एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ !
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।
एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्र...






