Advertisement
Advertisement

पूर्वराजा शाहप्रति ओलीको टिप्पणी– दुई चार जना मान्छे वरिपरि देख्यो भने ज्ञानेन्द्रजी जोसिनुहुन्छ

Advertisement
Advertisement

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुई चार जना मान्छे वरिपरि देख्दा जोस आउने गरेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले दिएको वक्तव्यको कटाक्ष गर्दै उनले शाह अलमलमा भएको बताए।

 

‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ। दुई चार जना मान्छे वरिपरि देख्यो भने त्यो झल्काले उहाँलाई अलिअलि जोस्याउँछ क्या। त्यतिमात्रै हो। अरु केही होइन,’ आइतबार उनले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग भने।

 

 

शाहको वक्तव्यमा मुलुक कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक सिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको आरोप लगाइएको छ। वक्तव्यमा नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने चेतावनी पनि दिइएको छ।

 

ओलीले भने शाहको चेतावनीको पनि प्रतिवाद गरेका छन्। ‘अहिलेभन्दा १५ वर्ष अगाडिसम्म त २४० वर्षभन्दा अगाडि त उहाँहरुले नै चलाएको होइन? के बनाउनुभएको थियो उहाँहरुले? स्क्यान्डिभियन देशको तुलनामा हुनुहुन्थ्यो कि। अरु देशहरुको तुलनामा हुनुहुन्थ्यो कि? कहाँ पुर्‍याउनुभएको थियो देशलाई?,’ उनको प्रश्न छ।

 

शाहले देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासको साथ सहकार्यका लागि बिलम्ब गर्न नहुने भनेका छन्। त्यसप्रति ओलीको प्रतिक्रिया थियो- ‘कोसँग, केसँग सहकार्य? ज्ञानेन्द्रजी आएर ‘पोलटिक्स’मा हिँडिराख्नुभएको छ। अस्ति मेचीमा गएर दियो बाल्नुभयो क्यारे। भएकै छ त।’

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland ist

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland istMein Name ist Max Müller, und in diesem Artikel werde ic...

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×