छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा "काक्रेबिहार सांगीतिक साँझ २०२३" हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ "काक्रेबिहार सांगीतिक साँझ २०२३" गर्ने भएको छ।
गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको पहिलो दिन सेप्टेम्बर २८ तारिक विहिबार कर्णाली प्रदेश अन्तर्गत सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव समाजको को अध्यक्ष पुष्कर बुढाथोकीले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अनुरुप आइतबार सु...
२४ असार २०८०, आईतवार ०१:५२२४ असार २०८०, आईतवार ०१:५२२४ असार २०८०, आईतवार ०१:५२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको ख्याङनाम मासानमा नीरफूल शो जुलाई १६ मा हुने
दक्षिण कोरियाको ख्याङसाङनाम्दोको मासानमा नेपाली कथानक चलचित्र नीरफूल शो यहि जुलाई १६ आईतबारका दिन प्रदर्शन गर्ने भएको छ।सगरमाथा समाज दक्षिण कोरियाको आपतकालीन कोष स्थापना सहयोगार्थ तथा संस्थाको दिर्घकालीन कोष खडा गर्ने उद्देश्य लिएर उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो।
प्रवासमा भए पनि नेपाली नेपाली बिच एकता,सद्भाव तथा पारस्परिक भाईचाराको सम्बन्ध स्थापित गर्ने उदेश्यले स्थापित यस संस्थाले खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु गर्दै आएको छ।
भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।
चलचित्रमा पटकथा लेखन...
२१ असार २०८०, बिहीबार ०९:२७२१ असार २०८०, बिहीबार ०९:२७२१ असार २०८०, बिहीबार ०९:२७ by विशाल श्रेष्ठNo Comments
छुसकको पहिलो दिन राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने ।
कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाली दाजुभाई तथा दिदीबहिनीहरू भेटघाट, रमाइलो साथै संस्थालाई आर्थिक सहयोग हुने मुख्य उद्देश्यको साथ सेप्टेम्बर २८ तारिख साँझ 성동 나이트 콜럽 को हलमा राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने भएको छ ।
संस्थाले विगत लामो समय देखि विभिन्न क्षेत्रहरूमा आर्थिक सहयोगमा हातेमालो गर्दै आइरहेको र संस्थाको मुख्य आर्थिक पाटो भनेको कार्यक्रम बाट प्राप्त रकम भएकोले छुसकको पहिलो दिन साँझ डान्सपार्टि आयोजना गर्न लागेको समाजले बताएको छ ।
कार्यक्रम सम्बन्धी विस्तृत जानकारी कलकार, डिजे र डान्सर को बोलाउने भन्ने विषयमा आन्तरिक छलफल भएको र केहि हप्ता भित्र संस्थाले पूर्ण टुङ्गो लगाउने समेत जानकारी दिदै उक्त दिन कार्यक्रम नजुधाई दिन कोरियामा रहेका संघ संस्था र अन्य समुहहरूलाई अध्य...
१५ असार २०८०, शुक्रबार १३:३३१५ असार २०८०, शुक्रबार १३:३३१५ असार २०८०, शुक्रबार १३:३३ by विशाल श्रेष्ठNo Comments
जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया स्थित पर्वत समाज दक्षिण कोरियाले जुलाइ २ तारिकका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता “दोस्रो पर्वत भलिबल कप २०२३” को अन्तिम तयारी पुरा भएको छ।
"स्वास्थ्य रही, राष्ट्रिय खेलको प्रवर्द्धन तथा आपसी सद्भावका लागि खेलकुद" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान 서울 성북구 화랑로13길 144 मा आयोजना गरिएको संस्थाका खेल बिभाग सदस्य एबं कार्यक्रम संयोजक श्रवण श्रेष्ठले विशाल आवाज लाइ बताउनुभएको छ।यसैगरी प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित म...
१२ असार २०८०, मंगलवार १२:०११२ असार २०८०, मंगलवार १२:०११२ असार २०८०, मंगलवार १२:०१ by विशाल श्रेष्ठNo Comments
मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने
बोम्जन गुरुङ २७ जून २०२३, कोरिया :कोरिया स्थित क्रियाशील क्षेत्रीय संस्था म्याग्दी प्रवासी संघ (मोना) कोरियाले आउँदो जुलाई २९ र ३० तारिक दुई दिने बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२३ आयोजना गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित जेबुदाे आइल्याण्डमा सो कार्यक्रम गरिने भएको हो ।
उक्त बनभोज कार्यक्रम मार्फत कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरु विचको एकता र आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास संस्थाका अध्यक्ष सुनेश केसीले व्यक्त गरे । जेबुदो आइल्याण्डको मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल...
११ असार २०८०, सोमबार ०२:०६११ असार २०८०, सोमबार ०२:०६११ असार २०८०, सोमबार ०२:०६ by विशाल श्रेष्ठNo Comments
छुसकको सेप्टेम्बर ३० मा "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सुर्योदय र हरियाली ईलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका इलामेली बासिहरु मिलेर स्थापना गरेको इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" गर्ने भएको छ।
गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिम ले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थिय...
९ असार २०८०, शनिबार १४:११९ असार २०८०, शनिबार १४:११९ असार २०८०, शनिबार १४:११ by विशाल श्रेष्ठNo Comments
मोक्पोमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:मोक्पो साम्बो साझा चौतारी दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र “नीरफूल” दक्षिण कोरियाको मोक्पो सहरको samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा मा आइतबारका दिन दिउसो १:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न...
६ असार २०८०, बुधबार १३:५१६ असार २०८०, बुधबार १३:५१६ असार २०८०, बुधबार १३:५१ by विशाल श्रेष्ठNo Comments
स्याङ्जा परिवारले २०२३ छुसकमा आँधीखोला सांगीतिक सौगात-६ आयोजना गर्ने
विशाल आवाज संवाददाता, कोरिया:स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर “आँधीखोला सांगीतिक सौगात-६” आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिक (छुसकको दोश्रो दिन) मा सो कार्यक्रम गर्ने भएको हो ।
पछिल्लो पटक बसेको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ कार्यक्रम संयोजक रहने समिति गठन गरिएको छ । प्रारम्भिक चरणको बैठक सम्पन्नसँगै केही कलाकार आउने लगभग निश्चित भईसकेको र बाँकी प्रस्तावित कलाकारहरु भिषा लगायतको अन्य काम तीव्र गतिमा भईरहेको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।
आधुनिक/पप, लोक तथा दोहोरी, नृत्य र हाँस्य विधाका सबै कलाकारहरु ल्याउने संस्थागत निर्णय भएको ...
५ असार २०८०, मंगलवार २३:३६५ असार २०८०, मंगलवार २३:३६५ असार २०८०, मंगलवार २३:३६ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० आषाढ ०६ गते (बुधवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज समय मध्यम खालको छ । अप्रिय समाचारसमेत सुन्नुपर्ने देखिन्छ । टाढाको यात्रामा नगरेकै जाती हुनेछ, तर आर्थिक लाभ भने मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । वैदेशिक काम अघि बढ्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)हेलचेक्र्याइँले गर्दा काममा उल्टो परिणाम दिन सक...
५ असार २०८०, मंगलवार ०६:४६५ असार २०८०, मंगलवार ०६:४६५ असार २०८०, मंगलवार ०६:४६ by विशाल श्रेष्ठNo Comments
सउल फ्रेण्डसिप फेस्टिबलमा सोनसिक द्वारा नेपाली नृत्य
मेघनाथ पौडेल, सउल कोरिया ।सउल महानगरपालिका द्वारा गत जून १७ मा सउलमा आयोजित सउल फ्रेण्डसिप फेस्टिबल-२०२३ मा नेपाली कला र संस्कृतिको प्रतिनिधित्व गर्दै नेपाली कलाको प्रदर्शन भएको छ । बहु-सांस्कृतिक माहोलका बिच सम्पन्न सउल फ्रेण्डसिप फेस्टिबलमा नेपाली बिधयार्थी समाज (सोनसिक) को ‘गोरखाली आरोहण’ नामक नेपाली सांस्कृतिक समूहले नेपालको प्रतिनिधित्व गर्दै चार वटा नेपाली नृत्यहरु प्रस्तुत गरेको थियो ।
सउल महानगरपालिकाले बिभिन्न देश सँग सांस्कृतिक आदान प्रदान गर्ने उद्यस्यका साथ बिभिन्न देशलाईहरुलाई आ-आफ्नो देशको संस्कृति झल्किने प्रस्तुति दिनका लागि कोरिया स्थित राजदूतावासहरुमा पत्राचार गरेको थियो । त्यसै क्रममा नेपाली राज्यदूताबासले कोरियामा रहेका नेपालीहरुको प्रतिनिधित्व गरीदिनका लागि सोनसिकलाई सिफारिस गरेको थियो ।
सोनसिक क...