Advertisement
Advertisement

दोस्रो मगर संसार भलिबल कपबाट १ करोड २० लाख वोनभन्दा बढी बचत

Advertisement
Advertisement

दक्षिण कोरियाको थेगुस्थित गुजिमा अक्टोबर ४ मा सम्पन्न दोस्रो मगर संसार महिला तथा पुरुष भलिबल कप–२०२६ बाट आयोजक मगर संसारले १ करोड २० लाख ८६ हजार ७०१ कोरियन वोन बचत गरेको छ। आपत्कालीन मगर संसार राहतकोषलाई सहयोग गर्ने उद्देश्यले फेसबुक ग्रुप मगर संसार (Magar Sansar Photo Gallery) को आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो।

प्रतियोगितामा पुरुषतर्फ २४ टिम र महिलातर्फ ४ टिम गरी कुल २८ टिमको सहभागिता रहेको थियो। कम दर्ता शुल्क र यस सिजनकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको पुरुषतर्फ बाग्लुङ समाज प्रथम, सुदूरपश्चिम दोस्रो तथा गुल्मी र स्याङ्जा समाज सान्त्वना भएका थिए। महिलातर्फ पाथिभरा भलिबल टिम प्रथम र मगर संघ थेगु शाखा दोस्रो भएका थिए।
आयोजकका अनुसार प्रतियोगिताबाट कुल २ करोड ५५ लाख ८२ हजार ७०१ कोरियन वोन आम्दानी भएको थियो भने कार्यक्रम सञ्चालनमा १ करोड ३४ लाख ९६ हजार वोन खर्च भएको थियो। कुल आम्दानीबाट खर्च कटाउँदा १ करोड २० लाख ८६ हजार ७०१ कोरियन वोन बचत भएको हो। प्रतियोगितालाई सफल बनाउन दक्षिण कोरियासहित अन्य देशबाट समेत आर्थिक सहयोग प्राप्त भएको र सहयोगी दाताहरूको नाम समेटेर ४४२ जनाको फोटो फ्रेम तयार गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता सौहार्दपूर्ण, अनुशासित र मर्यादित वातावरणमा भव्य रूपमा सम्पन्न भएको आयोजकको भनाइ छ। प्रतियोगिता सफल बनाउन मगर संघ थेगु शाखा, परोपकार समाज र स्याङ्जा समाज थेगुले आयोजकको भूमिकामा सहयोग गरेका थिए। कार्यक्रममा मगर संघ दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष अन्जन थापा मगर प्रमुख अतिथि तथा भलिबल संघ कोरियाका अध्यक्ष वीरेन्द्र मगर विशेष अतिथिका रूपमा सहभागी थिए।
प्रतियोगिताका संयोजक तथा मगर संसारका अध्यक्ष अनिल लामिछाने थापा मगरले प्रतियोगितालाई सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने सम्पूर्ण शुभचिन्तक, खेलाडी, खेलप्रेमी, प्रायोजक, सञ्चारकर्मी तथा मिडिया पार्टनरप्रति आभार व्यक्त गरेका छन्। साथै, कार्यक्रमका क्रममा कुनै कमी-कमजोरीका कारण खेलाडी वा सहभागीलाई असुविधा भएको भए आयोजकका तर्फबाट क्षमायाचना गरिएको छ।
आयोजकले प्रतियोगिताबाट भएको बचत आपत्कालीन मगर संसार राहतकोषको उद्देश्यसँग जोडिएको जनाएको छ। प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदप्रतिको उत्साह अभिवृद्धि गर्नसमेत योगदान पुर्‍याएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×