Advertisement
Advertisement

समाचार

दक्षिण कोरियामा बहिरा फुटबल च्याम्पियनसिप खेल्न आएका नेपाली टोलीलाई ख्यङ्नाम नेपाली समाजको सहयोग, १२ लाख २० हजार वन बराबरका सामग्री हस्तान्तरण

दक्षिण कोरियामा बहिरा फुटबल च्याम्पियनसिप खेल्न आएका नेपाली टोलीलाई ख्यङ्नाम नेपाली समाजको सहयोग, १२ लाख २० हजार वन बराबरका सामग्री हस्तान्तरण

Breaking News, Breaking news 1, Breaking news 2, खेल, खेलकुद, जानकारी, देश, धर्म सस्कृति, भर्खरै, समाचार
दक्षिण कोरियामा जारी पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा सहभागी नेपाली राष्ट्रिय फुटबल टोलीलाई ख्यङ्नाम नेपाली समाजले सहयोग गरेको छ। समाजले नेपालबाट प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई न्यानो ज्याकेटसहित विभिन्न उपहार सामग्री हस्तान्तरण गरेको हो। नेपाली टोलीका ३६ सदस्यलाई लक्षित गरी सञ्चालन गरिएको सहयोग अभियानमार्फत कुल १२ लाख २० हजार वन बराबरका सामग्री संकलन गरी हस्तान्तरण गरिएको समाजले जनाएको छ। उक्त अभियानमा दक्षिण कोरियामा रहेका ४१ जना नेपालीले सहयोग गरेका थिए। सहयोग हस्तान्तरण कार्यक्रममा समाजका महासचिव दीपक आचार्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूको साहस, मेहनत र समर्पणको प्रशंसा गर्दै जित वा हारभन्दा पनि देशको प्रतिनिधित्व गर्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताए। उनले प्रतियोगिताका क्रममा ...
दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको चाङवनमा आयोजना भएको पाँचौँ एसिया–प्रशान्त बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा नेपाली पुरुष तथा महिला राष्ट्रिय बहिरा फुटबल टोलीले ऐतिहासिक सफलता हासिल गरेका छन्। नोभेम्बर २० देखि २९ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली पुरुष राष्ट्रिय टोलीले तेस्रो स्थान हासिल गर्दै फेयर प्ले अवार्डसमेत जितेको छ। उत्कृष्ट खेल प्रदर्शन र खेल भावना प्रस्तुत गरेको नेपाली टोलीले यस सफलतासँगै सन् २०२७ मा टर्कीमा आयोजना हुने विश्व बहिरा फुटबल च्याम्पियनसिपमा समेत स्थान सुरक्षित गरेको छ। त्यस्तै, प्रतियोगितामा सहभागी नेपाली महिला राष्ट्रिय टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरुष तथा महिला दुवै टोलीले तेस्रो स्थान हासिल गर्नु नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि बनेको छ। यस सफलताले अन्तर्राष्ट्रियस्तरमा नेपाली बहिरा फुटबल...
दक्षिण कोरियामा विदेशी श्रमिकको  माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा विदेशी श्रमिकको माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकहरूले रोजगारदाताको अनुमति बिना नै कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै अभियान सुरु गरेका छन्। हालको व्यवस्थाअनुसार निश्चित प्रकारका रोजगार भिसामा रहेका विदेशी श्रमिकले सम्झौता अवधि सकिनुअघि अर्को कार्यस्थलमा जान चाहेमा पुरानो रोजगारदाताबाट ‘लेटर अफ रिलिज’ (Letter of Release–LOR) लिनुपर्ने व्यवस्था छ। द कोरिया टाइम्सका अनुसार कोरियन जनरल लेबर युनियन (KGLU) अन्तर्गतको नेटिभ ल्याङ्ग्वेज टिचर्स युनियनको सउल शाखाले नोभेम्बर २८ तारिखदेखि उक्त व्यवस्था हटाउन माग गर्दै सरकारसमक्ष हस्ताक्षर अभियान सुरु गरेको हो। अभियानमार्फत E-1 देखि E-8 भिसाअन्तर्गत रहेका विदेशी श्रमिकलाई रोजगारदाताको सहमतिबिना कार्यस्थल परिवर्तन गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ। हालको व्यवस्थाले रोजगारदातालाई विदेशी श्रमिकको रोजगारी परिवर्तनमा अत्यधिक नियन्त्रण गर्ने अधिकार दिएक...
तमू धीं बुसान शाखाद्वारा पहिलो चरणअन्तर्गत धादिङका दुई विद्यालयलाई २ लाख बराबरको शैक्षिक सामग्री सहयोग

तमू धीं बुसान शाखाद्वारा पहिलो चरणअन्तर्गत धादिङका दुई विद्यालयलाई २ लाख बराबरको शैक्षिक सामग्री सहयोग

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, देश, धर्म सस्कृति, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय तमू धीं दक्षिण कोरिया ख्याङसाङनाम्दो बुसान शाखाले धादिङ जिल्लाका दुई विद्यालयका विद्यार्थीलाई करिब २ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। संस्थाले पहिलो चरणअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–२ स्थित जलदेवी आधारभूत विद्यालय, चिसोपानी र लामागुरु महादेव विद्यालय, जुरेथुमका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो। संस्थाका प्रमुख सल्लाहकार गीता सिंह गुरुङ, क्रियाशील सदस्य होम गुरुङ र राजु गुरुङको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। नेपाली कलाकार, गीत तथा संगीतलाई माया गरौँ, बालबालिकाको उज्ज्वल भविष्यका लागि हातेमालो गरौँ भन्ने मूल नारासहित संस्थाले अनाथ, असहाय तथा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले गत फेब्रुअरी १६ मा ‘छ्यांजलो सांगीतिक सौगात कार्यक्रम २०२६’ आयोजना गरेको थियो। बुसान आसपासका वि...
एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार, स्वास्थ्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समुदायलाई लक्षित गरी शनिबार सउलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन्। अपेक्षाभन्दा बढी सेवाग्राहीको उपस्थिति भएपछि निर्धारित समयभन्दा ढिलोसम्म शिविर सञ्चालन गर्नुपरेको आयोजकले जनाएको छ। सहभागीको चापलाई मध्यनजर गर्दै राति ८:३० बजेसम्म स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो। दक्षिण कोरियामा रहेका नेपालीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा वैध तथा अवैध दुवै प्रकारका भिसा भएका नेपालीलाई बिना भेदभाव निःशुल्क सेवा प्रदान गरिएको थियो। एनआरएनए दक्षिण कोरियाले नेपाली समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रत्येक दुई महिनामा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। संघकी अध्यक्ष पार्वती मोक्तानका अनुसार आगामी शिविरको मिति सम्बन्धमा सार्वजनिक सूचना जा...
रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले गत सेप्टेम्बर २४ तारिख आयोजना गरेको ‘रामेछाप सांगीतिक साँझ–२०२६ (भाग–२)’ कार्यक्रमको समीक्षा तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। समितिले आगामी डिसेम्बर ६ तारिख आइतबार दिउँसो १ बजे सउलको 서울특별시 성동구 아차산로 92, 에스타워 B2층 मा समीक्षा तथा चियापान कार्यक्रम गर्न लागेको हो। समितिद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा सांगीतिक साँझको समग्र समीक्षा, आय–व्यय विवरण सार्वजनिक तथा आगामी कार्ययोजनाबारे छलफल गरिनेछ। दुर्गम भेगको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण संघ–संस्था, सामाजिक अभियन्ता, शुभचिन्तक तथा सहयोगीहरूप्रति समितिले आभार व्यक्त गरेको छ। विशेषगरी कार्यक्रमको प्रचारप्रसार तथा समाचार सम्प्रेषणमार्फत सहयोग पुर्‍याउने ...
दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अपराध, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको इन्टरनेट हुलाक सेवामाथि भएको साइबर हमलाबाट कम्तीमा १ लाख १३ हजार ८५५ जना सेवाग्राहीको व्यक्तिगत विवरण सार्वजनिक भएको छ। घटनाको पूर्ण विवरण भने अझै अनुसन्धानकै क्रममा रहेको हुलाक सेवाले जनाएको छ। विज्ञान तथा सूचना सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत रहेको कोरिया पोस्टका अनुसार ह्याकरहरूले इन्टरनेट हुलाक सेवाको प्रणालीमा अनधिकृत पहुँच बनाएर सेवाग्राहीको व्यक्तिगत विवरण समेटिएका हुलाक अभिलेखहरू हेरेका थिए। ह्याकरहरूले नोभेम्बर १७ देखि २४ तारिखसम्म दर्ता गरिएको हुलाकमार्फत पठाइएका सामग्रीको डेलिभरी ठेगाना परिवर्तन गर्ने मोबाइल सेवामा पहुँच बनाएका थिए। त्यसक्रममा पत्र तथा सामग्री प्राप्त गर्ने व्यक्तिहरूको नाम, ठेगाना र फोन नम्बरमा पहुँच पुगेको पाइएको छ। एक दिनको तथ्याङ्क मात्रै विश्लेषण गर्दा पनि १ लाख १३ हजार ८५५ जनाको विवरण चुहिएको पुष्टि भएको कोरिया पोस्टले जनाएको छ। कोरिया ...
दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको प्रमुख खुद्रा व्यापारिक कम्पनी होमप्लसले आर्थिक संकट चुलिएपछि देशभर रहेका आफ्ना ६७ वटै हाइपरमार्केटको सञ्चालन आज (नोभेम्बर २७, शुक्रबार) देखि अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले सामान खरिद गर्न आवश्यक रकम अभाव भएको जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै हाइपरमार्केट बन्द गर्ने निर्णय गरेको हो। कम्पनीले नोभेम्बर २५ मा कर्मचारीहरूलाई आन्तरिक सूचना जारी गर्दै लामो समयदेखि सामान आपूर्तिमा देखिएको समस्याका कारण बिक्री घट्दै गएको र दैनिक सञ्चालनका लागि आवश्यक वस्तु खरिद गर्नसमेत रकम अभाव भएको जनाएको थियो। कम्पनीका अनुसार मर्जर तथा एक्विजिसन (M&A) प्रक्रिया पूरा नभएसम्म सुपरमार्केटको सञ्चालन स्थगित रहनेछ। यसअघि नै सामान आपूर्तिमा समस्या देखिएपछि कम्पनीले नोभेम्बर २६ बिहीबारदेखि अनलाइन डेलिभरी सेवा पनि बन्द गरिसकेको छ। डेलिभरी हुन बाँकी रहेका अर्डरहरू स्वतः रद्द गरी ग्र...
यो साताको नोभेम्बर २८ र २९ तारिख दक्षिण कोरियाका यी ४ सहरमा ‘कबड्डी ५’ को प्रदर्शन हुँदै

यो साताको नोभेम्बर २८ र २९ तारिख दक्षिण कोरियाका यी ४ सहरमा ‘कबड्डी ५’ को प्रदर्शन हुँदै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, देश, भर्खरै, मनोरञ्जन, मनोरन्जन, समाचार
दक्षिण कोरियामा नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शनले दर्शकको उत्साहजनक साथ पाइरहेका बेला यस साता थप चार सहरमा चलचित्र प्रदर्शन हुने भएको छ। नोभेम्बर २८ र २९ तारिख दक्षिण कोरियाका मिर्याङ, जिन्छन, इओनयाङ र मोक्पोमा चलचित्रको विशेष शो आयोजना हुन लागेको हो। यसअघि कोरियाका विभिन्न सहरमा भएका प्रदर्शनमा नेपाली दर्शकको उल्लेख्य उपस्थिति देखिएसँगै चलचित्रको प्रदर्शनलाई थप सहरमा विस्तार गरिएको हो। यस साता नोभेम्बर २८ र २९ तारिख गरी दुई दिन चार स्थानमा चलचित्र प्रदर्शन हुँदैछ। नोभेम्बर २८ तारिख शनिबारः १. मिर्याङ शो (MIRYANG) मोक्पो साम्हो समाज चौतारी दक्षिण कोरियाको आयोजनामा मिर्याङमा चलचित्र प्रदर्शन हुँदैछ। 경남 밀양시 가곡동 830 मा रहेको प्रदर्शन स्थलमा साँझ ७ बजे चलचित्र सुरु हुनेछ। कार्यक्रमको आयोजना मोक्पो साम्हो समाज चौतारी दक्षिण कोरियाले गरेको हो। २. जिन्छन...
शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडितलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडितलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, देश, भर्खरै, समाचार
शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडित परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ। फाजुस्थित कोरियाली संस्थाहरू 919 파주기후정의행진추진위원회 र 파주이주노동자센터 샬롬의집 को आर्थिक सहयोगमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न भएको हो। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा कोरियास्थित स्थानीय संस्थाहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्नुहुने शेर्पा सङ्घ दक्षिण कोरियाका संरक्षक लाक्पा शेर्पा (TDNK) को विशेष योगदान रहेको सङ्घले जनाएको छ। त्यसैगरी, नेपालमा खाद्यान्न तथा शैक्षिक सामग्रीको व्यवस्थापन र वितरण कार्यमा नेपाल शेर्पा सङ्घका निवर्तमान सचिवालय सदस्य तथा वर्तमान आदिवासी जनजाति युवा महासङ्घका कोषाध्यक्ष रग्बा शेर्पाले महत्त्वपूर्ण सहयोग पुर्‍याउनुभएको थियो। अभियानमा युवा पत्रकार ङिमा ङति लगायत विभिन्न व्यक्तिहरूले समेत प्रत्यक्ष त...