दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला
Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, दुर्घटना, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आगलागीपछि सम्पर्कविहीन बनेका एक कामदारको खोजी गर्ने क्रममा कारखानाको तेस्रो तलामा एक जनाको शव फेला परेको हो।
कोरियाली समाचार संस्था योनहापका अनुसार नोभेम्बर २६ तारिख दिउँसो करिब १२ बजेर १५ मिनेट जाँदा इन्छनको नाम्दोङ जिल्लास्थित गोजान्दोङमा रहेको नाम्दोङ राष्ट्रिय औद्योगिक क्षेत्रमा सञ्चालित नरम पोलिभिनाइल क्लोराइड (PVC) उत्पादन गर्ने कारखानाको पहिलो तलाबाट आगलागी सुरु भएको थियो।
आगलागी हुँदा कारखानाभित्र २१ जना कामदार रहेका थिए। तीमध्ये २० जनाको सुरक्षित उद्धार गरिएको भए पनि ५० वर्ष उमेर समूहकी एक महिला कामदार सम्पर्कविहीन भएकी थिइन्।
आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रकसहित ११० भन्दा बढी जनशक्ति र ५० भन्दा बढी दमकल तथा अन्य उपकरण परिचालन गरिएको थियो। दिउँस...









