काठमाडौं । एक अर्काबाट टाढा बस्न बाध्य अर्थात् लङ् डिस्ट्यान्स रिलनसिपमा रहने जोडीहरुका लागि चिनियाँ वैज्ञानिकहरुले एउटा अनौठो डिभाइस आविष्कार गरेका छन् ।
उक्त उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ । उक्त डिभाइसको सहयोगमा टाढा रहेका जोडीहरुले एक आपसमा चुम्बन गर्न सक्नेछन् । उक्त उपकरण निर्माताहरुका अनुसार टाढा रहेका जोडीहरुले सो ग्याजेटको मद्दतले जोडीहरुले वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन् ।
ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार उक्त चुम्बन उपकरणको ओठ सिलिकनबाट तयार गरिएको छ । त्यसमा सेन्सर पनि जडान गरिएको छ जसबाट चुम्बन गर्ने समयमा ओठमा वास्तविक चुम्बन गरेजस्तै अनुभूति हुनेछ । यो डिभाइसले ओठको दबाब, गति तथा तापमानको पनि अनुभूति गराउन सक्दछ ।
झांगझाउ भोकेसनल इन्स्टिच्यूट अफ मेक्ट्रोनिक टेक्नोलोजीका वैज्ञानिकहरुले उक्त डिभाइस तयार पारी पेटेन्ट दर्ता गरेका छन् । उक्त डिभा...
१७ फाल्गुन २०७९, बुधबार १२:४८१७ फाल्गुन २०७९, बुधबार १२:४८१७ फाल्गुन २०७९, बुधबार १२:४८ by विशाल श्रेष्ठNo Comments
यस्तो लाग्छ टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् । यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् ।
यतिबेला हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो समयमा नेपालमा समेत हिट छिन् । झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ ।
केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६ करोड ४१ लाख पटक उनको भिडियोमा लाइक गरिएको छ । हरियो कपालमा आकर्षक देखिएकी केजिमिनको ...
१६ फाल्गुन २०७९, मंगलवार ०२:४०१६ फाल्गुन २०७९, मंगलवार ०२:४०१६ फाल्गुन २०७९, मंगलवार ०२:४० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न विभागको आग्रह
काठमाण्डौ – मौसमी कामदारकाे रुपमा दक्षिण कोरिया लगायत कुनै पनि देशमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
पछिल्लो समय मौसमी कामदारको रुपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनाहरुमा विश्वास नगर्न विभागले आग्रह गरेको हो । मौसमी कामदार व्यवस्थापन निर्देशिका-२०७९ काे दफा ४ अनुसार मौसमी कामदारमा जाने श्रमिकले कुनै पनि शुल्क बुझाउनु नपर्ने व्यवस्था छ । तर यो व्यवस्था विपरीत मौसमी कामदारको प्रलोभन देखाइ पैसा असुलेर ठग्ने क्रम बढेको विभागले जनाएको छ ।
निर्देशिका बमोजिम नेपालबाट मौसमी कामदार लिने र पठाउने सम्बन्धमा विभागमा कुनै कागजात पेस नभएको बारे पनि विभागले प्रष्ट पारेको छ ।
यस्तै कसैले मौसमी कामदारमा पठाइ...
१५ फाल्गुन २०७९, सोमबार ११:५०१५ फाल्गुन २०७९, सोमबार ११:५०१५ फाल्गुन २०७९, सोमबार ११:५० by विशाल श्रेष्ठNo Comments
मार्च १२ मा प्रदर्शन हुन लागेको "छक्का पन्जा-४" को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता" भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
राप्ती अक्षयकोष निर्माणका लागि कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी तय गरिएको कार्यक्रमको हाल सग र सुवनको विभिन्न नेपाली रेष्टुरेन्ट,पसल, मार्केट, रेमिट्यान्स हरुमा आयोजना टोलि गएर पोष्टर प्रदर्शन गर्दै र टाँस्दै धमाधम प्रचा...
१४ फाल्गुन २०७९, आईतवार ११:१६१४ फाल्गुन २०७९, आईतवार ११:१६१४ फाल्गुन २०७९, आईतवार ११:१६ by विशाल श्रेष्ठNo Comments
कमला केसि/दक्षिण कोरिया: नेपालीहरुले निकै महत्त्वका साथ मनाउदै आईरहेको फागुपुर्णिमा अर्थात होलि दक्षिण कोरियामा विभिन्न संस्थाहरुको सक्रियतामा संयुक्त रुपमा यहि मार्च ५ तारिख मनाउन लागिएको छ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच "स" दक्षिण कोरियाको प्रमुख आयोजकत्व र कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरूको आयोजनामा संयुक्त रूपमा यही आउँदो मिति सन् २०२३ मार्च ५ तारिखका दिन मध्यान्ह १२ बजेदेखि कोरियाको राजधानी सउल स्थित इछोन (이촌) स्टेशन लाइन न.४ गेट नं.४ हानाम नदीको किनाराको पार्कमा (하남시민 공원) होलि कार्यक्रमको आयोजना गरिएको पाँच स दक्षिण कोरियाका अध्यक्ष नरेश मेहताले जानकारी दिनुभएको छ । पाँच-स दक्षिण कोरियाको प्रमुख आयोजकत्वमा पूर्वीय मौलिक संस्कार संस्कृति र चाडपर्वलाई प्रदेशमा पनि पहिचान गराउने उद्देश्यका साथ गर्न लागिएको होलि महोत्सव -२०७९ कार्यक्रममा NRNA ख्यङ्गी ईन्छन, स्याङ्जा समा...
१३ फाल्गुन २०७९, शनिबार ०९:०२१३ फाल्गुन २०७९, शनिबार ०९:०२१३ फाल्गुन २०७९, शनिबार ०९:०२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासको दु:ख सुखमा हाम्रो एकता, मौलिक संस्कृति संरक्षण तथा समृद्ध समाज निर्माणमा हाम्रो सहभागिता" भन्ने मुल नारा लिएर सन् २००३ मा स्थापित नेपाल मगर संघ गणतन्त्र कोरियाको ११ औ अधिवेशन मार्च ५ तारिखका दिन हुने भएको छ।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका मगर जनसमुदाय हरु एकजुट भइ सामाजिक कार्यहरु ,आपतकालीन अवस्था र आफ्नो मौलिक जातिय परम्परा र संस्कृतिको जगेर्ना गर्नको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको सस्थाको अध्यक्ष टेक पुन मगरले विशाल आवाज डट कम लाइ बताउनुभएको छ। दक्षिण कोरिया भरि तीन शाखा विस्तार गरिसकेको दुइ दशक लामो इतिहास बोकेको यस सस्थाले विगत लामो समयदेखि दोङ्देमुन,किम्हे र थेगुमा समेत काम छोडि आपत...
१३ फाल्गुन २०७९, शनिबार ०१:५८१३ फाल्गुन २०७९, शनिबार ०१:५८१३ फाल्गुन २०७९, शनिबार ०१:५८ by विशाल श्रेष्ठNo Comments
मिन बि.क,हेल्लो कोरिया नेपाल
२० बर्षको उमेरमा उमेरलाई १६ बर्ष बढाएर ३५ बर्षे कोरियन केटिसंग फेक म्यारिज भिषामा कोरिया प्रवेश गरेका एक नेपाली युवाले कोरिया १६ बर्ष काम गरेर घर फर्किदा १६ रुपैयाँ लैजान सकेनन ।
झट्ट सुन्दा यस्तो पनि होला र ? भन्ने प्रश्न जो कोहिको मनमा आउन सक्छ तर यो घटना एकदम सत्य हो । म्यारिज भिषामा कोरिया प्रवेश गरेपछी उनको केही समय मानै एक जना नेपाली युवतिसंग भेट हुन पुग्यो । उक्त नेपाली युवती पनि म्यारिज भिषामा कोरिया आएकी रहिछन तर यिनको बिबाह भने फेक नभएर कोरियन संग सत्य बिबाह थियो ।
कोरिया आएको केही समयमा नै यी दुवै अत्यन्तै नजिकिन थाले । यति सम्म कि उनिहरु काम छुट्टाछुट्टै गर्ने तर बेलुकी संग बस्न थाले । यो बिचमा फेक म्यारिज गरेर आएको युवाको कोरियन केटिले अनावश्यक पैसा माग्ने नत्र भिषा थप्न सहयोग गर्दिन भन्ने झन्झटले गर्दा भिषा थप्न समस्या भैरहेको थियो । नेपा...
८ फाल्गुन २०७९, सोमबार १४:१५८ फाल्गुन २०७९, सोमबार १४:१५८ फाल्गुन २०७९, सोमबार १४:१५ by विशाल श्रेष्ठNo Comments
"भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको चौथो अधिवेशन आउने मार्च १२ तारिक हुने भएको छ।
शाखाको गत फेब्रुअरी १२ तारिकमा भएको भर्चुअल अनलाईन बैठक बाट आउदो मार्च १२ तारिक आईतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा चौथो अधिवेशन हुने निर्णय गरिएको आयोजकले जनाएको छ।खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले विगत चार वर्ष अगाडि देखि विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। हाल सम्म पाँच सय भन्दा बढि दिदि बहिनि हरुले "नाना आङा धिम" बाट सेवा सुविधा लिईसक्नुभएको संस्थाका अध्यक्ष धनराज तामाङ ज्यूले जानकारी गराउनु भयो।
तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको अध्यक्...
७ फाल्गुन २०७९, आईतवार ११:४३७ फाल्गुन २०७९, आईतवार ११:४३७ फाल्गुन २०७९, आईतवार ११:४३ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापित "न्यु भिजन ग्रुप दक्षिण कोरिया" इलाममा रहेको विद्यालय मा शैक्षिक सामाग्री वितरण गरेको छ ।
ग्रुपले गत छुसकमा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप पहिलो चरणको सहयोग कार्यक्रम इलाम जिल्ला सुनपा १ सानोवांगिन स्थित भगवति आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो । फाल्गुन ७ गते आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर एक विशेष कार्यक्रम द्वारा उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला,जमेट्री बक्स, पेन्सिल सेट, कापी, रंगपेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुनपा १ का वडा सदस्य रोशन बुढाथोकी रहनुभएको थियो भने संस्थाको तर्फब...
७ फाल्गुन २०७९, आईतवार ०८:००७ फाल्गुन २०७९, आईतवार ०८:००७ फाल्गुन २०७९, आईतवार ०८:०० by एलिनाNo Comments
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुई चार जना मान्छे वरिपरि देख्दा जोस आउने गरेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले दिएको वक्तव्यको कटाक्ष गर्दै उनले शाह अलमलमा भएको बताए।
‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ। दुई चार जना मान्छे वरिपरि देख्यो भने त्यो झल्काले उहाँलाई अलिअलि जोस्याउँछ क्या। त्यतिमात्रै हो। अरु केही होइन,’ आइतबार उनले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग भने।
शाहको वक्तव्यमा मुलुक कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक सिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको आरोप लगाइएको छ। वक्तव्यमा नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने चेतावनी पनि दिइएको छ।
ओलीले भने शाहको चेतावनीको पनि प्रतिवाद गरेका छन्। ‘अहिलेभन्दा १५ वर्ष अगाडिसम्...