दोस्रो मगर संसार भलिबल कपबाट १ करोड २० लाख वोनभन्दा बढी बचत
दक्षिण कोरियाको थेगुस्थित गुजिमा अक्टोबर ४ मा सम्पन्न दोस्रो मगर संसार महिला तथा पुरुष भलिबल कप–२०२६ बाट आयोजक मगर संसारले १ करोड २० लाख ८६ हजार ७०१ कोरियन वोन बचत गरेको छ। आपत्कालीन मगर संसार राहतकोषलाई सहयोग गर्ने उद्देश्यले फेसबुक ग्रुप मगर संसार (Magar Sansar Photo Gallery) को आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो।
प्रतियोगितामा पुरुषतर्फ २४ टिम र महिलातर्फ ४ टिम गरी कुल २८ टिमको सहभागिता रहेको थियो। कम दर्ता शुल्क र यस सिजनकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको पुरुषतर्फ बाग्लुङ समाज प्रथम, सुदूरपश्चिम दोस्रो तथा गुल्मी र स्याङ्जा समाज सान्त्वना भएका थिए। महिलातर्फ पाथिभरा भलिबल टिम प्रथम र मगर संघ थेगु शाखा दोस्रो भएका थिए।
आयोजकका अनुसार प्रतियोगिताबाट कुल २ करोड ५५ लाख ८२ हजार ७०१ कोरियन वोन आम्दानी भएको थियो भने कार्यक्रम सञ्चालनमा १ करोड ३४ लाख ९६ हजार वोन खर्च भएको...









