सलनालमा राजेश पायल राइ को साथमा हुने यलम्बर सांगितिक सौगात भाग-२ को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित
विशाल श्रेष्ठ, दक्षिण कोरिया: “अनेकतामा एकता हामी किरातीको पहिचान ,सामाजिक सेवामा हाम्रो अर्को नयाँ अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा दक्षिण कोरिया बुसान शाखा ले आयोजना गर्न लागेको राइ इज किङ नामले चिरपरिचित राजेश पायल राईको साथमा हुने “यलम्बर सांगीतिक सौगात भाग – २” को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ ।
कोरियन नयाँ वर्ष सलनालको अवशर पारेर सलनालको दोश्रो दिन जनवरी २२ तारिख का दिन 인제 대학교 (경남 김해시 인제로 197 장영실관, (E동) 1층 대강당 मा हुन गइरहेको यस कार्यक्रम मा नेपालका ख्याति प्राप्त कलाकार हरुमा नेपाल कै सर्वाधिक लोकप्रिय गायक राई इज किङ राजेश पायल राई , चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) चर्चित गायिका मिलन नेवार , चर्चित लोक गायिका ज्योति मगर आउने भएका छन् । यस कार्यक्रमबाट सङ्कलित रकमले कोरियामा रहेका कुनै पनि नेपालीहरुलाई आपत विपत पर्दा बस्नको लागि आवश्यक पर्ने आ...
