Advertisement
Advertisement

मधेसि भएकै कारण कोरियामा कम्पनी छोडे

Advertisement
Advertisement

अजय सोडारी:म दक्षिण कोरिया प्रवेश गरेकै दिन मेरो मानसपटलमा एउटै कुराको गुन्जायस भएको थियो,अझ भनौ मलाइ नै तोकेर भनिरहेका थिए यो नेपाल होइन,यहाँ जे पायो त्यहि गर्न मिल्दैन,यहाँ हरेक कुरा सिष्टम मा र नियममा चल्छ,यो नेपाल जस्तो होइन। सुरुवाती क्षणमा यस्तै थुप्रै क्रिया प्रतिक्रियाहरुको मैले सामाना गर्नुपरिरहेको थियो,केही घोषित त केहि अघोषित मान्छेहरु मलाइ जोडेर यस्तै थुप्रै कुरा लेखिरहेका थिए, भनिरहेका थिए,मानौ कि! नेपालमा केही पनि छैन,जे पनि गर्न मिल्छ,जे पनि भन्न मिल्छ,कानुन नै नभएको देश ,सिस्टम नै नभएको देश यस्तै यस्तै। मलाई एक तवरले खुसि पनि लागिरहेको थियोकि ,नेपाली दाजुभाइहरु सबै कुरा भएको देशमा आए यिनिहरुले पक्कै केही नयाँ सिक्छन,उता फेरि मलाई कताकता दुख पनि लागिरहेको थियोे नेपाल मा केही नभए जस्तो किन आफ्नो देशलाई यति तल्लो स्तरको दर्जा अथवा केही नभएको जस्तो भाष्य निर्माण गरिरहेका छन विदेशमा बस्ने नेपाली हरुले। यो मेरो दक्षिण कोरिया प्रवेश गर्ने ताकाको सानो अनुभव हो तर म आज यहीँ कुरा हरु लेख्दै छुइन!!

देश बद्लियो भने मान्छे बद्लिन्छ कि बद्लिदैनन् ,माटो बद्लियो भने मान्छे बदलिन्छ कि बद्लिदैनन् अथवा मैले अघि भने जस्तो सबै नियम पद्धति र संस्कार भएको देशमा मान्छे आयो भने ऊ संयम व्यक्ति बद्लिन्छ कि बद्लिदैन??? अथवा उसको सोचाइमा,व्यवहारमा,अनुभुतिमा,हेराइमा,दृष्टिकोणमा बदलाब आउँछ कि आउदैन?? आज त्यहि बद्लिने र नबद्लिनेहरुका कथा लेख्दै छु अनि मान्छेका सोचाइ,दृष्टिकोण र व्यवहारका कथा लेख्दै छु,एउटा मान्छेले मान्छे बाटै गरिएका तल्लो स्तरका व्यवहारले कम्पनी छोड्दै गरेको कथा लेख्दै छु !!हो म लेख्दैछु मधेसि भएकै कारण कोरियामा कम्पनी छोड्नुपरेको कथा लेख्दैछु

प्रहरीको परेड खेल मैदान बाटै कोरिया जाने सपना!

एकजना मधेसी भुमिमा जन्मिएको नेपाली छोरो मधेसमा थुप्रै अन्याय,असमानता र थिचोमिचो भएको देख्छ,मान्छेले मान्छे लाई गर्ने व्यवहार असमानपुर्ण भएको देख्छ,त्यस्ता थुप्रै असमानताका खाडल चिर्न उ नेपाल प्रहरी बन्ने सपना देख्छ,,प्रहरी सहायक निरीक्षक (असई) मा भिड्छ,प्रहरीमा छनोट पनि हुन्छ,काठमाडौंको महाराज गञ्ज दुइ नम्बर गण बाट एक महिना सम्म तालिम पनि लिन्छन् यो प्रसंग सन् २०१६ तिरको हो,जतिबेला मधेशमा अवताफ आलामहरुले मान्छेहरुलाई जिउदै भट्टिमा जलाइरहेका थिए,कैयौ मान्छेहरुलाई जर्जर यातना दिरहेका थिए,अर्को तिर गौर हत्याकाण्डका योजनाकार उपेन्द्र यादवहरुको दादागिरी पनि उत्कर्षमा थियो। सो समयमा उनिहरुका विरुद्ध बोल्यो भने कि जिउदै मर्नु पर्थ्यो,कि हदै सम्मको यातना पाउनु पर्थ्यो,तर उसले उनिहरुका अधिनायकवादका विरुद्ध पनि बोल्यो फलस्वरूप यातना मात्र कहा हो र! बन्दुकको नाल वाट निस्किएको तातो गोलि समेत खायो ,जसका डाम उसका खुट्टामा अहिले पनि स्पष्ट देख्न सकिन्छ। अधिनायकवादताका विरुद्ध, निरङ्कुशताको बिरुद्ध अन्यायका विरुद्ध बोलेको एकजना युवाले थुप्रै यातना र बन्दुकका गोलि पनि झेलि सक्यो,उ संग अब त बाकि नाफाको जीवन मात्र छ,उ त्यहि जीवनलाई धेरै परिवर्तनहरुको साक्षी बनाउन चाहन्छ,प्रहरीको वर्दी सहितको एक सिपाही भएर लड्न चाहन्छ तर परिवाले भएको आफ्नो एक्लो छोरो बाचेको हेर्न चाहन्छन् यस्ता जालझेल बाट माथि उठेको देख्न चाहन्छन् ,राजनैतिक भावना बाट अलग भएको हेर्न चाहन्छन्, घरको आर्थिक स्तर कमजोर भएका उनी परिवार छोरोले राम्रो आम्दानी गरोस् चाहन्छन् उनका यिनै थुप्रै घरायसी बाध्यता र गरिबीले गर्दा उनको नेपाल प्रहरीमा छनोट भइसकेको जागिर पूरा हुन पाउदैन,प्रहरीले परेड खेल्ने मैदान बाटै उनले विदेश जाने सपना देख्छन्,त्यो पनि दक्षिण कोरिया।

आफ्नै देशमा आफ्नो परिचय भेट्न मुस्किल 

रौतहटको बौधिमाई नगरपालिका एक अजगैविमा जन्मिएका उनी उच्च शिक्षा र नेपाल प्रहरी बन्ने व्यग्र ईच्छाले राजधानी हानिएका हुन् ,सभ्य भनिएको काठमाडौं सहरमा पनि अर्को दर्जाको व्यबहार पाए,स्कुलमा विध्यार्थिले उनलाई हेर्ने दृष्टिकोण अर्कै छ,बसमा हिन्ने सवारीले उनलाई हेर्ने दृष्टिकोण अर्कै छ ,प्रहरीको तालिम मैदानमा प्रहरीले उनलाई हेर्ने दृष्टिकोण अर्कै छ थुप्रै ठाउमा “यो मधेसी ,यो इन्डियन,यो बिहारी ,यो धोती के के हो के” ,दृष्टिकोण मात्र होइन,धेरैले यहि शब्दका बाणले हाने, बोले पनि,एक मधेसी छोरो काठमाडौ भित्र आफ्नो देश खोजिरहेछ,आफ्नै देश भित्रको पराई नागरिक भैरहेछ,यो मेरो देशको कथा पनि हो,सभ्य र शिक्षित भनिएको राजधानीको कथा पनि हो

देश बद्लिएर मात्र मान्छे नबद्लिदो रहेछ, नेपाली बाटै रङभेदका व्यवहार

थुप्रै असहजता र अप्ठारा लाइ चिर्दै एकपटक उनी कोरियन भाषा तयारीमा लाग्छन र २०१७ मा उत्पादनमूलक क्षेत्रमा पास भएर दक्षिण कोरियाको छनान भन्ने ठाउमा आउछन्।उनी थुप्रै अभिलाषा बोकेर विदेश हानिएका हुन्,कोरिया आएका हुन्,मान्छेले,मान्छेलाई गर्ने व्यवहार र दृष्टिकोणमा समानता भएको हेर्न चाहन्छन् उनि ।आफ्नो देशमा त त्यो पाएनन्,सभ्य र विकसित भएको देशमा यो पाउने उनको झिनो आशा छ।विदेशमा हामी अरु कोहि होइन नेपाली हो मात्र नेपाली भन्ने बुझेका उनी तर आफ्नो कार्यस्थलमा थुप्रै फरक कुरा पाए,उनलाई देखेर उनकै कम्पनीमा काम गर्ने नेपाली साथिहरु तर्सिए,का को मधेसी आयो,धोती आयो बिहारी आयो थुप्रै कुरा,उनी मानसिक रुपमै रेटिए। देश बद्लिए पनि मान्छे नबद्लिएका उनले महसुस गर्छन,थुप्रै कुरा चिर्ने प्रयास गर्छन अह तर पनि सक्दैनन,मधेसी भनेर बोलाउछन धोती भनेर व्यवहार गर्छन,हप्काउछन,थर्काउछन,भौतिक आक्रमण सम्मको प्रयास भएको उनी बताउछन,फेरि तिनिहरुले भन्छन् यो नेपाली होइन भनेर।

आट र साहस सहित पश्चताप बेगरको अवदेश राज

कम्पनी साथिभाइहरुले गर्ने तल्लो स्तरको व्यवहारले उनी १९ महिनामै कम्पनि छोड्न बाध्य हुन्छन्,आज एकजना नेपाली त्यो पनि विदेशमा नेपाली मान्छेका निकृष्ट व्यवहारले कम्पनी छोड्न बाध्य हुन्छ उ यस्ता कुराले निरास हुदैन,झनै तिखारिन्छ झनै निखारिन्छ,किनकि यो देश यो समाज यो मान्छेहरुले त्यस्तै हुने बनाइदिएको छ !!

एकदिन उनको भेट म संग हुन्छ,म त्यहि दिन तिनको कार्यस्थल र कोठामा गएर बसेको थिए,जीवनमा पहिलो चोटि यति धारिलो र तेजिलो मान्छे देखेको थिए,जसको मानसपटलमा आट र साहस बाहेक केही पनि छैन,उसलाई अरुले के भन्छ भन्ने कुरामा कुनै पश्चाताप नै छैन,बस आफना कुरा निर्धक्क संग बोल्छ ति हुन् अवदेश राज चौरासिय !!

देशको माया

एकजना मधेसी भुमिमा जन्मेको मान्छे राष्ट्रिय भावनाले यति ओतप्रोत छ भन्ने पनि मैले पहिलो चोटि देखेको हो।देश प्रतिको माया समाज प्रतिको माया अनि आफू र आफनो भेग प्रतिको माया मैले खास उस बाट नै सिकेको हो।एउटा मान्छे यस्तो कसरी हुन्छ,यति बन्न के गर्नुपर्छ,कति युद्ध लड्नु पर्छ,कति बन्दुकका गोलि खानुपर्छ,कति मान्छेका गालि र हेपाई खानुपर्छ,तर उ यस्ता सबै कुरा खाएको मान्छे हो।अझै धेरै खान चाहन्छ तर उ आफू भित्र आफू छोड्न चाहन्दैन बरु मृत्यु रोज्न चाहन्छ तर आफू भित्रको आफु छोड्न चाहदैन,उसले यो साहस पाउन धेरै कुरा गुमाएको छ,धेरै काला इतिहासको सामाना गरेको छ,कैयो सहनै नसकिने कुरा सहेको छ !! उ देशलाई योगदान गर्न चाहन्छ,समाजलाई योगदान गर्न चाहान्छ र गरिरहेको पनि छ !!

खबरदार अरूलाई त्यति मात्र अर्ती उपदेश दिएको राम्रो जति आफूले आफैँमा लागू गर्न सकिन्छ ।

कोरियाका केस्राकेस्रा पाठ सिकाउनेहरु अब सिकाउन छोडौ,एकचोटि आफू बद्लिने कि ? देश बद्लिएपनि तपाइका आडम्बरी सोचाइ बद्लिएका छैनन कि महोदय ? विचार बद्लिएका छैन कि ? , घृणित र निकृष्ट व्यवहार बद्लिएका छैनन कि ? छैनन् भने अब बदलौ होइन भने कोरिया यस्तो उस्तो भनेर सिकाउन पनि छोडौ !! कोरियामा एउटा यस्तो बौद्दिक जमात छ,जसले अरुलाई हेपाहा शैलिमा हेर्छ,उनिहरुले अरुलाई केहि नजानेको,नबुझेको व्यवहार गर्छन,अरुलाई होच्याएर,गिराएर गालि गरेकोमा आफ्नो खुबि ठान्छन्,त्यसमा रमाउनुको मजा बेग्लै हुन्छ अरे उनिहरुलाई !!धेरै ढिला भैसकेको छ हामि बद्लिन,अब बद्लिनै पर्छ बदल्नै पर्छ !!

लेखक अजय सोडारी गैर आवासीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका युवा तथा विध्यार्थि संयोजक हुन् जो विकृति र विसंगति विरुद्ध निरन्तर कलम चलाउन अघि बढ्छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×