“परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व” -अनित थपलिया महासचिव उम्मेदवार
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, विदेश, समाचार
"परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व" -अनित थपलिया महासचिव उम्मेदवार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्वको स्वाद चखाउन सन्जिब कुमार राइ अध्यक्षमा बनेको टिम बाट अनित थपलियाले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा चुनावि माहोल ह्वात्तै बढेको छ।
एनआरएनए दक्षिण कोरियाको भावी महासचिव को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ। सबै ४० मुनिक...







