दक्षिण कोरियामा बहिरा फुटबल च्याम्पियनसिप खेल्न आएका नेपाली टोलीलाई ख्यङ्नाम नेपाली समाजको सहयोग, १२ लाख २० हजार वन बराबरका सामग्री हस्तान्तरण
Breaking News, Breaking news 1, Breaking news 2, खेल, खेलकुद, जानकारी, देश, धर्म सस्कृति, भर्खरै, समाचार
दक्षिण कोरियामा जारी पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा सहभागी नेपाली राष्ट्रिय फुटबल टोलीलाई ख्यङ्नाम नेपाली समाजले सहयोग गरेको छ। समाजले नेपालबाट प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई न्यानो ज्याकेटसहित विभिन्न उपहार सामग्री हस्तान्तरण गरेको हो।
नेपाली टोलीका ३६ सदस्यलाई लक्षित गरी सञ्चालन गरिएको सहयोग अभियानमार्फत कुल १२ लाख २० हजार वन बराबरका सामग्री संकलन गरी हस्तान्तरण गरिएको समाजले जनाएको छ। उक्त अभियानमा दक्षिण कोरियामा रहेका ४१ जना नेपालीले सहयोग गरेका थिए।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजका महासचिव दीपक आचार्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूको साहस, मेहनत र समर्पणको प्रशंसा गर्दै जित वा हारभन्दा पनि देशको प्रतिनिधित्व गर्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताए। उनले प्रतियोगिताका क्रममा ...









