Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाको उपाध्यक्ष पदको लागि सुनिल कन्दङ्गवा लिम्बूको बलियो दावेदारी

Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाको उपाध्यक्ष पदको लागि   सुनिल कन्दङ्गवा लिम्बुको उम्मेदवारी 

दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को  नवौ महाअधिवेशनको लागि वर्तमान कार्यसमितिका सहकोषाध्यक्ष सुनिल कन्दङ्गवा लिम्बुले पनि  उपाध्यक्ष पदमा आफ्नाे उमेद्वारी दिने भएका छन ।

“परिवर्तन, एकता, सहकार्य र सह-अस्तित्व परिपक्व, जुझारु, श्रमिकमैत्री युवा नेतृत्व” मुल नाराका साथ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिन लागेका लिम्बू सन् २०१२ मा मेगा बैंकको फाइनल अन्तरबार्ता छोडेर कोरिया होमिएका झापाली ठिटो त्रिभुवन विश्वबिध्यालयमा एम बिए तयारी गर्दै थिए ।

 ADVERTISEMENT|SIMRIK 

सुरुमा केारियाको नेपाली समाजमा भिज्न केहि असहज रहेपनि खेलकुदलाई विशेष माया गर्ने उनि कोरियाको झापा फुटबल क्लबमा आबद्द भएर आफ्नेा सामाजिक यात्रा सुरु गरे l उनले कोरियाको नेपाली समाजमा हुने विभिन्न फुटबल प्रतियोगिता वा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको समाचार तथा फोटोहरु गोलनेपाल डटकम मार्फत प्रकाशित गर्थे l उनी आबद्द झापा एफ सीले गोलनेपाल डटकम मार्फत नेपालका विभिन्न राष्ट्रिय तथा मोफसलका खेलाडीहरु लाइ आर्थिक सहगोय पनि गरेको छ l त्यस्तै कोरिया कै एकमात्र ए डिभिजन मान्यता प्राप्त नेपाली क्रिकेट क्लब नेपाल राइनो संग सहकार्य गरेर नेपाली राष्ट्रिय क्रिकेट खेलाडी हरुलाई पनि आर्थिक सहयोग गर्दै आएका छन् l 

पछिल्लो दिनमा उनि E9 बाट E7 भिजा परिवर्तन गर्ने तथा E7 को परिवार कोरिया बोलाउने साथीहरु लाई आफुले सकेको सहयोग गरि रहेको बताए ।

२०२० मा एनआरएनए कपको च्याम्पियन बनेको उनको झापा एफसीले उल्लेखित रकम बराबरको पुरस्कार पाएन l धेरैले एनआरएनए मा भ्रष्टाचार हुन्छ भन्ने सुनेका उनले आफैले भोगे पछि २०२१-२३ को कार्यसमितिमा सहकोषाध्यक्ष भएर काम गर्ने मौका पाए l यो कार्यसमितिमा एक रुपैया पनि तल माथि नभएको उनको दाबि छ l सियो देखि एउटा कागजको टुक्राको समेत हिसाब हामीले राखेका छौं उनले थपे l 

नेपाल एयरलाईन्सकेा उडान जापानमा संभव छ केारियामा किन छैन भनेर सेाधेका थियौ केारियाबाट केहि रेाकटेाक छैन नेपाल बाट सम्बन्धित कागजात प्रमाण नपुगेर रेाकिएकेा रहेछ यस्तै लाईसेन्स नबिकरण का लागि केपि अेाली प्रम हुंदा कुरा गरेकेा र केरियाको राजदुतावास संग कुरा गर्नु भन्नुभयो ।

आठौं कार्यसमितिमा रहंदा उनले कोरियाका विभिन्न कम्पनि दुर्घटनामा परेका कामदार, विभिन्न घटनामा ठगिएका नेपाली बिधार्थी तथा नेपाली मोबाइल ब्यबसायी बाट ठगिएका नेपाली साथीहरु लाइ एनआरएनए कोरियाको समन्यवमा सहयोग गरेको बताए l हालका कार्यसमितीले धेरै काम गरे पनि नेपाली मिडियाहरुले समाचार सम्प्रेषण नगरेकेा उनकाे गुनासेा थियेा । 

एनआरएनको सदस्यता कार्ड भएकालाई विभिन्न रेमिटेन्स कम्पनी हरु संग समन्यव गरेर रेमिटेन्स मार्फत पैसा पठाउंदा लाग्ने ५ हजार वन सर्भिस चार्ज घटाउन सकिन्छ वा निशुल्क गर्न सकिन्छ भनेर आाफुले गर्ने प्रस्ताव थियेा अधुरो रह्येा  र त्यस्ता एनआरएन मा आबद्द धेरैजना रेष्टुरेन्ट व्यवसायी हुनुहुन्छ एनआरएन सदस्यता कार्ड भएकालाई तपाईका रेष्टुरेन्टमा १०% छुट गर्नसक्नुहुन्छ भन्ने येाजना हरु आठौ कार्यसमितिमा पुरा नभएकोले फेरी दोहोरिने इच्छा रहेको जानकारी दिए । साथै यी दुई कार्य गर्न सके धेरैलाई एनआरएनए प्रति रहेकेा बितृष्णा कम हुने उहाको भनाइ छ।

नेपाल एयरलाईन्सकेा नियमित उडान, नेपाली राजदुतावास बाटै नेपाली ड्राईभिङ् लाइसेन्सको नबिकरण सम्बन्धि सम्भावना, एनआरएनए को सदस्यता कार्डलाइ बहुउपयोगी बनाउने योजना तथा एनआरएनए आपतकालिन राहत कोषको स्थापना उनको प्रमुख उदेश्य रहेको बताए l  

१२ वर्ष अघि नेपाल एयरलाइन्स बाट हंगकंग हुँदै कोरिया छिरेका उनि नेपाल एयर्लाइन्स बाटै घर फर्किने सपना देख्छन l

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×