विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहतकोष सहयोगार्थ फेब्रुअरी ११ तारिख,जेजुदोको Astar Hotel मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ को तयारी तिब्र रुपमा अघि बढिरहेको छ।
कार्यक्रम स्थल Astar hotel

“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रममा सबैको रोजाईमा पर्न सफल चर्चित गायक उर्गेन दोङको विशेष प्रस्तुति रहने छ। खगेन मोक्तानले सन्चालन गर्ने कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार उर्गेन दोङको साथमा गायिका रिचा ब्लोन तामाङ, कलाकार प्रतिग्या लामा स्थानिय कलाकारहरु मनिस लिम्बु,प्रेम सङ्कर,आक्साङ शेर्पा, सागर,रुपक गुरुङ, प्रताप लामा,कपिल र नरेन मदेन,मेवाङ्ग र प्रेमिला लामा,प्रतिक तामाङ,गोविन तामाङ,युन्मि तामाङ,रोस्नि गुरुङ,निसा पुन मगरको बेजोड प्रस्तुति संगै डिजे दिपक गुरुङले माहोल तताउने छन्।
“तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौ। आफ्नो पहिचान र अस्तित्वका लागि एक हौ।” भन्ने मुल नाराका साथ आफ्नो धर्म,संस्कृति,कला,भेष-भुषा,भाषा, परम्परालाई संरक्षण गर्नका निमित्त अयोजनामा हुन गईरहेको ल्होछार बृहत सांस्कृतिक कार्यक्रममा तामाङ लगायत गैर तामाङ जेजु बासि सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भएर कार्यक्रम लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ।









