वेग्वान नेपाली समाजले तिज बिशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम गर्दै

मीन बि क, सौल दक्षिण कोरिया:नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा वेग्वान नेपाली समाज थेगुले सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालकी हालकी चर्चित तथा सुमधुर स्वरकी धनी तारा श्रीस मगर तथा कोरियामा भएका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
परदेशी जीवन सुखदुःख एकताको मन , हिमाल जस्तै अटल स्वच्छ नेपाली मन भनेर मुख्य नारा दिइएको यस कार्यक्रमले कोरियामा रहेका नेपालीहरुलाई एकता भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउदै तिज विशेष कार्यक्रममा मनोरञ्जन प्रदान गर्नेछ ।
वेग्वान नेपाली समाजले संचालन गर्दै आएको सेल्टरलाई संचालन सहयोगार्थ कार्यक्रम गर्न लागीएको वेग्वान समाजले जनाएको छ । कोरियामा रहेका नेपालीहरुलाई परेको समस्यालाई समन्वयको भुमिका निर्वाह गर्दै सहयोग गर्दै आएको यस संस्थाले हरितालिका तिजको यस कार्यक्रममा कोरियामा भएका सम्पुर्ण नेपालीहरुले सहयोग गर्न अनुरोध समेत गरेको छ ।
नेपाली संस्कृति लाई बिदेशी माझ परिचय गराउन तथा नेपाली संस्कृतिलाई थप मजबुद गर्नको लागि मात्रै नभएर कोरियामा रहेका हजारौं नेपाली दिदिबहिनिहरुलाई कामको थकानका बाबजुत मनोरञ्जन तथा आफू नेपालमै रहेको अनुभूत प्रदान गर्न नेपालकी हालकी चर्चित तथा सुमधुर स्वरकी धनी भोईस अफ नेपाल सिजन सिजन3 की फस्ट रनर अप तारा श्रीस मगर साथै कोरियामा भएका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने संस्थाका अध्यक्ष बिनोद सेवाले जनाकारी दिनुभयो ।
कार्यक्रमको बारेमा
कार्यक्रम हुने समय सेप्टेम्बर 17 2023
स्थान :Maeil Garden Hall Daegu
थप जानकारीको लागि: 01059393620, 01051848405, 01086945709











