विशाल श्रेष्ठ/दक्षिण कोरिया: दोलखाली समाज दक्षिण कोरियाको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिखका दिन दिउसो १२:३० बजे आनसानमा रहेको “पाँच स” सभाहलमा हुने भएको छ।
“तपाईं हाम्रो सुख दु:खको साथी दोलखाली समाज दोलखालीको हितमा” भन्ने मुल नारा कोरियामा रहेका दोलखाली बासीहरू हरु मिलेर स्थापना भएको दोलखाली समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिख शुक्रवारका का दिन दिउसो १२:३० बजे आनसानमा रहेको पाँच स को सभाहलमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका दोलखाली बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई...
२० माघ २०८०, शनिबार १२:३६२० माघ २०८०, शनिबार १२:३६२० माघ २०८०, शनिबार १२:३६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखका दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने भएको छ।
“सामूहिक प्रतिबद्धता,हामी जहाँ भएपनि सल्यानी एकता” भन्ने मुल नारा लिएर सन् २०२१ मा कोरियामा रहेका सल्यानी बासीहरू हरु मिलेर स्थापना भएको सल्यानी समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिख आइतबार का दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सल्यान बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आ...
१९ माघ २०८०, शुक्रबार १६:४९१९ माघ २०८०, शुक्रबार १६:४९१९ माघ २०८०, शुक्रबार १६:४९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार का दिन जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा बृहत सास्कृतिक कार्यक्रम २०२४ गर्ने भएको छ।सलनालको पहिलो दिन दिउसो ३:३० बाट सुरु हुने कार्यक्रममा नेपाल वाट उर्गेन दोङ,सुमिना लो को साथमा अनु चौधरी आउने पक्का भएको छ।
नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्धन गरौं!आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएक...
१८ माघ २०८०, बिहीबार १६:४९१८ माघ २०८०, बिहीबार १६:४९१८ माघ २०८०, बिहीबार १६:४९ by विशाल श्रेष्ठNo Comments
अजय सोडारी:म दक्षिण कोरिया प्रवेश गरेकै दिन मेरो मानसपटलमा एउटै कुराको गुन्जायस भएको थियो,अझ भनौ मलाइ नै तोकेर भनिरहेका थिए यो नेपाल होइन,यहाँ जे पायो त्यहि गर्न मिल्दैन,यहाँ हरेक कुरा सिष्टम मा र नियममा चल्छ,यो नेपाल जस्तो होइन। सुरुवाती क्षणमा यस्तै थुप्रै क्रिया प्रतिक्रियाहरुको मैले सामाना गर्नुपरिरहेको थियो,केही घोषित त केहि अघोषित मान्छेहरु मलाइ जोडेर यस्तै थुप्रै कुरा लेखिरहेका थिए, भनिरहेका थिए,मानौ कि! नेपालमा केही पनि छैन,जे पनि गर्न मिल्छ,जे पनि भन्न मिल्छ,कानुन नै नभएको देश ,सिस्टम नै नभएको देश यस्तै यस्तै। मलाई एक तवरले खुसि पनि लागिरहेको थियोकि ,नेपाली दाजुभाइहरु सबै कुरा भएको देशमा आए यिनिहरुले पक्कै केही नयाँ सिक्छन,उता फेरि मलाई कताकता दुख पनि लागिरहेको थियोे नेपाल मा केही नभए जस्तो किन आफ्नो देशलाई यति तल्लो स्तरको दर्जा अथवा केही नभएको जस्तो भाष्य निर्माण गरिरहेका छन विद...
१७ माघ २०८०, बुधबार ११:१७१७ माघ २०८०, बुधबार ११:१७१७ माघ २०८०, बुधबार ११:१७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: पाच वर्ष पछि फेरि सुप्रसिद्ध गायक राजु लामाको मङ्गोलियन हार्ट ब्याण्डले यहि सलनालको अवसरमा फेब्रुअरी ९ तारिखका दिन कोरियाको सउल तताउने पक्का भएको छ।
सन् १९९२ देखिको ३२ वर्ष लामो इतिहास बोकेको मङ्गोलियन हार्ट ब्याण्डले नेपाल कोरिया कल्चर एक्सचेन्ज एशोसिएसन दक्षिण कोरियाद्वारा सउल मा ९ तारिकका दिन आयोजित लाइभ कन्सर्टमा दिउसो ४ बजेदेखि बेलुकी ९ बजे सम्म प्रस्तुति दिनेछ भने कार्यक्रम स्थल सम्म जान दोङ्देमुन बाट बसको व्यवस्था समेत गरिएको छ। ब्याण्ड को सबै कलाकारहरुको भिषा लागेपश्चात कोरियाको माइनस डिग्री चिसो मौसममा पर्खाइमा,म माया लाउदिन, तिमिलाई देखेर, सायद तिम्रो बाटोमा,मेरो नेपाल,सुम्निमा,हल्ला चलेछ लगायत दर्जनौं नया पुराना चिरपरिचित नेपाली गीत संगीतको प्रस्तुति मार्फत ब्याण्ड ले माहोल तताउने छ।
प्रशंसा शर्माले सन्चालन गर्ने कार्यक्रममा ब्याण्ड संगै उता परेलि झिम झिम भ...
१६ माघ २०८०, मंगलवार १२:४८१६ माघ २०८०, मंगलवार १२:४८१६ माघ २०८०, मंगलवार १२:४८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियनहरुको नया बर्ष सलनालको अवसरमा धराने इभेन्ट्स द्दारा आयोजित सलनाल नाइट २०२४ को जोन एण्ड दि लोकल लाइभ इन सउलमा सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने पक्का भएको छ।
पछिल्लो समय युवा पुस्ता माझ चिरपरिचित फर्कन्न होला अब म ,मनमा छौ तिमि मन मै बस्नु है(मुटु देखि) ,हावा जस्तै,समयले तिमि र मलाइ कहा पुर्यायो, रात कहिले कट्छ होला(निहित),साधना, जस्तो हिट गित सफल जोन चाम्लिङ को जोन एण्ड दि लोकलब्याण्डले कोरियामा पहिलो पटक धराने इभेन्ट्सको आयोजनामा फेब्रुअरी ९ तारिख बेलुकी ८ बजे क्लब G1,HONGDAE SEOUL मा प्रस्तुति दिनेछ। धरानमा जन्मेकि सन् २००२ कि मिस नेपाल, चर्चित मिडियाकर्मि तथा कलाकार माल्भिका सुब्बाले होस्ट गर्ने “सलनाल नाइट २०२४” मा फुल्याङ ब्याण्ड र नया द्रिश्य ब्याण्डले ओपनिङ पर्फर्मेन्स गर्नेछ भने जोन एण्ड दि लोकलको कन्सर्ट पश्चात पनि डिजे आरएक्स ले माहोल तताउने...
१६ माघ २०८०, मंगलवार ०९:५२१६ माघ २०८०, मंगलवार ०९:५२१६ माघ २०८०, मंगलवार ०९:५२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहतकोष सहयोगार्थ फेब्रुअरी ११ तारिख,जेजुदोको Astar Hotel मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ को तयारी तिब्र रुपमा अघि बढिरहेको छ।
कार्यक्रम स्थल Astar hotel
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रममा सबैको रोजाईमा पर्न सफल चर्चित गायक उर्गेन दोङको विशेष प्रस्तुति रहने छ। खगेन मोक्तानले सन्चालन गर्ने कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार उर्गेन दोङको साथमा गायिका रिचा ब्लोन तामाङ, कलाकार प्रतिग्या लामा स्थानिय कलाकारहरु मनिस लिम्बु,प्रेम सङ्कर,आक्साङ शेर्पा, सागर,रुपक ...
१५ माघ २०८०, सोमबार १३:४२१५ माघ २०८०, सोमबार १३:४२१५ माघ २०८०, सोमबार १३:४२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मंन्जुश्री संवत् २८६० मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा तामाङ समाज युएइ ले आयोजना गर्न लागेको “सोनाम ल्होछार साँझ -२०२४” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको छ।
तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा गत वर्षहरूमा झैँ यस वर्ष पनि यु.ए.इ को आबुधाबी र दुवाइ गरि दुइ सहरमा नेपाल बाट आमन्त्रित कलाकारद्दय चर्चित गायक तथा संगीतकार विशाल काल्तान र चर्चित म्हेन्दोमाया गायिका बिना घलेको साथमा भब्यताका साथ मनाउने भएको छ। फेब्रुअरी १० तारिखका दिन आबुधाबीमा रहेको सुडानी सोसियल क्लब अलफवामा दिउसो १ बजे र दुबइमा भने फेब्रुअरी ११ तारिख याक एण्ड यती क्लब एभरेष्ट अष्टोरिया होटल, बरदुबईमा दिउसो १ बजे नेपाल तामाङ घेदुङ घ्रेन धिम खरिद सहयोगार्थ “सोनाम ल्होछार साँझ -२०२४” हुने आयोजकले जनाएको छ।
“तामाङ...
१५ माघ २०८०, सोमबार १२:५४१५ माघ २०८०, सोमबार १२:५४१५ माघ २०८०, सोमबार १२:५४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपालीहरूको राष्ट्रिय चाड तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५१ औ स्यिङ फो डुक लो को अवसरमा शेर्पा संघ दक्षिण कोरिया द्दारा फेब्रुअरी १० मा आयोजना हुन लागेको “ग्याल्पो लोसार साझ-२०८०” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको छ।
“शेर्पा समुदायको मौलिक भाषा, धर्म र संस्कृतिलाई सम्बर्धन र प्रवर्द्धन गरौं, सामाजिक मूल्य मान्यतामा आधारित सभ्य र शान्तिपूर्ण समाज निर्माण गरौं” भन्ने मूल उद्देश्यका साथ स्थापित शेर्पा सङ्घ दक्षिण कोरियाद्वारा यहि सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिक साझ ७ बजे देखि बिहान ५ बजे सम्म सउलमा हुने कार्यक्रमको प्रवेश शुल्क ६०००० वन तोकिएको छ। लाइन न १ जोङ्गाक स्टेशनको ७ नम्बर गेटबाट १५ मिटर भित्र रहेको पानोरमा बुफे(पहिलेकै हल) मा हुने “ग्याल्पो लोसार साझ-२०८०” मा डिजे OOJOO को साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुत...
१५ माघ २०८०, सोमबार ०६:३७१५ माघ २०८०, सोमबार ०६:३७१५ माघ २०८०, सोमबार ०६:३७ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया स्थित छुङ्नाम ओन्याङ ओन्छानमा फेव्रुअरि ११ तारिखका दिन पुल प्रतियोगिता हुने भएको छ।
दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको हो। छुङनाम युथ इन्टरटेनमेन्ट ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन।सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलो चरण का खेलहरु best of three र सेमि र फाइनल चरण का खेलहरु best of five को आधारमा सन्चालन हुने आयोजक कमिटी एव खेल सम्योजक श्री परदेश राई ( चाइनिज कान्छा) ले जानकारी दिनु भएको छ ।उक्त प्रतियोगिता मा भाग लिनको निम्ति प्रबेश शुल्क 70 हजार वन साथै प्रथम बिजेताले नगद 12 लाख वन , त्रफी र प्रमाणपत्र साथै उप बिजेताले 7 लाख व...