वेग्वान नेपाली समाजले तिज बिशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम गर्दै
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, समाचार
वेग्वान नेपाली समाजले तिज बिशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम गर्दै
मीन बि क, सौल दक्षिण कोरिया:नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा वेग्वान नेपाली समाज थेगुले सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालकी हालकी चर्चित तथा सुमधुर स्वरकी धनी तारा श्रीस मगर तथा कोरियामा भएका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
परदेशी जीवन सुखदुःख एकताको मन , हिमाल जस्तै अटल स्वच्छ नेपाली मन भनेर मुख्य नारा दिइएको यस कार्यक्रमले कोरियामा रहेका नेपालीहरुलाई एकता भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउदै तिज विशेष कार्यक्रममा मनोरञ्जन प्रदान गर्नेछ ।
वेग्वान नेपाली समाजले संचालन गर्दै आएको सेल्टरलाई संचालन सहयोगार्थ कार्यक्रम गर्न लागीएको वेग्वान समाजले जनाएको छ । कोरियामा रहेका नेपालीहरुलाई परेको समस्यालाई समन्वयको भुमिका निर्वाह गर्दै सहयो...







