दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो
दक्षिण कोरियाको इन्टरनेट हुलाक सेवामाथि भएको साइबर हमलाबाट कम्तीमा १ लाख १३ हजार ८५५ जना सेवाग्राहीको व्यक्तिगत विवरण सार्वजनिक भएको छ। घटनाको पूर्ण विवरण भने अझै अनुसन्धानकै क्रममा रहेको हुलाक सेवाले जनाएको छ।
विज्ञान तथा सूचना सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत रहेको कोरिया पोस्टका अनुसार ह्याकरहरूले इन्टरनेट हुलाक सेवाको प्रणालीमा अनधिकृत पहुँच बनाएर सेवाग्राहीको व्यक्तिगत विवरण समेटिएका हुलाक अभिलेखहरू हेरेका थिए।
ह्याकरहरूले नोभेम्बर १७ देखि २४ तारिखसम्म दर्ता गरिएको हुलाकमार्फत पठाइएका सामग्रीको डेलिभरी ठेगाना परिवर्तन गर्ने मोबाइल सेवामा पहुँच बनाएका थिए। त्यसक्रममा पत्र तथा सामग्री प्राप्त गर्ने व्यक्तिहरूको नाम, ठेगाना र फोन नम्बरमा पहुँच पुगेको पाइएको छ। एक दिनको तथ्याङ्क मात्रै विश्लेषण गर्दा पनि १ लाख १३ हजार ८५५ जनाको विवरण चुहिएको पुष्टि भएको कोरिया पोस्टले जनाएको छ।
कोरिया ...









