
विशाल श्रेष्ठ, दक्षिण कोरिया: “प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता” मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गण्डकी प्रदेश समाज दक्षिण कोरिया लाई औपचारिक प्रदान गर्ने उद्देश्यका साथ यहि डिसेम्बर २५ तारिख आइतबारका दिन वृहत भेला र प्रथम अधिवेशन वाट प्रविन गिरि लाइ अध्यक्ष चयन गरिएको छ ।
प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बाह्य क्षेत्रमा परिचित गराउन प्रदेश भित्रका जिल्लाहरुलाई सामुहिक रुपमा ऐक्यबद्ध गरी ” गण्डकी प्रदेश समाज दक्षिण कोरिया ” नामक सामुहिक सँस्थाको आवश्यकता महसुस गरी विभिन्न छलफल मार्फत तदर्थ समिति गठन गरि , सँस्थालाई औपचारिक प्रदान गर्ने उद्धेश्यले मिती:- २०२२ डिसेम्बर २५ गते आईतबार का दिन बिहान ११:०० बजे नमस्ते रेष्टुरेण्ट,( 동묘앞 역 ) सौल मेट्रो 1 र 6 नम्बर लाइन गेट न्ं 5 मा ” बृहत भेला एंव प्रथम अधिवेशन ” आयोजना गरिएको अधिवेशन समितिका संयोजक तथा मोना कोरियाका अध्यक्ष सुनेश केसीको अध्यक्षतामा गैर आवासीय नेपाली अन्तराष्ट्रिय महासंघ का केन्द्रीय अध्यक्ष बिनोद कुवर ज्युको प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ।एन सि सी अध्यक्ष श्री श्रेष्ठ,ग़ैर आवासीय नेपाली संघ दक्षिण कोरिया का अध्यक्ष दिपक पुन,स्टार रेमिटका अध्यक्ष एवंम निर्वाचन समिती का संयोजक रूद्र् शर्मा,ग़ैर आवासीय नेपाली संघ दक्षिण कोरियाकी पुर्ब अध्यक्ष लक्ष्मी गुरूङ,तमु धी अध्यक्ष लेसन गुरूङ ,नेपाल कोरिया भलिबल संघका संयोजक भजिन्द्र क्षेत्री ,पत्रकार महासंघ का अध्यक्ष किसान गौतम,जिएमई महाप्रबंधक सुभाष चन्द्र पौडेल लोक दोहोरी प्रतिष्ठान का अध्यक्ष खिम छन्त्याल लगायत अतिथीहरूको उपस्थिती रहेको थियो।

गण्डकी प्रदेश समाज को प्रथम अधिवेशन बाट अध्यक्ष प्रबिण गिरी , महासचिवमा विदुर शर्मा लगायत गणडकी प्रदेशका एघारै जिल्लाका अध्यक्षहरु पदेन सदस्य हुनेगरि कुल ३५ सदस्यिय चयन हुने ब्यवस्था गरिएकोमा केहि पदाधिकारी,कार्यसमिति सदस्यहरु जिल्लाको सिफारिसमा कार्यसमिति ले निर्णय गरि मनोनित गर्ने ब्यवस्था मिलाइएको बताइएको छ l
प्रथम अधिवेशन सर्वसम्मत रूपमा चयन गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्नुहुने निर्बाचन समितीका संयोजक रूद्र शर्मा सदस्य दिपक पुन,सदस्य श्री श्रेष्ठज्यु,सम्पुर्ण जिल्ला बाट आउनु भएका प्रतिनिधिहरू, कार्यक्रम लाई सफल बनाउन महत्वपूर्ण योगदान गर्नुहुने आयोजक समिति का संयोजक सुनेश केसी जिल्ला का अध्यक्षहरू क्रमश नवराज भट्टराई, आरती ह्योल्मो ,विजय थापा ,विदुर शर्मा ,दिपक थापा,हेम प्रसाद पाठक,नविन पराजुली बिनराज गुरूङ,नेस्सी छिरीङ लाई लगाएत उपस्थित सम्पूर्णमा संस्थाले धन्यवाद ज्ञापन गरेको छ । साथै बिधान संशोधन समितीका संयोजक विदुर शर्मा एसपी अधिकारी, बुद्धि प्रसाद नेपाल , अशोक थापा ,सबै जिल्ला उपस्थित कार्यसमिति पदाधिकारी,पुर्व कार्यसमिति का पदाधिकारी संरक्षक एवंम सल्लाहज्युहरू पत्रकार बिद्दार्थी, पेशा व्यापसायी ज्युहरू लगायत सम्पुर्ण मा हार्दिक नमन व्यक्त गर्दै आगामी दिनहरूमा यहाहरू सम्पुर्ण को सहयोग,सल्लाह,सुझाब र निरन्तर पृष्ठपोषणको अपेक्षा गरिएको नव निर्वाचित अध्यक्ष गिरीले बताए l

गण्डकी प्रदेश को प्रथम कार्यसमिति यस प्रकार छ l
१)अध्यक्ष प्रबीण गिरी
२)उपाध्यक्ष नर कुमार गुरूङ
३) उपाध्यक्ष देबी गौतम
४) उपाध्यक्ष किसन पौडेल
५)महिला उपाध्यक्ष प्रगती पन्थ पौडेल
६) महासचिब विदुर शर्मा
७)कोषाध्यक्ष श्रबण कुमार श्रेष्ठ
८) सदस्य सन्तोष गुरूङ
९) सदस्य सृजना तिवारी
१०) सदस्य सिता मोची
११) सदस्य अन्जान थापा
१२) सदस्य सोनम टासी गुरूङ
१३) सदस्य खेम थापा










