नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा पुन: परी गुरुङको नेतृत्वको नया कार्यसमिति चयन
नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा पुन: परी गुरुङको नेतृत्वको नया कार्यसमिति चयन
बोम्जन गुरुङ/विशाल आवाज:नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । अक्टोबर ०८ तारिक आइतबार किम्हे स्थित (경남 김해시 호게로503동상동,6층) मा संस्थाका अध्यक्ष परी गुरुङको सभाध्यक्ष र सोही संस्थाको केन्द्रीय विशन राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुन: परी गरुङलाइ अध्यक्ष चयन गरेको छ।
संस्थाको वरिष्ठ उपाध्यक्ष तेजु गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष परी गुरुङले संस्थागत आर्थिक र प्रगति विवरण प्रस्तुत गरेकी थिईन् । "संस्कार-संस्कृति, भाषा, भेषभूषा हाम्रो पहिचान, समान अधिकार सहित देश निर्माणको अभियान" भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि विशन राई, विशेष अत...









