत्तीमा दुतावासबाट आवेदन दिन सकिने एम्बेसी ट्राक र विश्वविद्यालयमा सिधै आवेदन दिन सकिने युनिभर्सिटी ट्राक गरी छुट्टाइएको छ । दुतावासको माध्ययमबाट प्राप्त हुने छात्रवृत्तीमा ८६ जना मध्य नेपालको भागमा जम्मा १ जना छनोट हुनेछन् भने विश्वविद्यालय मार्फतको UIC कार्यक्रममा देशका लागी छुट्टै कोटा छुट्टाइएको छैन । जसमा विश्वभरीका ६० जनाले खुला प्रतिष्पर्धाबाट छात्रवृत्ती प्राप्त गर्नेछन् ।
त्यत्तै क्षत्रिय विश्वविद्यालय अन्तर्गत ८६ जनामा पनि नेपालले एउटा कोटा प्राप्त गर्नेछ । साथै एसोसिएट डिग्री अन्तर्गत नेपाल सहित दक्षिण एसियाका ७ मुलुकबाट ४ जना छनौट हुने छन् ।
सिजिपिए २.६४ भन्दा माथी भएका तथा २५ बर्ष भन्दा कम उमेर भएकाहरुले यही अक्टोबर २ तारिक भित्रमा आवेदन दिन सक्छन् ।
आवेदन दिनका लागी नेपालमा रहेको कोरियन दुतावास तथा studyinkorea.go.kr लगइन गर्न सक्नुहुनेछ । गरिव तथा विपन्न परिवारका विद्यार्थी, TOEFL वा IELTS मा उच्च अंक प्राप्त गरेका विद्यार्थीलाइ प्राथमिकता राखिने सुचनामा उल्लेख छ ।