Advertisement
Advertisement

जानकारी

दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको प्रमुख खुद्रा व्यापारिक कम्पनी होमप्लसले आर्थिक संकट चुलिएपछि देशभर रहेका आफ्ना ६७ वटै हाइपरमार्केटको सञ्चालन आज (नोभेम्बर २७, शुक्रबार) देखि अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले सामान खरिद गर्न आवश्यक रकम अभाव भएको जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै हाइपरमार्केट बन्द गर्ने निर्णय गरेको हो। कम्पनीले नोभेम्बर २५ मा कर्मचारीहरूलाई आन्तरिक सूचना जारी गर्दै लामो समयदेखि सामान आपूर्तिमा देखिएको समस्याका कारण बिक्री घट्दै गएको र दैनिक सञ्चालनका लागि आवश्यक वस्तु खरिद गर्नसमेत रकम अभाव भएको जनाएको थियो। कम्पनीका अनुसार मर्जर तथा एक्विजिसन (M&A) प्रक्रिया पूरा नभएसम्म सुपरमार्केटको सञ्चालन स्थगित रहनेछ। यसअघि नै सामान आपूर्तिमा समस्या देखिएपछि कम्पनीले नोभेम्बर २६ बिहीबारदेखि अनलाइन डेलिभरी सेवा पनि बन्द गरिसकेको छ। डेलिभरी हुन बाँकी रहेका अर्डरहरू स्वतः रद्द गरी ग्र...
यो साताको नोभेम्बर २८ र २९ तारिख दक्षिण कोरियाका यी ४ सहरमा ‘कबड्डी ५’ को प्रदर्शन हुँदै

यो साताको नोभेम्बर २८ र २९ तारिख दक्षिण कोरियाका यी ४ सहरमा ‘कबड्डी ५’ को प्रदर्शन हुँदै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, देश, भर्खरै, मनोरञ्जन, मनोरन्जन, समाचार
दक्षिण कोरियामा नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शनले दर्शकको उत्साहजनक साथ पाइरहेका बेला यस साता थप चार सहरमा चलचित्र प्रदर्शन हुने भएको छ। नोभेम्बर २८ र २९ तारिख दक्षिण कोरियाका मिर्याङ, जिन्छन, इओनयाङ र मोक्पोमा चलचित्रको विशेष शो आयोजना हुन लागेको हो। यसअघि कोरियाका विभिन्न सहरमा भएका प्रदर्शनमा नेपाली दर्शकको उल्लेख्य उपस्थिति देखिएसँगै चलचित्रको प्रदर्शनलाई थप सहरमा विस्तार गरिएको हो। यस साता नोभेम्बर २८ र २९ तारिख गरी दुई दिन चार स्थानमा चलचित्र प्रदर्शन हुँदैछ। नोभेम्बर २८ तारिख शनिबारः १. मिर्याङ शो (MIRYANG) मोक्पो साम्हो समाज चौतारी दक्षिण कोरियाको आयोजनामा मिर्याङमा चलचित्र प्रदर्शन हुँदैछ। 경남 밀양시 가곡동 830 मा रहेको प्रदर्शन स्थलमा साँझ ७ बजे चलचित्र सुरु हुनेछ। कार्यक्रमको आयोजना मोक्पो साम्हो समाज चौतारी दक्षिण कोरियाले गरेको हो। २. जिन्छन...
शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडितलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडितलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, देश, भर्खरै, समाचार
शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडित परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ। फाजुस्थित कोरियाली संस्थाहरू 919 파주기후정의행진추진위원회 र 파주이주노동자센터 샬롬의집 को आर्थिक सहयोगमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न भएको हो। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा कोरियास्थित स्थानीय संस्थाहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्नुहुने शेर्पा सङ्घ दक्षिण कोरियाका संरक्षक लाक्पा शेर्पा (TDNK) को विशेष योगदान रहेको सङ्घले जनाएको छ। त्यसैगरी, नेपालमा खाद्यान्न तथा शैक्षिक सामग्रीको व्यवस्थापन र वितरण कार्यमा नेपाल शेर्पा सङ्घका निवर्तमान सचिवालय सदस्य तथा वर्तमान आदिवासी जनजाति युवा महासङ्घका कोषाध्यक्ष रग्बा शेर्पाले महत्त्वपूर्ण सहयोग पुर्‍याउनुभएको थियो। अभियानमा युवा पत्रकार ङिमा ङति लगायत विभिन्न व्यक्तिहरूले समेत प्रत्यक्ष त...
दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, दुर्घटना, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आगलागीपछि सम्पर्कविहीन बनेका एक कामदारको खोजी गर्ने क्रममा कारखानाको तेस्रो तलामा एक जनाको शव फेला परेको हो। कोरियाली समाचार संस्था योनहापका अनुसार नोभेम्बर २६ तारिख दिउँसो करिब १२ बजेर १५ मिनेट जाँदा इन्छनको नाम्दोङ जिल्लास्थित गोजान्दोङमा रहेको नाम्दोङ राष्ट्रिय औद्योगिक क्षेत्रमा सञ्चालित नरम पोलिभिनाइल क्लोराइड (PVC) उत्पादन गर्ने कारखानाको पहिलो तलाबाट आगलागी सुरु भएको थियो। आगलागी हुँदा कारखानाभित्र २१ जना कामदार रहेका थिए। तीमध्ये २० जनाको सुरक्षित उद्धार गरिएको भए पनि ५० वर्ष उमेर समूहकी एक महिला कामदार सम्पर्कविहीन भएकी थिइन्। आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रकसहित ११० भन्दा बढी जनशक्ति र ५० भन्दा बढी दमकल तथा अन्य उपकरण परिचालन गरिएको थियो। दिउँस...
दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, विदेश, समाचार
  दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणमार्फत कम्पनीको करिब २ अर्ब कोरियाली वन चोरी भएको खुलेपछि दक्षिण कोरियाको वित्तीय क्षेत्रमा साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। दक्षिण कोरियाली सञ्चारमाध्यम 연합인포맥스 का अनुसार नोभेम्बर २५ मा सार्वजनिक भएको विवरणमा GME मा हालै भएको ह्याकिङबाट करिब २०억 वन बराबरको आर्थिक क्षति भएको उल्लेख छ। वित्तीय अधिकारीहरूले घटनाको प्रकृति, रकम चोरी भएको प्रक्रिया र वास्तविक क्षतिको अवस्था बुझ्न स्थलगत अनुसन्धानसमेत अघि बढाएका छन्। यस घटनामा ग्राहकले नेपाल वा अन्य देशमा पैसा पठाउनका लागि कम्पनीमा जम्मा गरेको रकम भने चोरी नभएको बताइएको छ। ह्याकरले कम्पनीले आफ्नै भुक्तानी तथा अन्तर्राष्ट्रिय रेमिट कारोबार सञ्चालनका लागि राखेको संस्थागत रकममा पहुँच पुर्‍याएर चोरी गरेको समाचारम...
यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Match’ प्रदर्शन गर्ने भएको छ। मिर्याङवासी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली दर्शकहरूको चलचित्र प्रदर्शन गर्न गरिएको माग र अनुरोधलाई मध्यनजर गर्दै समाजले चलचित्र प्रदर्शनको तयारी गरेको हो। यसअघि समाजले ‘१२ गाउँ’ चलचित्र प्रदर्शन गर्दा नेपाली दर्शकहरूबाट प्राप्त उत्साहजनक साथ र सहभागिताले पुनः चलचित्र प्रदर्शन गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ। रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ : After The Final Match’ नेपाली चलचित्र क्षेत्रको लोकप्रिय कबड्डी शृङ्खलाको पाँचौँ चलचित्र हो। चलचित्रको मिर्याङ शो आगामी शनिबार साँझ ७ बजेदेखि सञ्चालन हुनेछ। चलचित्र हेर्न चाहने दर्शकहरूका लागि प्रवेश टिकटको मूल्य २० हजार वन निर्धारण गरिएको छ। आयोजकले मिर्याङ त...
डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुने भएको छ। नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको आयोजनामा तथा नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको समन्वयमा आगामी डिसेम्बर १३ तारिख आइतबार उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा पुरुष डबल्सतर्फ ए, बी र सी गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ खुला डबल्स प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। महिलातर्फको प्रतियोगितामा सहभागिता निःशुल्क रहनेछ भने पुरुष डबल्सका लागि ८० हजार वन प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतियोगितामा प्रत्येक विधाका विजेता, उपविजेता तथा तृतीय हुने दुई टोलीलाई समान पुरस्कार प्रदान गरिनेछ। जसअनुसार प्रथम हुने टोलीले ६ लाख वन, द्वितीय हुने टोलीले ३ लाख वन तथा तृतीय हुने दुई टोलीले जनही १ लाख ५० हजार वनसहित ट्रफी, ...
एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

Breaking News, Breaking news 1, खेल, खेलकुद, जानकारी, देश, भर्खरै, विदेश, समाचार
पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आइपुगेका ३६ जना नेपाली खेलाडी आर्थिक समस्यामा परेका छन्। प्रतियोगितामा सहभागी हुन आवश्यक हवाई टिकट, आवास, भोजन तथा दर्ता शुल्कको व्यवस्थापन गर्न कठिन भएपछि नेपाल बहिरा ओलम्पिक कमिटीले सहयोगका लागि अपिल गरेको छ। प्रतियोगितामा नेपालको तर्फबाट १६ महिला र २० पुरुष गरी कुल ३६ खेलाडी सहभागी छन्। अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरूको सम्पूर्ण व्यवस्थापनका लागि ठूलो रकम आवश्यक परेको कमिटीले जनाएको छ। कमिटीले उपलब्ध गराएको विवरणअनुसार खेलाडीहरूको हवाई टिकटमा प्रतिव्यक्ति करिब १ लाख ५० हजार रुपैयाँका दरले कुल ५४ लाख रुपैयाँ खर्च भएको अनुमान छ। त्यस्तै, खाना तथा आवासका लागि प्रतिव्यक्ति दैनिक ३० अमेरिकी डलरका दरले १२ दिनको कुल ६ हजार ६ सय अमेरिकी डलर खर्च लाग...
शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने

शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
शेर्पा सङ्घ दक्षिण कोरियाले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला पुल प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत बुसान शाखालाई उपलब्ध गराउने भएको छ। संस्थागत एकता र शाखाहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले सङ्घले उक्त निर्णय गरेको हो। आकस्मिक राहत कोषलाई मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको आय–व्यय विवरणअनुसार कुल ६६ लाख २७ हजार कोरियन वोन आम्दानी भएको थियो। प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा ५३ लाख ५६ हजार वोन खर्च भएपछि १२ लाख ७१ हजार वोन बचत भएको सङ्घले जनाएको छ। बचत भएको कुल रकममध्ये आधा अर्थात् ६ लाख ३५ हजार ५ सय वोन शेर्पा सङ्घ दक्षिण कोरिया बुसान शाखालाई प्रदान गरिने अध्यक्ष दोर्जे शेर्पाले जानकारी दिएका छन्। बाँकी रकम संस्थाको उद्देश्यअनुसार उपयोग गरिने जनाइएको छ। सङ्घका अनुसार यो सहयोग केवल आर्थिक हस्तान्तरणमा सीमित नभई संस्थाका विभिन्न...
कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थप्दै दीपा मेवाहाङको प्रस्तुति रहेको ‘आउँछन् होला!’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम र मायाका भावनालाई समेटिएको यस गीतमा लोकप्रिय गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ।गीतमा डिजे मेवाहाङको संगीत तथा एरेन्ज रहेको छ भने अडियोको मिक्सिङ तथा मास्टरिङ राज कार्कीले गरेका हुन्। प्रवासमा रहेर पनि नेपाली साहित्य तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय दीपा मेवाहाङले यस गीतमार्फत दर्शक तथा श्रोतामाझ नयाँ सांगीतिक प्रस्तुति ल्याएकी हुन्।गीतको भिडियोमा अनुषा राई, डिजे मेवाहाङ र रीदिमा कुलुङ राईले अभिनय गरेका छन्। गंगा राम राईले छायाङ्कन तथा ड्रोनको जिम्मेवारी सम्हालेका छन् भने भिडियोको सम्पादन र कलर डिजाइन जोन किरातीले गरेका हुन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन डिजे मेवाहाङले नै गरेका छन्।सुम्निमा फिल्म्सको पोस्ट प्रोडक्सनमा तयार भएको म्युजिक भिडिय...