वाग्मती प्रदेश एकता समाजको सहयोगमा चितवन सम्पर्क समितिले सलनालमा आयोजना गर्ने सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन नयाँ बर्षमा गर्ने
विशाल श्रेष्ठ, दक्षिण कोरिया: "चितवन सम्पर्क समिति दक्षिण कोरियाको चाहना समृद्ध चितवन हाम्रो परिकल्पना " नारा लिएर सन् २००१ मा स्थापित कोरिया स्थित क्षेत्रीय संस्था चितवन सम्पर्क समितिले वाग्मती प्रदेश एकता समाजको सहयोगमा जनवरी १ तारिखको दिन "चितवन सांगीतिक धमाका ४" म्यूजिकल नाईटको पोष्टर सार्वजानिक तथा पत्रकार सम्मेलन हुने भएको छ ।
कोरियाको महान् पर्व तथा नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिने "चितवन सांगीतिक धमाका ४" कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीका लागि २०२३ जनवरी ०१, आइतबार का दिन ठिक ११:०० बजे निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउलमा हुन गइरहेको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलनको लागि लागि विभिन्न संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा ...
