Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा राजकुमार स्यांङतान सर्वसम्मत 

Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा राजकुमार स्यांङतान सर्वसम्मत 

विशाल श्रेष्ठ ,दक्षिण कोरिया- “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ऎतिहासिक ११औं केन्द्रिय अधिबेशन हिजो मे २१ तारिक दिन सउल दोङ्देमुन स्थित निक ट्राभल्सको सभाहलमा राजकुमार स्यांङतानको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरि भब्य र सब्य रुपमा सम्पन्न भएको छ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको महासचिव शुभराज बोम्जनले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भर्चुअल जुम मार्फत नेपाल बाट नेपाल तामाङ घेदुङ संघीय परिसदको सह-अध्यक्ष कुमार घिसिङ उपस्थित हुनु हुन्थ्यो भने ,बिशिष्ट अथिति हरुको रुपमा जनजातिमहासंघ द कोरियाको का.ब -अध्यक्ष बिसान राई ,NRNA केन्द्रीय परिषद दक्षिणकोरिया का अध्यक्ष दिपक पुन , लगायत दक्षिण कोरिया विभिन्न जातिय सस्थका अध्यक्ष ज्यु हरुमा लेशन गुरुङ ,तुल घर्ती मगर , टेक पुन ,सिभ शंकर महत्व चौधरी ,शाखा घेदुङ जेजुदोको अध्यक्ष सुनिता ब्लोन ,शाखा घेदुङ ख्यङ्साङ बुसानको बरिष्ठ उपाध्यक्ष धन्जित वाईबा तामाङ पत्रकार संघको अध्यक्ष अमिर योन्जन , लगायत विभिन्न जिल्ला तथा क्षत्रका अध्यक्ष तथा प्रतिनिधि हरु अतिथि को रुपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी विभिन्न मिडिया वाट पत्रकार हरु र दक्षिण कोरिया मा रहनुभएका विभिन्न सामाजिक व्यक्तित्व हरु तामाङ तथा गैर तामाङ हरुको गरिमामय उपस्थिति रहेको थियो।

घेदुङको ११औं केन्द्रिय अधिबेशनमा घेदुङको संरक्षक संयोजक एबम कोरियाको ईन्चार्ज सोम वाईबा तामाङ ,प्रमुख सल्लाहकार मेघ प्रसाद वाईबा ,सल्लाहकार गोकुल थोकरको निर्बाचन मण्डलबाट अध्यक्षमा राजकुमार स्यांङतानको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो। बरिष्ठ उपाध्यक्षमा राम ब.तामाङ त्यसैगरी उपाध्यक्षमा बुद्धि बहादुर स्यांङतान , प्रिती लामा ,गणेश तामाङ र शुभराज बोम्जन चयन भएभने महासचिवमा दावा फिन्जो तामाङ ,सचिवमा निर योन्जन,लिला ब. तामाङ र सुरेश थोकर चयन हुदा कोषाध्यक्षमा पासाङ बोम्जन (प्रयत्न) सदस्यमा केशवमान तामाङ सर्वसम्मत चयन भएका हुन्। भने संरक्षकमा पार्वती मोक्तान लाई नियुक्ती गरेका हो।

    घेदुङ १० औं कार्यसमितिको अध्यक्ष रवि योन्जन तामाङ ले आफ्नो सफल रुपले कार्यकाल पूरा गर्न विभिन्न रुपले सुझाव,सल्लाह आर्थिक नैतिक भौतिक रुपले सहयोग गर्नु हुने घेदुङका संरक्षक ज्युहरु,सल्लाहकार ज्युहरु,कोरियामा रहनुहुने सम्पुर्ण व्यवसायिहरु,बुद्धिजीवी बर्गहरु,पत्रकार मित्रहरू साथै सम्पुर्ण दाजु भाई तथा दिदीबहिनीहरुमा हार्दिक आभार ब्यक्त गर्दै द कोरियामा रहेको क्रियाशिल सम्पुर्ण जातिय,क्षेत्रीय,राजनैतिक संघ सस्था प्रती न्यानो सहकार्य र सुमधुर सम्बन्धको लागि हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै यो कार्यकालमा कोरोनाको महामारी जस्तो अत्यन्तै कठिन परिस्थिति सामाना गर्दै सस्थालाई आज सम्म ल्याई पुर्याउदा भनेजस्तो र सोचे जस्तो कार्यक्रम गरि चलायमान बनाउन नसकेको र दशौं कार्यसमितिमा रहेर हरेक अबस्थामा सघाउनुहुने सम्पुर्ण कार्यसमिति परिवार प्रती अथाह माया सहित हार्दिक घन्यबाद ज्ञापन गर्दै यो अबधिमा भुलचुक बस कार्यक्रमको सिलसिला कोही कसैलाई नमिठोगरि बोलेर मन दुखाउन पुगेको भए हृदय देखि नै आफ्नो तर्फबाट माफी मागेका छन्।

सर्वसम्मत रुपमा निर्वाचित अध्यक्ष राजकुमार स्याङ्तानले अब आउने भोलिका दिनमा पनि अझै एकताबद्ध र संगठित भएर हरेक समस्याहरुमा हातेमालो गर्दै सस्थाको गरिमालाई अझ उच्च बनाउन तर्फ आफ्नो ११ औ कार्यसमितिका सबैजना अग्रसर हुने र दक्षिण कोरिया रहेका जातिय सस्था लगायत सम्पुर्ण संघ संस्था तथा व्यक्ति हरु सग हातेमालो गर्दै दृढ बिश्वासका साथ अघि बढ्ने बताएका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×