
विशाल श्रेष्ठ,दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको तेश्रो अधिवेशन जनावरी ८ तारिख को दिन दक्षिण कोरिया स्थित किम्हेमा गर्ने भएको छ।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाएको ग्रुपले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्नु को साथै भर्चुअल स्वास्थ्य परामर्श कार्यक्रम हरु पनि गर्दै आएको छ।
ग्रुपले गरेको केहि कार्यहरुको तस्बिर:

तेश्रो अधिवेशन को लागि संस्थागत गतिविधि पूरा भइसकेको सचिव जिवन शर्माले जानकारी दिनु भएको छ साथै ग्रुपलाइ बिभिन्न कालखण्डमा साथ अनि सहयोग गर्दै आउनुभएका सामाजिक व्यक्तित्व हरुलाइ केहि समय पछि विशेष कार्यक्रम गरेर सम्मान गर्ने पनि बताउनुभयो।
यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि ग्रुपका कार्यवाहक संयोजक उत्तम लामिछानेले अनुराेध गर्नुभएको छ।









