Advertisement
Advertisement

सउलमा अक्टोबर २५ मा हुने भनिएको ‘कबड्डी ५’ प्रदर्शन स्थगित, नयाँ मिति र हल पछि तय गरिने🇰🇷🇳🇵

Advertisement
Advertisement

दक्षिण कोरियाको राजधानी सउलमा आगामी अक्टोबर २५ तारिख प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शन विशेष कारणवश स्थगित गरिएको छ।
तमु धीं दक्षिण कोरियाको आयोजनामा सउलको दोङदेमुनस्थित CGV सिनेमाजमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रको शो विशेष कारणले तत्कालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ।
यसअघि अक्टोबर २५, आइतबार चलचित्र प्रदर्शन गर्ने तयारीसहित अनलाइन टिकट बुकिङसमेत खुला गरिएको थियो। तर, विशेष कारणले निर्धारित मितिमा प्रदर्शन गर्न सम्भव नभएपछि कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।
आयोजकका अनुसार चलचित्र प्रदर्शनका लागि नयाँ मिति र हल केही समयपछि तय गरिनेछ। नयाँ मिति तथा प्रदर्शनस्थल निश्चित भएपछि दर्शक तथा चलचित्रप्रेमीलाई पुनः जानकारी गराइनेछ।
बासुरी फिल्म्सको प्रस्तुतिमा तथा रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ नेपाली दर्शकमाझ प्रतीक्षित चलचित्र हो। दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई नेपाली चलचित्रमार्फत मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सउलमा प्रदर्शनको तयारी गरिएको थियो।
कार्यक्रम स्थगित हुँदा टिकट बुकिङ गरेका तथा चलचित्र हेर्न उत्साहित दर्शकलाई पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना गरेको छ। साथै, नयाँ मिति र हल तय भएपछि व्यवस्थित रूपमा चलचित्र प्रदर्शन गरिने जनाएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×