विशाल आवाज: दक्षिण कोरिया प्रवेश गरेको एक हप्ता नबित्दै गत जुन ७ तारिखका दिन कोरियाको ख्याङसाङनाम्दो मिर्याङसिको कृषि फार्ममा कार्यरत जाजरकोटका स्वर्गीय हरिचन्द्र अधिकारीको परिवारलाई दक्षिण कोरियाबाट ३ करोड १४ लाख ४० हजार ७० वन सहयोग हस्तान्तरण गरेको छ।
दक्षिण कोरिया प्रवेश गरेको एक हप्ता मात्र भएका २५ वर्षीय स्वर्गीय हरिचन्द्र अधिकारी आकस्मिक रुपमा बिरामी परी हस्पिटलमा उपचारको क्रममा दिवंगत भएका थिए। दक्षिण कोरिया प्रवेश गरेको थोरै समय भएको कारण एलियन रजिस्ट्रेसन कार्ड समेत नबनेको हुँदा स्वास्थ्य बीमा पनि दर्ता नभएको र अस्पतालको बिल भुक्तानी गर्न आर्थिक समस्या पर्नुका साथै दुई वर्षकी नाबालिका छोरी रहेका अधिकारीको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले पीडित परिवारको घाउमा केही मात्रामा भएपनि मलमपट्टी लगाउने उद्देश्यका साथ सहयोग अभियान सञ्चालन गरेको थियो।
दक्षिण कोरियाबाट कर्णाली प...
२४ असार २०८१, आईतवार १३:२७२४ असार २०८१, आईतवार १३:२७२४ असार २०८१, आईतवार १३:२७ by विशाल श्रेष्ठNo Comments
सुरेन गिरी/विशाल आवाज: यहि जुलाई १४ मा सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजना तथा नेपाल भलिवल संघ कोरियाको समन्वयमा हुने “दोस्रो खप्तड भलिवल कप २०२४” को सम्पूर्ण तयारी पुरा भएको छ।
सुवन को AJAU university को studiam मा हुने भलिबल प्रतियोगिताको दोङ्देमुन स्थित एभरेष्ट करि वर्ड मा फेसबुक लाइभ मार्फत पारदर्शी ढंगले टाइसिट समेत सार्वजनिक गरिसकेको छ। २४ वटा टिम हरु बीच प्रतिस्पर्धा हुने यस प्रतियोगिता को मुख्य प्रायोजकमा भेटघाट रेस्टुरेन्ट, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक,रेमिट पार्टनरमा फोनमनि र कन्सल्टेन्सी पार्टनर मा भने Nimasa कन्सल्टेन्सी रहेको महासचिव कृष्ण भण्डारी ले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
करिव डेढ दशकदेखि कोरियाको नेपाली समुदायमाझ रहेर सामाजिक, सांस्कृतिक एबम् खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको सुदुर पश्चिम समाज द कोरिया ले यस पटक भने "स्वस्थ...
२४ असार २०८१, आईतवार ११:०५२४ असार २०८१, आईतवार ११:०५२४ असार २०८१, आईतवार ११:०५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:खोर्यङ नेपाली समाज दक्षिण कोरिया ले यही आउदो छुसकको अवसर पारेर ख्यङसाङबुक्दो थेगुमा “छुसक नाइट डान्स पार्टी-२०२४” आयोजना गर्ने भएको छ।
थेगुको खोर्यङ थेगु मा रहेको नेपाली हरु मिलि स्थापना गरेको खोर्यङ नेपाली समाज दक्षिण कोरियाले थेगुको बान्वल्दाङ स्थित AU CLUB मा कोरियन तथा नेपाली डिजे सहित नाइट डान्स पार्टि गर्ने भएको हो।थेगु तथा ख्यङबुक वरपर हाल धेरै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति हुने तथा यहां रहेका धेरै संघसंस्थाहरुको अन्य कुनैपनि किसिमको कार्यक्रम नरहेको कुरालाइ मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष छोनाम लामाले जानकारी गराउनु भएको छ।
थेगु वरपर रहेका नेपाली दाजुभाईदिदिबहिनीहरुको बर्ष भरिको कामको चाप थकान तथा मानसिक तनाबलाई साथिभाईहरुको भेटघाटमा रमाइलो गरेर बिताउन भनेर सो कार्यक्रम राखिएको लामाले बताउनु भएको छ। यसरी धेरै साथिभाईहरु भेटघ...
२४ असार २०८१, आईतवार ११:०४२४ असार २०८१, आईतवार ११:०४२४ असार २०८१, आईतवार ११:०४ by विशाल श्रेष्ठNo Comments
केशब पोखरेल:लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न भएको छ, जसमा हिमाल खनाल को नेतृत्वमा २७ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। जसको बरिष्ठ उपाध्यक्षमा मदन गौतम तथा महासचिवमा जयराम खनाल निर्वाचित भएको छ ।
आज सौल दोङ्देमुन स्थित नेपाल थाई नेपाली रेष्टुरेष्टको सभाहलमा उक्त अधिवेसन सम्पन्न भएको हो।
कार्यक्रम मा प्रमुख आतिथ्यता नेपाली राजदुतावास सउलका कार्यवाहक राजदुत पुष्पराज न्यौपानेको रहेको थियो भने विशिष्ट अतिथिमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनाल को रहेको थियो भने दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू लगायत कोरियामा रहेका नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियो। “पवित्र लुम्विनि, बुद्धको जन्मस्थान ,शान्ति सदभाव र सदाचार हाम्रो पहिचान” भन्ने मुल नाराका साथ स्थापना भएको यस समाजले कोरियामा रहेका विभिन...
२४ असार २०८१, आईतवार ०३:१३२४ असार २०८१, आईतवार ०३:१३२४ असार २०८१, आईतवार ०३:१३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि आफन्तसँग भेटघाट हुनुका...
२३ असार २०८१, शनिबार १२:०६२३ असार २०८१, शनिबार १२:०६२३ असार २०८१, शनिबार १२:०६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: इलामेली समाज दक्षिण कोरियाले यही आउँदो जुलाई १४ तारिख आइतबारको दिन दोङ्देमुनमा रहेको पूर्वाञ्चल समाजको सभाहलमा आफ्नो पाँचौ अधिवेशन गर्नेभएको छ।
“सूर्योदय र हरियाली इलामेलीको पहिचान, पर्यटन प्रवर्द्धन र समाज सेवा हाम्रो अभियान” भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाको आफ्नो पाँचौ अधिवेशन जुलाइ १४ तारिख आइतबारका दिन मध्यान्ह १२ बजे दोङ्देमुनमा रहेको पूर्वाञ्चल सामाजको सभा हलमा हुने भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका इलामेली बासीहरू भई सामाजिक कार्यहरू र आपत्कालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिविधिहरूमा सक्रिय रूपमा नेपाल र कोरियामा विभिन्न संघसंस्थाहरूसँग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहे...
२३ असार २०८१, शनिबार ०९:१९२३ असार २०८१, शनिबार ०९:१९२३ असार २०८१, शनिबार ०९:१९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम यही आउँदो अगस्ट ३ र ४ तारिखका दिन 경기 양평군 서종면 중미산로 941-2 मा हुने भएको छ।
“सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले अगस्ट ३ र ४ तारिख शनिबार र आइतबारका दिन THE FOREST GALLERY मा दुई दिने बृहत वनभोज तथा भेटघाट कार्यक्रम २०२४ आयोजना गर्नेभएको हो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क रामकुमार गोतामेको IBK BANK मा रहेको खाता नम्बर 22143448402015 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कोरियामा र...
२३ असार २०८१, शनिबार ०१:४३२३ असार २०८१, शनिबार ०१:४३२३ असार २०८१, शनिबार ०१:४३ by एलिनाNo Comments
गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।
गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज भुर्तेल को निर्देशन तथा सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज र रिचा थापा को अभिनयलाई देखाइएको छ ।भिडियोलाई गायिका नम्रता खरेलको युटुव च्यानल मा हेर्न सकिन्छ ।
https://www.youtube.com/embed/Stb5YXWnWf4?si=ngFAq-Cg5aM1m1q_...
२३ असार २०८१, शनिबार ०१:३२२३ असार २०८१, शनिबार ०१:३२२३ असार २०८१, शनिबार ०१:३२ by एलिनाNo Comments
२२ असार २०८१, शनिवार असार शुक्ल प्रतिपदा पञ्चाङ्ग: व्याघात किंस्तुघ्न पुनर्वसु
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ ।
सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे)
नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन स...
२२ असार २०८१, शुक्रबार ०६:४८२२ असार २०८१, शुक्रबार ०६:४८२२ असार २०८१, शुक्रबार ०६:४८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: “बीरगञ्ज कृषि औजार कारखाना पुन: स्थापना तथा महावीरपुन सहयोगार्थ” जुलाई ७ तारिखका दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम को सम्पूर्ण तयारी पुरा भएको छ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ। पुल प्रतियोगिताको तेश्रो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको अध्यक्ष सुबोध भण्डारीले विशाल आवाजलाई बताउनुभयो ।
६६ जना पुल ...