विशाल श्रेष्ठ/दक्षिण कोरिया: सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखका दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने भएको छ।
“सामूहिक प्रतिबद्धता,हामी जहाँ भएपनि सल्यानी एकता” भन्ने मुल नारा लिएर सन् २०२१ मा कोरियामा रहेका सल्यानी बासीहरू हरु मिलेर स्थापना भएको सल्यानी समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिख आइतबार का दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सल्यान बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप लगायतमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ।
यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।
कार्यक्रम:
मितिः २०२४ फ्रेब्रुअरी १ १तारिक
समयः दीनको १२ः०० बजे
स्थानःमाइतीघर रेष्टुरेन्ट छनान









